<

 

 “हाम्रो मौलापुर” ःमेयर साह आरके श्रीवास्तव,रौतहट,भदौ ०६ गते ।

मौलपुर नगरपालिकाले ल्याएको स्थानिय पाठ्यपुस्तक “हाम्रो मौलापुर” मधेश प्रदेशमै नमूना नगरप्रमुख रिना कुमारी साहले बताएकी हुन् । आज पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो बताएकी हुन् । यो पुस्तक कक्षा १ देखि ८ सम्म निकाल्ने लक्षय रहेको बताइन् ।

हाल कक्षा १ देखि ३ सम्म प्रकाशन गरिएको विस्तारै कक्षा ८ सम्म पुर्याइने छ । विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेका नैतिक शिक्षासहित स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी लागू गरिएको मौलापुरका नगर प्रमुख रीनाकुमारी साहले बताइन् । नगरभरीको प्रत्येक सामुदायिक विद्यालयहरुमा आफू गइ पुस्तक वितरण गरेको जानाकारी गराइएन् ।

त्यती मात्र होइन् कि बालबालिकाहरु लाइ पुस्तक पढाएर हरेक बच्चा बच्चाको हात हातमा पुस्तक पुर्याएको उनको भनाइ छ । यो पुस्तकमा मौलापुर नगरपालिका आज भन्दा ५ वर्ष अगाडी कस्तो थियो ? अहिले कस्तो छ ? यो सबै कुराहरु पुस्तकमा समेटिएको छ । यो पुस्तक बालबालिकाहरु लाइ पढनको लागि मात्र होइन् कि सम्मपूर्ण नगरवासीहरुलाइ एक चोटी पढनै पर्ने पुस्तक हो । पुस्तकमा मौलापुरको बारेमा सम्पूर्ण जानकारी समेटिएको छ ।

मौलापुर नगरपालिकाको शिक्षा,स्वास्थ्य,मौलापुर पुरातात्वीक महादेव मन्दिर, नगरपालिका भित्रको प्राकृतिक सम्पदा, स्थानीय पेसा व्यवसाय ,आर्थिक अवस्था,संस्कृति तथा रहनसहन लगायतका विषयवस्तु समेटेको नगरप्रमुख साहले भनिन् । मौलापुर पुरातात्वीक महादेव मन्दिरलाइ उत्खन्न गरी अहिले कहाँ सम्म पुर्याएका छौं । त्यो कुरा पनि समेटीएको छ ।

यो पुस्तक मैले एक्लै होइन् कि यहाँको बुद्धिजिवीहरु,शिक्षक,नगरपालिकाका उपमेयर लगायतको टिम बसेर गम्भीर रुपमा छलफल गरी धेरै कठिनाइले हामी पुस्तक छपाएका छौं । सबै नगरवासी लगायत सबै आमजन समुदाय सँग एकचोटी पुस्तक हेर्न आग्रह गर्नु भयो । साथै एकचोटी मौलापुरमा आएर पुस्तकमा उल्लेख भएका कुराहरु वास्तवीक हो की होइन् ? हेर्नु हुन अनुरोध गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0