<

 

काठमाडौ, ३० साउन ।

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत् १ लाख ९५ हजार ३२७ जनाले सेयर पाएका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । यो आईपीओका लागि कुल १३ लाख ६१ हजार १५४ जनाले आवेदन दिएकामा १२ लाख ८३ हजार ५९६ जनाको आवेदन मात्र योग्य ठहरिएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ ।

 

यस कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको (१९ लाख ८८ हजार २३६ कित्ता) साधारण सेयर बिक्रीमा ल्याएको थियो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिएको हो । यसैगरी, कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको थियो । बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

 

लगानीकर्ताले आईपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल र अप्पर लोहोरे खोला हाइड्रोपावरको वेबसाइटबाट हेर्न सक्नेछन् । साथै, मेरोसेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट थाहा पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0