<

 

काठमाडौं, १९ भदौ ।

मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई काठमाडौं महानगरपालिका १६ बालाजु स्थित चप्पलकारखानाबाट मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

नुवाकोटको सुर्यगढी गाउँपालिका २ घर भइ हाल काठमाडौँको लोलाङ बस्ने ४५ वर्षीय दिपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका २ घर भइ काठमाडौँको बाइपास बस्ने २८ वर्षीय सन्तोष घलेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

गत जेठ २ गते काठमाडौंको मनमैजुबाट बागमती प्रदेश ०२-०२७ प ७५ ८० नम्बरको र गत जेठ २९ गते काठमाडौंकै टोखा नगरपालिका १ झोरबाट बागमती प्रदेश ०२-०२२ प ४४ ५४ नम्बरको २ सय २० सि.सि.को पल्सर मोटरसाइकल हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन परेको थियो।

उक्त मोटरसाइकलहरु खोज्दै जाने क्रममा वास्तविक नम्बर परिवर्तन गरि प्रदेश ३-०२-००७ प ३३ ९९ नम्बर राखी चलाइरहेको अवस्थामा दिपेन्द्र तामाङलाई र बागमती प्रदेश ०२-०१८ प ०००८ नम्बर राखि चलाइरहेको अवस्थामा सन्तोष घलेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको टोलीले मोटरसाइकल सहित फेला पारी आज दिउँसो नियन्त्रणमा लिएको हो। नियन्त्रणमा आएका तामाङलाई प्रहरी वृत्त बालाजु र घलेलाई प्रहरी वृत्त महाराजगंजमा  थप अनुसन्धान तथा कारबाहीका लागी पठाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0