<
 आरके श्रीवास्तव,रौतहट,भदौ १९ गते ।
रौतहट । गरुडा नगर उधोग वाणिज्य संघको अध्यक्षमा सतिश साह निर्वाचित भएका छन् । उनी १ सय ३९ मतान्तरले विजयी भएका हुन् । ९ सय ५२ जना मतदाता रहेको संघमा सोमबार भएको मतदानमा ८ सय ४४ मत खसेको थियो ।
साहले चार सय ८८ मत पाएका हुन् । अध्यक्षका अर्का उम्मेदवार संतोष कुमार चौधरीले ३ सय ४९ मत पाए । साह र चौधरीले प्यानलसहित प्रतिष्पर्धामा रहेका थिए । ५ स्वतन्त्र रुपमा सदस्य पदमा चुनाव लडेका थिए ।
संघको सदस्यहरुमा रामबाबु साह तेलीले ४ सय ६,बिनोद साह बनियाले ३ सय ८०,सुशिल कुमार साहले ३ सय ७८,उपेन्द्र कुमार चौधरीले ३ सय ७३,चुनचुन प्रसाद यादवले ३ सय ६५,मनोज प्रसाद गुप्ताले ३ सय ५८,शिवजी प्रसाद चौधरीले ३ सय ५८ मत प्राप्त गरि सदस्य पदमा विजयी भएको निर्वाचन समिति संयोजक पंण्डित प्रसाद जयसवालले जानकारी
गराउनु भयो ।
त्यस्तै सदस्यहरुमा गजेन्द्र महतो कोइरीले ३ सय ५७,रामइश्वर साहले ३ सय ५५,छठु प्रसाद साहले ३ सय ५४,सुशिला देवीले ३ सय ५४,महाशक्ती साह निरालाले ३ सय ४५ र रमेश कुमार रौनियरले ३ सय ४४ मत प्राप्त गरि सदस्य पदमा विजयी भएको उनले जानकारी गराउनु भयो ।
अध्यक्षमा विजयी उम्मेदवार सतिश साहको प्यानल बाट ७ जना सदस्य विजयी भएको छन् । भने पराजित अध्यक्ष पदमा उम्मेदवार प्यानल बाट ६ जना सदस्य विजयी भएको निर्वाचिन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0