<

बज्जिकाञ्चल,रौतहट,भदौ ०६ गते ।
रौतहटको कटहरिया नगरपालिकाको एक वार्डमा तालाबन्दी गरिएको छ । सो नगपालिकाको वडा नम्बर १ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । वडा अध्यक्ष महतोले भूमाफियासँग मिलेर एलानी जग्गाको नक्कली कागजातको आधारमा चार किल्ला प्रमाणित गरेको आरोप लगाउँदै स्थानीयले तालाबन्दी गरेका हुन् ।
सो वडाको विभिन्न ४ कितामा रहेका नौ विगहा दश कठ्ठा जग्गाको नक्कली लालपूर्जाको आधारमा चारकिला प्रमाणित गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।
वड कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । उनीहरु सेवा पाउन बाट बञ्चित भएका छन् । वडा अध्यक्ष भूपेन्द्र महतो कोइरीले नगरपालिकामा मालपोत तिरेको रसिद ल्याएपछि आफुले चार किला प्रमाणित गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0