<
 हनुमत कुमार यादव,गौर,०६ भदौं ।
नयाँ सदस्यता, नविकरण र मानार्थको सदस्यको विषय लिएर विवादित बनेका नेपाल पत्रकार महासंघ रौतहट शाखा अहिले सम्म कुनै निकास निकाल्न सकेको छैन ।
शाखाको विवाद नटुंगिदै गठन गरिएको कार्यदल पदधिकारी बाहिरिएका छन् । रौतहट शाखाले विवाद समाधान गर्न गठन गरिएको कार्यदल बाट गौतम श्रेष्ठ र संयोजकबाट प्रभातकुमार झा अलग भएको घोषणा गरेका छन् । नयाँ सदस्यता, नविकरण र मानार्थको सदस्यको टुंगो लगाउनका लागि गत साता गठन गरिएको कार्यदलको संयोजक पद र सदस्य समेत नरहने गरी अलग भएका हुन् ।
गठन गरिएको कार्यदलमा रहेको नेपाल पत्रकार महासंघ रौतहट शाखा पुर्व अध्यक्ष रविन्द्र प्रसाद साहले शाखाका पदधिकारीको नियतमा खोट देखिए पछि पहिले नै अलग भएका थिए । कार्यदल गठन भएको दिन पुरानो सदस्यहरुको हकमा नविकरण तथा मानार्थ सदस्यको टुंगो लगाएपनि नयाँ सदस्यताको लागि निकै छलफल गरेपछि परीक्षाको माध्यमबाट समाधान गर्ने सहमती जुटेको थियो ।
तर उक्त सहमतीलाई विथोल्न महासंघकै नेतृत्व वर्ग लागिपरेको तथा कार्यदललाई भदौं ४ गते सम्म ५१ जना सदस्यको फाइल कार्यदललाई उपलब्ध गराउने सहमती भएको थियो । तर बुधवार ६ गते पनि उक्त फाइलहरु उपलब्ध नराउँदा भदौं ११ गते भनिएको परीक्षा हुन सक्ने अवस्था नरहेको उनले बताए ।
एकातिर विवाद समाधान गर्ने अर्को तिर भित्र भित्र आफू अनुकुलको सेटिंग मिलाउने शाखा नेतृत्वको कार्यशैली अनुसार आफू हिड्ने सक्ने नैतिकताले नमिल्ने भएको हुँदा कार्यदललाई औचित्वविहिन बनाएपछि बाध्य भएर कार्यदलको सबैपदबाट अलग भएको उनले घोषणा गर्दै विवाद समाधान गर्न महासंघका शाखा अध्यक्षले पहल गरोस उनले भने । विवादका कारण रौतहटका सम्पूर्ण सक्रिय संचारकर्मीहरुले महासंघ रौतहट शाखामा लगभग २ महिना देखि तालाबन्दि गरेका छन् । तर उक्त विवाद लाई समाधान गर्न वा ताल्चा खुलाउन शाखाका पदधिकारीहरुले कुनै चासो देखाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0