<

 

काठमाडौं ।

‘नक्कली’ भनेर पक्राउ परेको तर सक्कली भन्ने खुले पछि डा. रञ्जित कुमार यादव थुनामुक्त भएका छन् ।

‘नक्कली डाक्टर’ भन्दै गत साउन २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले परेका गरेका डा. यादवलाई थुनामुक्त गरिएको हो ।

‘नक्कली डाक्टर’ विरुद्ध अभियान नै चलाएको सीआईबीले अनुसन्धानवाट यादव सक्कली नै भएको खुले पछि उनलाई हिरासतमुक्त गरिएको हो ।

नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई आइतबार पठाएको थियो। काउन्सिलको उक्त पत्रपछि सीआईबीले उनलाई छाडेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0