<

 

ओम प्रकाश यादव, रौतहट,भदौ ६ गते ।

हेफर इन्टरनेश्नल नेपालले रौतहटको बतहु माध्यमिक विद्यालय हर्षाहामा अध्ययनरत विपन्न विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरेको छ । वृन्दावन नगरपालिकाका–६ हर्षाहा स्थित रहेको बतहु माध्यमिक विद्यालयका १५ जना विपन्न समुदायका छात्रालाई विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको हेफर इन्टरनेश्नलले जनाएको छ । वृन्दावन नगरपालिकाको आर्थिक सहयोग र हेफर इन्टरनेश्नल नेपालको आयोजनामा उक्त सामाग्री वितरण गरिएको हो । मंगलवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच हेफर इन्टरनेश्नलले सो विद्यालयको कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने अति गरिव एवं विपन्न समुदायका १५ जना छात्राहरुलाई प्रति छात्रा दुई÷दुई थान विद्यालय पोशाक, एक एकथान जुत्ता, ब्याग, कापी, पेन्सिल, डटपेन लगायत शैक्षिक सामाग्रीहरु वितरण गरेको हो । वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले विद्यार्थीहरुलाई उक्त पोशाक र शैक्षिक सामाग्री वितरण गरेका हुन । शैक्षिक सामाग्री वितरण गर्दै नगर प्रमुख कुर्मीले शैक्षिक सामाग्रीहरु निःशुल्क रुपमा पाएपछि न्युन आर्थिक अवस्था भएका परिवारका नानीहरुलाई पढाईमा सहयोग हुने अर्थात प्रोत्साहन मिल्ने बताएका थिए । आफना नगर भित्रका अन्य सामुदायीक विद्यालयहरुमा समेत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पढाईमा सहयोग हुने उद्देश्यले छात्रवृत्ति, विद्यालय पोशाक र शैक्षिक सामाग्री लगाएत वितरण गर्दै आएको र आगामी दिनमा समेत वितरण गर्ने आफनो योजना रहेको मेयर कुर्मीले बताए । शिक्षामा गरिव तथा विपन्न परिवारका छोरा छोरीलाई पनि सहज पहुच पुरयाउने लक्ष्यका साथ आफुले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । पैसाको अभावमा गुणस्तरीय शिक्षा पाउनबाट कसैले बञ्चित नहोस भन्ने उद्देश्यले आफुले गरिव तथा विपन्न समुदायका छात्रछात्राहरुलाई पढाईका लागि आवश्यक पर्ने सबै सामाग्री सहयोग गर्न तयार रहेको मेयर कुर्मीले बताए । विपन्न समुदायका बालबालिकालाई पढाईमा शैक्षिक सामाग्री वितरण कार्यक्रमले लाभ पुग्ने उद्देश्यले उनिहरुलाई सामाग्री सहयोग गरिएको हेफर इन्टरनेश्नल नेपालका कार्यक्रम संयोजक दिपेश पोखरेलले बताएका छन् । कार्यक्रम संयोजक पोखरेलले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थाले गरेका कामहरुका बारेमा बताएका पनि थिए । यस संस्थाले यस्ता सामाजिक कार्यहरु लामो समयदेखी रौतहट सहित विभिन्न जिल्लाहरुमा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0