<

आरके श्रीवास्तव,रौतहट,भदौ ०४ गते ।

रौतहटमा भारतबाट नेपाल भित्राउँदै गरेका १२ सय कुखुराका चल्ला नष्ट गरिएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडा र कटहरियाको टोलीले सोमवार अवैध रूपमा नेपाल भित्रिँदै गरेको कुखुराको चल्ला पक्राउ गरि नष्ट गरेको हो । देवाहीगोनाही नगरपालिका वडा नम्बर ६ कर्कच कर्मैयाको बाटो हुँदै नेपाल छिर्दै गरेको सुराकीको आधारमा सोमबार बिहान ९ बजे आज पक्राउ गरि खाल्डो खनेर नष्ट गरिएको हो ।
अवैध चल्लाको मूल्य ४० हजार रहेको इप्रका गरुडाका डिएसपी ओमप्रकाश खनालले जानकारी गराउनु भयो । पशु शाखाका कर्मचारी,स्थानियहरु लगायतका व्यक्तीहरुको रोहबरमा कुखुराको चल्ला नष्ट गरिएको छ ।

अवैध रूपमा भारत बाट भित्रिएको ब्रोइलर कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको छ । चोरी निकासी भएको सूचना पाएपछि गस्ती टोली पठाएर बरामद गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख खनालले बताउनुभयो । प्रहरीको गस्ती टोली देखेपछि तस्कर भागेको बताइएको छ ।

भारतमा चल्लाको मूल्य नेपाल भन्दा सस्तो पर्ने भएको हुँदा सीमावर्ती क्षेत्रबाट तस्करी हुँदै आएको छ । साइकल र मोटरसाइकिलमा राखेर सुरक्षाकर्मीलाई छक्याउँदै तस्करहरूले नेपाल भित्राउने गरेका छन् । त्यसरी भित्राइएको चल्ला सोझै कुखुरा उत्पादक कृषकलाई बिक्री गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0