<

 

 सागर संगम ठाकुर, रौतहट ,भदौ १९ गते

रौतहटको देवाही गोनाही नगरपालिका वडा नं.९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साहले आफु माथी लगाईएको आरोप बारे खण्डन गरेको छ । वडामा भएको नाला निर्माणमा वडा अध्यक्षले मनपरी गरेको भन्दै वडा सदस्य खुबलाल दास र गौरीशंकर पंडितले आफनो नाम जोडी वडावासीमा झुठा भ्रमक छरिरहेको आरोप लगाउनु भयो । निर्वाचित जनप्रतिनिधीले बजेट चलाउने अधिकार नरहेको भन्दै वडा अध्यक्षले नै बजेट चलाएको भन्दै लगाएको आरोप झुठा कपोकल्पित र निराधार रहेको वडा अध्यक्ष साहले बताएका छन ।

धरहरीमा भएको नाला निर्माणको सम्पुर्ण जिम्मेवारी वडा सदस्य गौरीशंकर पंडितले लिएर निर्माण कार्य शुरु गराएको र केही ठाउँमा विवाद हुदाँ नालाको काम रोकिए पछि त्यस्को सबै दोस आफु माथि थुपारिएको वडा अध्यक्ष साहले बताए । वडा अध्यक्ष साहले मंगलबार वडा कार्यालयमै आयोजना गरेको पत्रकार सम्मेलन मार्फत आफू लाई उपभोक्ता समितिद्वारा भएको नाला निर्माणकार्य संग जोडेर बदनाम गराउने षड्यन्त्र रचेको बताएका छन् ।

केहिदिन धार्मिक यात्राको लागि भारत जादा यता आफ्नै पाइनल बाट निर्वाचित भएका वडा सदस्यहरु बजेटको भागवण्डा नमिल्दा विपक्षीसंग मिलेर आफू बिरोध षड्यन्त्र गरेको बताए । अध्यक्ष साहले नाला निर्माणको क्रममा सडकको उत्तरपट्टी रामज्ञा ठाकुरको घर देखि शुरु गरिएको नाला नरायण साह कानुको घर संम्म निर्माण कार्य भएको र बिचको एक ठाउँमा बिधुत्तिय पोलका कारण काम रोकिएको भन्दै त्यसबारे पनि जनतामा गलत भ्रम फैलाउन वडा सदस्य सक्रिय भएको बताउनु भयोे ।

वडा सदस्य दास र पंडितले आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट पाँच÷पाँच लाख पाउनु पर्ने र नदिदा जनतामा भ्रम छरिएको बताए । सकडको दक्षिण तर्फ रुदल पंडितको घर सम्म नाला निर्माण भएको र मुख्य नाला संग जोडनका लागि स्थानिय तेजनरायण साहको घर एलैनिमा परेको हुदाँ घर भतकाई नाला निर्माण गर्नु पर्ने स्थानियहरुको भनाई पछि काम रोकिएको अध्यक्ष साहले बताए ।

सडकको दक्षिण तर्फ रहेको एलानी जग्गामा तेजनरायण साहले घर नहटाउदाँ निर्माण कार्य रोकिएको र त्यो विवादबारे मुदा जिल्ला अदालतमा चलिरहेको अध्यक्ष साहले भने । अध्यक्ष साहले नाला निर्माण नभएको ठाउँमा दुवै वडा सदस्यले विवाद गराएर काम रोकिएको र अहिले आएर त्यसको सबै दोस आफु माथी थुर्पान खोजिएको बताए । निर्माण कार्यका सबै जिम्मा लिएको वडा सदस्यहरु नै आफनो जिम्मेबारीबाट पछाडि हटने र आफु चोखो बन्न खोजेको वहाँले बताउनु भयो ।

विधुतको पोल सार्न प्राधिकरणको हाकिम संग कुरा गरि अधुरो रहेको केही ठाँउको नाला पनि सुचारू गराउने प्रतिबद्धता जनाए । पत्रकार सम्मेलन मार्फत वडा अध्यक्ष साहले आफू निर्वाचित भएको १६ महिनामा वडामा कायापल्ट हुने खालको विकास गरेको बताए । वडा अध्यक्ष साहले विवादका कारण रोकिएको ठाउँमा सहमति भए अउदो सोमबार देखि निर्माण कार्य शुरु गरिने प्रतिवद्धता जनाउनु भयो ।

अध्यक्ष साहले वडा भरिमा कृषि कार्यको लागि विधुतिय पोल समय समयमा किसानलाइ मल खाद बीउ विजन एक्सप्रे टंकी ,बाटोघाटो, नाला निर्माण, जिर्न अवस्थामा रहेको स्वास्थ्य चौकीको मर्मत संम्भार र वडा कार्यालयमा रंग रोदन गरि सञ्चालन लगायतको थुप्रै विकास निर्माणकार्य गरिसकेको र बाकी रहेको कार्य यस आर्थिक वर्ष २०८०÷८१ मा गरिने लक्ष्य रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0