<

 

काठमाडौं, ८ भदौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार अपरान्ह ५ बजे बस्नेगरी बोलाइएको बैठकमा संसदीय समिति सभापति चयनलगायतका विषयमा छलफल हुने जानकारी दिइएको छ ।

 

संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने भन्ने विषयमा आधिकारिक निर्णय लिन बैठक बोलाइएको बताइएको छ ।

 

संसदीय समितिका सभापतिको चयनका लागि आउँदो सोमबार  निर्वाचन हुँदै छ ।  चुनावी प्रक्रिया भने आइतबारबाटै सुरु हुने भएपछि  पार्टीको धारणा तय गर्न रास्वपाको बैठक बस्न लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0