<

कालीकोट, ११ वैशाख

सुस्त मनस्थिति भएकी १४ वर्षीया बालिका बलात्कारको आरोपमा तिलागुफा-१० रानावाडाका ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाम्मा राना रहेको प्रहरीले जनाएको छ ।

फागुनदेखि लगातार बलात्कारको सिकार हुँदै आएकी बालिकाका बुबाको जाहेरीका आधारमा रानालाई प्रहरीले पक्राउ गरेको हो । उनी अपांगता भएको कारण जोखिममा रहेकी बालबालिकाभित्र वडा बालअधिकार समितिले सूचीकृत गरेको छ ।

बलात्कारको मुद्दा गाउँमा मिलाउन रकम लेनदेनको कुरा भए पनि बालिकाको बुवाले नमानेपछि कुरा बाहिर आएपछि चिल्खाया प्रहरी चौकीले आरोपितलाई पक्राउ गरेर मान्म ल्याएको हो । कालीकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालका अनुसार जिल्ला अस्पतालमा मेडिकल गरेपछि मंगलबार मुद्दा दर्ता गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0