<

आरके श्रीवास्तव,गरुडा,११ गते बैशाख ।

रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको वडा ९ आकडपाथड टोलमा सामुदायिक भवन शिलान्यास गरिएको छ । आज एक कार्यक्रम बिच नगर प्रमुख बिनोद प्रसाद कुर्मीले शिलान्यास गर्नु भएको हो ।

सामुदायिक भवन निर्माणका लागि वडा स्तरीय योजनाबाट पारित भएको र यसको कुल लागत २० लाख बजेट रहेको तथा सो बजेट बाट दुई कोठे भवन निर्माण हुने मेयर कुर्मीले जानकारी गराएका हुन् ।

सो भवन निर्माण भएपछि बिहे, ब्रतबन्धन, भोजभतेर वा सामूहिक समाजमा कुनै कार्य गर्न खोज्दा व्यवस्थित ठाउँ पाउन नसकेर कठिनाइको सामना गर्नु पर्ने बाध्यता थियो । अब त्यो समस्या अन्त्य हुने भएको छ । र त्यस्कै मध्यनजर गरी निर्माण कार्यलाई अगाडि बढाइएको उनले बताए । यसबाट वडावासीहरुलाइ प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । भवन निर्माण हुने भएपछि स्थानियहरु हर्षित भएका छन् ।

सो अवसरमा वडाअध्यक्ष शेख प्रबेज आलमको ,वडाअध्यक्ष रवीन्द्र साह, उपभोक्ता समितिका अध्यक्ष लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0