<

 

काठमाडौं, ६ वैशाख ।

मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् ।


‘प्रहरी साथी हामी फूल लिएर आउँछौँ, तर तिमी दमन गर्ने भूल लिएर नआऊ, प्रहरी मेरो साथी द्वन्द्व नखोज’ जस्ता लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।


मिटरब्याजपीडितको आन्दोलनप्रति वृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ ।


केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0