<

बज्जिकाञ्चल,रौतहट,वैशाख ११ गते
रौतहटमा दुइजना अपहरणकारीलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजदेवी नगरपालिका वडा नम्बर ६ मोहनपुर बस्ने अन्दाजी बर्ष २१ को राजा भन्ने राजाबाबु पटेल र दिपेश भन्ने मन्त्रीबाबु राय रहेका छन् ।

यसरी भएको थियो घटना ।
जिल्ला प्रहरी कार्यालय रौतहटका नि.सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरका अनुसार शनिवार साँझ ७ बजेको समयमा जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ६ माधोपुर बस्ने अन्दाजी बर्ष २३ को दिपेश भन्ने मन्त्रीबाबु रायले परोहा नगरपालिका वडा नम्बर ३ तेजापाकड वस्ने अन्न्दाजी बर्ष ३० को राज कुमार महतो भन्ने हिरामन महतोलाई आफ्नो घरमा बोलाई सर्लाहीको बलरा भन्ने स्थानमा घर बनाउनु छ भनि बलरा स्थितमा रहेको रक्सी भट्टी पसलमा लगि ८÷९ जनाको अज्ञात व्यक्तीहरु सोही रक्सी भट्टीमा आई हिरामन महतोलाई अपहरण गरि बन्धक बनाई कोठा भित्र राखि हात खुट्टा बाधी पेस्तोल देखाई कुटपिट समेत गरेका थिए ।
अपहरणकारीहरुले पिडितको घरमा फोन गरि फिरौती वापत चार लाख रुपैयाँ माग गरेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त हुना साथ प्रहरी टोलीले पिडित र अपहरणकारीहरुलाई खोजतलास गर्दै जाने क्रममा भोली पल्ट विहान ०९ः०० बजेको समयमा पिडितलाई सर्लाही जिल्लाको बलरा भन्ने स्थानबाट भारत तर्फ लैजान लागेको गोप्य सूचना प्राप्त हुना साथ तत्काल सो स्थानमा प्रहरी टोली खटी गई खोजतलास गरेको थियो ।
खोज्दै जाँदा जिल्ला सर्लाही बलरा न.पा. वडा नं. ३ स्थित रहेको नेपाल भारतको सिमामा पुग्दा ८÷९ जना पुरुष व्यक्तीहरु शंकास्पद रुपमा भाग्न लागेको देखी उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा अपहरणकारीहरु मध्ये जिल्ला रौतहट राजदेवी न.पा. वडा नं. ६ मोहनपुर बस्ने अन्दाजी बर्ष २१ को राजा भन्ने राजाबाबु पटेल र दिपेश भन्ने मन्त्रीबाबु राय समेतलाई नियन्त्रणमा लिइएको थियो ।
उनीहरुमाथि सोमबार अपहरण शरिर बन्धक तथा ज्यान मार्ने उधोग मुद्दा दर्ता भई आज सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद लिई कानुन बमोजिम अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0