२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

कटहरियामा अविरल वर्षाले इप्रका डुबानमा,प्रहरीलाई बिजाेग

आरके श्रीवास्तव,राैतहट,असोज १८ गते । 

शनिबारको अबिरल वर्षापछि रौतहटको कटहरियामा रहेको इलाका प्रहरी कार्यालय (ईप्रका) डुबानमा परेको छ । लगातारको वर्षाले कार्यालय परिसरमा पानी जम्दा प्रहरी कार्यालयभित्र रहेका फर्निचर, कागजात र अन्य सामग्रीहरू भिजेका छन् । कार्यालयभित्रै पानी पसेपछि ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूलाई बस्नसमेत मुस्किल परेको छ ।

 

ईप्रका कटहरियाका इञ्चार्ज सई धर्मेन्द्र पौडेलका अनुसार पानीको बहाव अझै कायम छ भने पानीको निकासका लागि प्रयास भइरहेको छ । उनले भने, “पानी घट्ने क्रममा छ, हामीले सक्दो पानी निकाल्ने काम गरिरहेका छौँ।”

तर स्थानीयवासी र सुरक्षाकर्मीहरू भने यो समस्याको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिन्छन् । उनीहरूका अनुसार विगत वर्षहरूमा पनि यस्तै समस्या दोहोरिएको भए पनि यसप्रति सम्बन्धित निकाय गम्भीर बन्न सकेको छैन् ।

 

सई पौडेलले थपे, “यदि यसअघि नै ठोस उपाय अपनाइएको हुन्थ्यो भने यस्तो अवस्था आउँदैनथ्यो । विशेष गरी ह्युम पाइप जडान गरेर वर्षाे पानीको उचित निकासको व्यवस्था गरिदिएको भए प्रहरी कार्यालयलाई बर्सेनि यस्ताे समस्यामा पर्नु पर्ने थिएन।”

 

स्थानीय सरकारसँग समन्वय गरेर अबको दिनमा यस्तो समस्या दोहोरिन नदिनका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने आवाज उठ्न थालेको छ । केही दिन अघिमात्रै कटहरियाका युवाहरूकाे सहयोगमा ईप्रका कटहरियाकाे शाैन्दर्यकरणकाे काम भएको थियो । जुन हिजाेकाे वर्षाले क्षति गरिदिएकाे छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।