<

 

 रामानन्द साह, देवाहीगोनाही,भदौ ०६ गते ।

इलाका प्रहरी कार्यालय देवाहीगोनाहीले परिच्यात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।

आज एक कार्यक्रमका बिच नयाँ कार्यालय प्रमुखको रुपमा आउनु भएका प्रहरी निरिक्षक कुशराम कार्कीले देवाही गोनाही नगरपालिका अन्तर्गत स्थानिय जनप्रतिनिधि,विभिन्न राजनीतिक दलका प्रतिनिधि, भद्रभलादमी,समाजसेवी,शिक्षक,पूर्व प्रहरी कर्मचारी,संचारकर्मी लगायतका विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरुसंग परिचय गर्नु भएको छ ।

सो कार्यक्रममा उनले यस क्षेत्रको शान्ती सुरक्षाको अवस्था, अपराधको अवस्था,रोकथाम तथा न्यूनिकरण सम्बन्धमा छलफल तथा अन्तरक्रिया गर्नु भयो ।

प्रहरी निरिक्षक कार्कीले आफु समाजमा शान्ति सुरक्षा कायम राख्न र अपराधिक घटना हुन नदिन २४ औ घण्टा सुरक्षा ब्यवस्था कडा पार्ने बताउनु भयो । कार्कीले समाजमा शान्ति स्थापना कायम गर्नको निमित राजनितिक दलहरुले पनि सहयोग गर्नु पर्ने बिश्वास ब्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0