<
 आरके श्रीवास्तव,रौतहट,भदौ १९ गते ।
तराइ मधेशमा सहित अन्य ठाउँमा आज बुधवार श्री कृष्ण जन्माष्टमी मनाइँदैछ । कृष्ण जन्माष्ठमीको अवसरमा सबै कृष्ण मन्दिर र मठ मन्दिरमा प्रतिमा बनाइ पुजापाठ गरिदैछ ।
रौतहट सहित मधेश प्रदेशको आठ जिल्लामा यो पर्व आज मनाइँदै छ । हिन्दु धर्म मानाउने अनेक पर्व त्योहार मध्ये भगवान श्रीकृष्ण जन्म दिवस पनि एक हो ।
भादौ महिनाको अन्हरिया पक्षको अष्ठमी तिथिको रातीमा भगवान श्रीकृष्णको अवतार भएको थियो । उनको परमावतार पनि भनिन्छ ।
भगवान विष्णुको दस अवतार मध्ये एक कृष्णा अवतारके तीन विशिष्ट पक्ष रहेको छ । बाल लिला, प्रेम लिला, राजनीति र कुटनिती । यी तीन पक्षमा उनकरा विशेष सवरूप पाएको देखिन्छ । भगवान श्री कृष्ण महाभारतको दौरान जे उपदेश दिनु भयो ।
त्यसको आज पनि गीताको रूपमा संसार भरमा पुजा गर्ने र परिचित छ । गीताको संसारमा सबभन्दा उत्कृष्ट ग्रन्थ मानिन्छ । संसारको सबै ज्ञान रहेको छ । भगवान श्रीकृष्णको विभिन्न रूपमा सर्वत्र सम्मान प्राप्त भएको छ । भगवान श्रीकृष्ण माथि श्रद्धा सम्मान र विश्वास राख्नु हुने संसारका सम्पूर्ण व्यक्तीहरुले आज श्रीकृष्ण जन्माष्ठमी हर्षोउल्लासका साथ मनाउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0