<

आरके श्रीवास्तव,गरुडा,वैशाख ११ गते ।

रौतहटको देवाहीगोनाही नगरपालिका ३ को वडा कार्यालय भवनको उद्घाटन भएको छ । वडा अध्यक्ष संजय प्रसाद पटेलले बिधिवत रूपमा पुजापाठ गरि नवनिर्मित वडा कार्यालय भवनको उदघाटन गर्नुभयो ।भवनको उदघाटन गर्दै वडा अध्यक्ष पटेलले वडाको विकासको निम्ति निरन्तर लागिपर्ने बताउनुभयो । उनले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो । नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र प्रसाद साहले पालिकाभित्र वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो । देवाहिगोनाहि नगरपालिका र जिल्ला समन्वय समितिको सहकार्यमा कुल ३२ लाख ७२ हजार रुपैयाँ खर्च भएको अधिकृत साहले बताउनु भयो ।सो उद्घाटन कार्यक्रममा उपमेयर परनिया देविपटेल,प्रमुख प्रशािकिय अधिकृत सिकेन्दर साह ,पुर्व मेयर धर्मेन्द्र पटेल , वडा अध्यक्ष उपेन्द्र यादव, बिरबहादुर साह, उपेन्द्र साह, जिल्ला समन्वय समिति को पुर्व उपसभापति राम अशिस यादव, प्रहरी , संचारकर्मी सहित ब्यक्तिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0