<

बज्जिकाञ्चल,रौतहट,भदौ ०७ गते ।
केही दिनदेखी जग्गाको विषयलाइ लिएर आफनो विरुद्ध राजनितीकरण गरी अफवाह फैलाउने काम गरिरहेको कटहरिया वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो कोइरीले आरोप लगाएका छन् । पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै उनले भने,मुख्य कुरा के हो भने? २०८० जेठ २६ गते का दिन गुजरा नगरपालिकाको कनपुर निवासी शेख मेराजुल भन्ने व्यक्तीले नगरपालिका बाट मालपोत रसिद तिरी लगेको ल्याएर वडामा निवेदन पेश गर्यो की यसको चारकिला प्रमाणीत हामीलाइ चाहियो । दुइ दिन अघि जेठ २४ गते निवेदन पेश गरेकोमा आफूले जेठ २६ गते मात्रै आफूले सिफारिस गरेको बताए ।
बिचमा केही मानिसहरु सँग आफूले जग्गाको बारेमा सोधेको बताए । उनले मैले पता लगाउँदा त्यो नदीको बगरमा रहेको बुझिन आयो । केही वृद्ध मानिसहरु सँग आफूले सोध्दा धेरै वर्ष अघि त्यो ठाउँमा गाउँ थियो । अहिले त्यो ठाउँ बाट बस्ती सरेर अन्य ठाउँमा बसी सकेको छ । यो सब कुरा थाहा पाएपछि मैले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सँग सम्पर्क गर्न खोजे । वहाँ सँग सम्पर्क भएन । पछि मैले त्यहाँको कर्मचारी सुब्बा रामनरेश साह सँग सोधे कि यस्तो कुरा छ । यसमा मलाइ चार किला प्रमाणित गर्न मिल्छ कि मिल्दैन् ?
वहाँले भन्नु भयो की जब तपाइ लाइ जब सम्बन्धित व्यक्तीले मालपोत रसिद छ,कागजातहरु पेश गरेका छन् भने प्रमाणित गर्न मिल्छ । त्यो आधारमा मैले केही व्यक्तीहरु सँग पता लगाइ सिफारिस गरि दिए । सिफारिस गरेपनि सम्बन्धित व्यक्तीहरुलाइ त्यो जमिन बारे पता लगाउन जानकारी पनि गराए ।
चार दिन अघि यस विषयमा वडामा बैठक बसेको थियो । त्यसमा म सँग यस विषमा सोधियो मैले विस्तृत रुपमा जानकारी गराए । वहाँहरुले नक्कसाको सिफारि गरि दिन कुरो गर्न भयो । मैले त्यो पनि गरि दिए कि तपाइहरु गएर उसको लालपुर्जा सहि हो कि के हो? पता लगाउनुस् । केही व्यक्तीहरुले आफूले जग्गा बिक्री गरेको भनि आरोप पनि लगाए ।
यस विषयमा आज बिहान गाउँमा पञ्चायती बसेको थियो । आफू सँग कागजात माग गरियो । त्यसपछि मैले कर्मचारी पठाइ आफूले त्यो जग्गा सम्बन्धि कागजात देखाउन खोज्दा रामअज्ञा भन्ने व्यक्तीले हात बाट कागजात खोसी च्याती दिए । तत्पश्चात हल्ला बबाल भयो प्रहरी प्रशासनको आग्रह पति म त्यहाँ बाट निस्कीहाले ।
त्यतीकै केही व्यक्तीस्हरुलाइ बोलाइ वडा कार्यालयमा तालाबन्दी गरिदिएको जानकारी गराए । मैले प्रमाणित गरेको जग्गा नदीको डैम भित्र रहेको बताए । यदी मैले बसोबास या नमरीमा सिफारिस गरेको छु भने म माथी प्रश्न उठथ्यो । मैले त्यसो गरेकै छैन् ।
मेरो भूमाफिया सँग कुनै किसिमको सम्बन्ध नरहेको प्रष्ट पारे । मैलै ऐलानी जग्गाहरुलाइ बेच्ने खेलमा लागेको छैन् । यसमा मेरो कुनै किसिमको संल्गनता छैन् । मैले कसैलाइ उठिवास लगाएको छैन् । बरु आफनो वडामा भएका सुकुम्वासीहरुलाइ निस्सा प्रमाणपत्र पनि गरेको छु । अव्यवस्थित भएका व्यत्तीहरुलाइ निस्सा वितरण गर्ने पक्षमा हामी छौं । फाइल पनि तयारी छ । ऐलानी जग्गाहरु लाइ नै वितरण गरिनेछ । यदी त्यस्तो खेलमा लागेको भएको भए सुकुम्वासीहरुलाइ जग्गा कहाँ बाट उपलब्ध गराउने भन्दै प्रश्न गरे ।
यो घटना राजनितीक माहौल खडा वडा अध्यक्षलाइ विवादमा तान्ने खेल भएको वडा अध्यक्ष महतोको भनाइ छ । यो विपक्षीहरुको षडयन्त्र रहेको उनको भनाइ छ । यस विषयमा मेरो भनाइ यो छ की जुन मानिसले जग्गा खिचोला गरेको छ । जाली रजिष्ट्री गराएको छ भने त्यसको छानबिन गरी त्यसलाइ कानुनी दायरामा ल्याउनु पर्दछ । त्यसमा आफूले पनि साथ दिन तयार रहेको उनको भनाइ छ । वडा बाट हुन सक्ने सहयोग आफू स्वंयम् सहयोग गर्न तयार रहेको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
9
+1
3
+1
0
+1
1