<

आरके श्रीवास्तव,रौतहट,भदौ ०४ गते ।
मधेश प्रदेशमा पछिल्लो समय पत्रकारहरु माथि लगातार आक्रमणको घटनाहरु घटन थालेका छन् । यस्ता घटनाहरुले पत्रकारहरु असुरक्षित छन् भने पुष्टी हुन थालेको छ । सोमबार पनि रौतहटमा यस्तै घटना घटेको छ ।
जिल्लाको बृन्दावनमा रहेको एक अबैध क्रसर उद्योग संचालकले पत्रकार कुटपिट तथा दुर्ववहार गरेका छन् । सो नगरपालिकाको वडा नम्बर १ मा रहेको शिवम् क्रसर उद्योगको विषयमा समाचार संकलनका लागि गएका एक जना पत्रकार माथि आक्रमण भएको छ ।
हिमालय टिभीका रौतहट संवाददाता राकेश यादव माथि क्रसरका कर्मचारीले हातपात गर्नुका साथै क्यामेरा समेत तोडफोड गरेको खबर छ । बागमती खोला किनारामा अबैध रूपमा क्रसर उधोग संचालन भएको बिषयमा पत्रकार यादव समाचार संकलनका लागि त्यहाँ पुगेका थिए ।


पत्रकार यादव माथि हातपात गर्ने क्रसरका कर्मचारी राजदेव ठाकुर ,मशेस चौधरी र राधेश्याम ठाकुरलाई पक्राउ गरि थप अनुसंधान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडा डिएसप ओमप्रकाश खनालले जानकारी गराउनु भयो ।
यस विषयमा नेपाल पत्रकार महासंघ रौतहटका सभापती प्रेमचन्द्र झाले वृन्दावन नगरपालिकामा संचालित शिवम् क्रशर उद्योगको रिपोर्टिङ गर्ने क्रममा नेपाल पत्रकार महासंघ रौतहटका जिल्ला कार्य समिति सदस्य यादव माथि क्रसर संचालकले गरेको कुटपिट तथा दुर्ववहार गरेको र क्यामरामा पनि क्षती पुर्याएको घटना प्रति गम्भीर आपत्ति जनाउनु भएको छ । साथै उनले पत्रकार कुट्नेलाई हदैसम्मको कारबाही गर्न स्थानीय प्रशासनसंग अनुरोध गर्नु भएको छ । यदि दोषीलाई उन्मुक्ति दिन खोजेमा कडा आन्दोलनमा उत्रिन वाध्य हुने उनको भनाइ छ ।
यता नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य शिव पुरीले क्रसर माफियाको कुटपिट बाट घाइते पत्रकार राकेश भाइको शिघ्र स्वास्थ लाभको कामना गर्नु भएको छ । साथै सप्तरीमा सौरभ यादव, महोतरीमा विजय कुमार सिंह गरि ३ जना पत्रकार पछिल्लो एक सातामा दुर्ववहारमा परे, कुटिए, क्यमरा फुटाइएको छ । मधेश प्रदेशमा फेरि पत्रकार असुरक्षित भएको उनको भनाइ छ । यसप्रति नेपाल पत्रकार महासंघ लाइ गम्भीर रुपमा ध्यानकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0