<

आरके श्रीवास्तव,रौहतट,भदौ ०४ गते ।
आफू नेशनल प्याबसन रौतहटको जिम्मेवार पाएदेखि सक्रिय रुपमा काम गर्दै आएको अध्यक्ष बिगन राय यादवले बताउनु भएको छ । आज पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो बताउनु भएको छ । आफूले २०७८ सालको पुष महिनामा यो संस्था हाँक्ने जिम्मेवारी पाए । त्यस पछि अहिले सम्म मैले विभिन्न कार्यक्रमहरु र क्रियाकलापहरु गराएको छु ।
वादविवाद प्रतियोगिता,हाजिरी जवाफ प्रतियोगिता र सांस्कृतीक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु गराए । त्यस्तै नेशनल प्याबसनमा आबद्ध बिधालयहरु लाइ देशभित्र र बाहिर भ्रमणमा पनि लगे । केही दिन अघि हाजिरी जवाफ प्रतियोगीता पनि गराएको छु ।
जिल्लामा करिब ३७ वटा बिधालयहरु छन् । त्यसमा धेरै जसो ग्रामीण क्षेत्रका निजी बिधालयहरु बन्द भइसकेको र बन्द हुने अवस्थामा पुगेको बताउनु भयो । त्यस्ता बिधालयहरुको हकमा हामी लुम्बीनी विकास बैंक सँग सहकार्य गरी ६ प्रतिशत ब्याजदरमा सहुलियत ऋणको पनि व्यवस्था गराएको छु । यसमा कुनै प्रकारको धितो नराखीकन त्यस्ता बिधालयहरुले सहज ढंगले ऋण पाउन सक्ने छन् । बन्द भएको र बन्दको कागारमा पुगको बिधालयहरु पुनः सञ्चालन गर्न सहज होस् भन्ने उदेश्यले आफूले पहल गरी यस्तो व्यवस्था गराएको बताए ।
पछिल्लो समय सरकारले ल्याउन लागेको नयाँ ऐन निजी बिधालयहरुको हितविपरीत भएको बताएका छन् । कम्पनी ऐनमा भएको बिधालय लाइ फरफारक गरी गुठिमा जानु पर्छ भनि भनेको छ । त्यो अन्था भएको छ । हामी सरोकारवालाहरु सँग कुनै किसिमको छलफल र सल्लाह नगरीकन यो बिधेयक ल्याउन लागेको थियो । जसको हामीले विरोध गरेका छौं । यसको लागि हामीले जेगर्नु पर्ने भए हामी गर्न तयार छौं ।
निजी बिधालयमा अध्ययन गर्ने र सामुदायिक बिधालय बाट गएर जाँच दिने चलन नेपाल सरकारको कानुनले गर्दा भएको आरोप लगाएका छन् । केही ठाउँमा निजी बिधालयमा पढेका बिधार्थीहरुलाइ सुविधा बाट बञ्चित गरिएकोले यस्तो प्रवृति बढेको उनको भनाइ ।
न्यू डिभाइन लाइट बोर्डीङ्ग स्कूलका सञ्चालक समेत रहनु भएका यादव निजी बिधालय सञ्चालनमा धेरै चुनौती रहेको सुनाउँछन् । वि.स.२०४२ सालमा स्थापना भएको न्यू डिभाइन लाइट बोर्डीङ्ग स्कूल धेरै पुरानो स्कूल हो । नेपाल सरकार बाट २०५५।०५६ मा अनुमती लिएका हौं । त्यसबेला देखि अहिले सम्म विभिन्न प्रकारका समस्याहरुको सामना गर्नु परेको सुनाउनु भयो । कहिलेकाँही बिधार्थीहरुलाइ पढाएको तर त्यहाँ बाट फि नमिलेको,शिक्षकलाइ तलब दिन समस्या,ऋण लिन पनि समस्या लगायत धेरै समस्याहरुको सामना गर्नु पर्यो ।
ती सबै चुनौतीहरुको सामना गर्दै हाम्रो स्कूलको जुन हुनुपर्ने गुणस्तरीयता छ । त्यसमा हामीले कुनै पनि कमी गरेका छैनौ । यहाँ पढेका त्रिधार्थीहरु धेरै ठाउँमा पुगि सकेका छन् । २०७२ र २०७४ मा यहाँ पढेका बिधार्थीहरु जिल्ला टप गरेका हुन् । यहाँ पढेका बिधार्थीहरु डाक्टर,इन्जिनियर भइसेको छन् । उच्च ओहदामा पुगेका छन् । यो बिधालयलाइ सबैले जान्ने गरेको छ । किनकी यहाँ फि कम छ ।
राम्रो पढाए छ । शिक्षकहरुलाइ पनि राम्रो सुविधा दिने गरेका छौ । ३० वर्ष देखि पढाउने शिक्षकहरु पनि रहेको बताए । स्रोत केन्द्र बाट हुने क्रियाकलापहरुमा यहाँका बिधार्थीहरु राम्रो गर्दै आएका थिए ।
अन्त्यमा वहाँले सम्पूर्ण अभिभावहरु लाइ ठुक्क भएर न्यू डिभाइन लाइट बोर्डीङ्ग स्कूलमा पठाउन आग्रह गर्नु भयो । बच्चाको पढाइ र भविष्यको ग्यारेन्टी आफूहरुले लिने आश्वासन दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0