<

रन्धिर साह,११ गते वैशाख ।

रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेको वडा कमिटी गठन भएको छ । नेकपा एमालेका नगर कमिटी संयोजक ब्राह्मदेव प्रसादको अध्यक्षता तथा मधेस प्रदेश कमिटी सदस्य एवम् देवाहीगोनाही नगरपालिकाकी नगर प्रमुख परनिया देविको प्रमुख आतिथ्यमा वडा कमिटी तथा “मिसन ग्रासरुट” अभियान सम्मपन्न भएको हो । नेकपा एमाले “मिसन ग्रासरुट” पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत देवाहि गोनाही नगरपालिका वडा नम्बर ३ स्थित रहेको देवाहीमा अभियान सम्पन्न भएको हो ।

सो कार्यक्रम अझै अगाडी बढाउन तथा रौतहटको प्रत्येक पालिकाहरुमा यो अभियानलाई संचालनमा रहेको छ । यो अभियानले पार्टी भित्र रहेका अविश्वास तथा मन मोटापनलाई हटाउँनमा सहयोग गर्ने देवाही गोनाही नगरपालिकाकी नगर उप प्रमुख पटेलले बताएकी छिन् ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपसचिब रुपेश पटेल, जिल्ला कमिटी सदस्य भरत पटेल तथा कार्यकर्ताहरु लगायतको आतिथ्यमा वडा भेला सम्पन्न भएको हो । सो भेलाबाट रामसकल साहको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0