काठमाडौं । सरकारले लगानीको बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सरकारले अर्थशास्त्री यांकी उक्याबलाई नियुक्त गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्याबलाई बोर्डको सीईओ नियुक्त गरेको जानकारी दिएका हुन् ।
त्यस्तै मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्कबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै सचिव पदमा प्रा.डा. रोजी श्रेष्ठ (भोजपुर) नियुक्त भएकी छन् ।एभरेष्ट न्यूज एजेन्सी







