<

आरके श्रीवास्तव,रौतहट,भदौ ०६ गते ।
मौलपुर नगरपालिकाले ल्याएको स्थानिय पाठ्यपुस्तक “हाम्रो मौलापुर” मधेश प्रदेशकै सम्भवतः पहिलो रहेको शिक्षा संयोजक राजेन्द्र प्रसाह साहले दाबी गर्नु भएको छ । पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो बताउनु भएको छ । यस पाठ्यपुस्तकले मौलापुर नगरपालिकाको विविध विषयहरुलाइ समेटेको उनको भनाइ छ । हाम्रो यहाँको रितिरिवाज,धर्मसंस्कृती,रहनसहन,विभिन्न सम्पदाको बारेमा र गौरवका विषयका जुन चिजहरु छन् । ती सहित सम्पूर्ण चिजहरुको बारेमा हामीले जानकारी गराउने प्रयास गरेका छौं ।
बाल्यकाल देखि नै बालबालिकाहरु लाइ स्थानिय स्तरको विषयवस्तु बारे जानकारी गराउने यो पुस्तकको उदेश्य रहेको वहाँले बताउनु भएको छ । हाम्रो समाज बाट धेरै कुराहरु हराइ पनि सके र हराइ रहेका पनि छन् । ती सबै कुराहरुलाइ जगेर्ना गर्नका निमित यो पुस्तक ल्याइएको उनको भनाइ छ । पुस्तकमा मौलापुर नगरपालिकामा रहेको राम्रा राम्रा कुराहरुको बारे जानकारी गराउने प्रयास गरिएको छ । यहाँ रहेका कुरितीहरु बारे जानकारी गराउने उदेश्यले पनि पुस्तकले समेटने प्रयास गरेको छ ।
यो पाठ्यपुस्तक समग्र विषयवस्तु समेटिएको छ । यसमा हामी केही गौरवका विषयवस्तुलाइ पनि समेटेका छौ । जस्तै यहाँ रहेको पुरातात्वीक महादेव मन्दिर जसलाइ मौलापुर नगरपालिकाले विश्व सम्पदा सूचीमा राख्ने प्रयास गरि राखेको छ । र त्यो राख्ने योग्य पनि हो । हाम्रै नगरभित्रका ,हाम्रै समाजमा हुने साना कुराहरुलाइ पुस्तक मार्फ बुझाउने प्रयास हामीले गरेका छौं ।
केन्द्रिय ऐन कानुनमा स्थानिय तहले १०० पूर्णङ्गक कक्षा १ देखि ८ सम्म स्थानिय तहले पठ्यपुस्तक तयार गर्न सक्ने प्रावधान छ । त्यही अनुरुप हामीले पाठ्यक्रम तयार गरी सुरुमा कक्षा १ देखि ३ सम्म छपाइ गरि वितरण गरेका छौ । यसै आर्थिक वर्ष देखि बाँकी कक्षाका पुस्तकहरु छपाइको सकिनेछ । र अर्को शैक्षिक सत्र देखि सुरुमै कक्षा ८ सम्मकै हरे बालबालिकाको हातहातमा हाम्रो मौलापुर पाठ्य पुस्तक बाँडी सक्ने छौं । माथिल्लो कक्षाहरुको राष्ट्रिय स्तरका कुराहरलाइ पनि समेटने छौं ।
उनले भने सबै बच्चाहरुलाइ पुस्तक पुग्ने हिसाबसे छपाइ गरेका हौ । नपुग भएको खण्डमा हामीले अझै व्यवस्थापन गरी वितरण गर्ने बताउनु भयो । पुस्तकमा परिमार्जित गर्ने लैजाने पनि बताउनु भयो । हरेक अभिभावक र यस नपा बाहिरको व्यक्तीहरुलाइ पनि पुस्तक एकचोटी अध्ययन गर्न अनुरोध गर्नु भयो । यस बाट अन्य पालिकाले केही कुरा सिकेर अभिप्रेरित हुनेमा विश्वास व्यक्त गर्नु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0