<

बज्जिकाञ्चल,रौतहट,भदौ ०६ गते ।
भारतको पन्जाबमा रोजगारको सिलसिलामा पुगेका रौहतट एक नेपालीको मृत्यु भएको छ । आफन्तका अनुसार ट्रेनको ठक्करबाट कटहरिया नगरपालिका वडा नम्बर ८ पिप्रा पोखरिया निवासी १८ वर्षीय देवकी राम कामको मृत्यु भएको हो ।
यस घटना प्रति रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले भावपूर्ण श्रद्धाञ्जली सहित गहिरो समवेदनार भारतीय सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ । उनले ट्रेनको ठक्करबाट मृत्यु भएको खबरले स्तब्ध भएको छु । दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली सहित शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै उक्त घटनाको छानबिन गरि पिडित परिवारलाइ उचित क्षतिपूर्तिको ब्यवस्था गर्न भारतीय सरकारको ध्यानाकर्षन गराउदछु भन्दै सामाजिक संजालमा स्टेटस् लेखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0