<

बज्जिकाञ्चल,रौतहट,भदौ ०६ गते ।
रौतहट जिल्लाको फतुवा बिजयपुरमा रहेको ईलाका प्रहरी कार्यालय बिजयपुरमा आज परित्यात्मक कार्यक्रम सम्पन्न भएको छ । नयाँ कार्यालय प्रमुखको रुपमा आउनु भएका बिजय कार्कीको अध्यक्षतामा सो कार्यक्रम गरिएको थियो ।
उनले इप्रकाको जिम्मेवारी सम्हाले पछि परिचयपात्र गर्न र सल्लाह सुझाव लिनको लागि कार्यक्रम आयोजन गरेका थिए । सो कार्यक्रममा बोल्दै उनले आफनो क्षेत्रभित्रको शान्ति सुरक्षा कायम गर्न दिनरात खट्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा सहभागीहरुले आआफनो तर्फ अमूल्य सल्लाह सुझाव समेत दिएका थिए । सो अवसरमा इप्रका बिजयपुर एरिया अन्तर्गतका सरकारी,गैरसरकारी संघ संस्थाका प्रमुख,स्थानिय,भद्रभलादमी,राजनितीकर्मी,स्थानिय सर्वसाधारण लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0