२०८३ आश्विन १८
२०८३ आश्विन १८

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हिजोको प्रश्नको उत्तर दिएर मात्र पार्टी नटिक्ने बताएका छन् ।

काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह बोल्दै सभापति थापाले अहिले उठिरहेका प्रश्नको जवाफ दिएमात्र पार्टी टिक्ने र ठुलो हुने बताए ।

सभापति थापाले भने- ‘हिजोको प्रश्नको उत्तर दिएर कांग्रेस टिक्दैन । आजको प्रश्नको उत्तर दिनुपर्छ । आजको प्रश्न के हो ? त्यसका लागि आजको प्रश्न सोध्ने मान्छे को हो ? तपाईं र कांग्रेसको कोठामा बसेर आफैँ प्रश्न र आफैँ उत्तर बनाएर हुँदैन ।’

महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले अहिलेका युवाले इतिहासलाई माया गरे पनि उसका अहिलेका प्रश्नको उत्तर पार्टीले दिनसक्नु पर्ने बताए ।

युवाले देशमा राम्रो शिक्षा पाइन्छ कि पाइँदैन ? शिक्षा पाएपछि रोजगार पाइन्छकी पाइदैन भन्ने प्रश्न गरिरहेको र त्यसको जवाफ दिनसक्नुपर्ने बताए ।

सभापति थापाले बदलिएको काँग्रेसले देशलाई पनि बदल्ने विश्वास लिन कार्यकर्तालाई आग्रह गरेका थिए । उनले आफुहरुसँग विपी कोइराला र गणेशमानको विचार रहेको भन्दै उनीहरुका छोराहरु कहाँछन् त्यसले अर्थ नराख्ने टिप्पणी गरे

एभरेष्ट न्यूज एजेन्सी,

 

 

रौतहट,असोज,१८ गते

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति गगन थापाले निरन्तरतामा क्रमभंग गरेको टिप्पणी गरेका छन् ।

काँग्रेसको १५औं महाधिवेशनमा शुभकामना दिदै आफुले भन्ने गरेको निरन्तरतामा क्रमभंगता गगन थापाले काँग्रेसमा गरेको बताउदै शुभकामना दिएका थिए । देशको विषम परिस्थितिमा काँग्रेसलाई नयाँ बनाउने जमर्को गरेको भन्दै गगन थापाले अब देशको नेतृत्व गर्ने समय आएको बताए ।

प्रचण्डले लोकतन्त्रका पक्षधरहरुले वरिष्ठ नेताहरुलाई अपमानित नगर्न र सम्मानसहित सबैलाई एक बनाएर देशको नेतृत्व गर्न सुझाव दिएका थिए । उनले देश अहिले अप्ठ्यारोमा रहेको बताउदै सरकारका गतिविधिले देश अझ खतरामा जाने होकी भन्ने चिन्ता रहेको बताए । प्रचण्डले शान्तिप्रक्रियाका टुंगाउन बाँकी रहेका कामहरु टुंगाउन आग्रह गर्दै ति विषय नटुंगिएमा त्यसको परिणमा नराम्रो हुने बताए । उनले अब शान्तिप्रक्रियाका बाँकी काम गगन थापाको नेतृत्वमा पुरा हुने विश्वास व्यक्त गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी,

 

रौतहट,असोज,१८ गते

काठमाडौँ ।  रास्वपाका सभापति रवि लामिछानेले नेपाली काँग्रेसका सभापति गगन थापालाई पार्टीभित्र बसेर हैरान पार्नेहरूलाई छोडिदिन सुझाव दिएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सभामा सम्बोधन गर्दै लामिछानेले सभापति थापालाई पार्टीमा बसेर हैरान गर्नेलाई फकाउन भन्दा छोडिदिएकै राम्रो हुन्छ भन्ने सुझाव दिएका हुन् ।

उनले भने- ‘कहिलेकाँही पार्टीभित्र बसेर सधैं कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा-फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ ।’एभरेष्ट न्यूज एजेन्सी,

रुपन्देही । तिलोत्तमा नगरपालिका–१७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन् । बालिका हराएको सूचना पाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा असोज १६ गते तिलोत्तमा–१० स्थित चक्रहवा जंगलबाट उनलाई सकुशल फेला पारेको हो ।

बालिका अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले तिलोत्तमा–१० शान्तिनगरका करिब २७ वर्षीय युवराज थारुलाई खोजी गरिरहेको थियो । उनलाई असोज १८ गते राति तिलोत्तमा–१७ दरखसवास्थित धानबारीबाट नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडामुनि गोली प्रहार गरेको जनाएको छ ।

गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ । प्रहरीले बालिका सकुशल उद्धार भइसकेको जनाएको छ । घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय, बुटवलबाट भइरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । च्याटजिपिटी निर्माण गर्ने कम्पनी ओपनएआईका सुरक्षा विज्ञ डेभिड रोबिन्सनले राजीनामा दिएका छन् । उनले ठूला प्रविधि कम्पनीहरू नयाँ कृत्रिम बुद्धिमत्ता विकास गर्ने होडमा अत्यधिक छिटो अघि बढिरहेको र त्यस क्रममा यसबाट उत्पन्न हुन सक्ने गम्भीर जोखिमलाई बेवास्ता गरिरहेको चेतावनी दिएका छन् ।

अमेरिकाको द एटलान्टिक पत्रिकामा लेख प्रकाशित गर्दै रोबिन्सनले कृत्रिम बुद्धिमत्तालाई सामान्य विद्युतीय कार्यक्रमजस्तो नभई आणविक ऊर्जा केन्द्रजस्तै कडा सुरक्षा व्यवस्थासहित सञ्चालन गर्नुपर्ने बताएका छन् । आणविक ऊर्जा केन्द्रमा एउटा गल्तीले ठूलो क्षति हुन सक्ने भएकाले हरेक काम निकै सावधानीपूर्वक गरिएझैं कृत्रिम बुद्धिमत्ताको विकास र प्रयोगमा पनि सुरुदेखि नै उच्चतम सुरक्षा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

रोबिन्सनका अनुसार ओपनएआईले अहिलेसम्म गल्ती गर्दै त्यसबाट सिक्ने शैलीमा काम गर्दै आएको छ । सामान्य विद्युतीय कार्यक्रमका लागि यस्तो विधि उपयोगी हुन सक्ने भए पनि कृत्रिम बुद्धिमत्ता अहिले निकै शक्तिशाली भइसकेकाले यसको परीक्षणका क्रममा हुने गल्तीको परिणाम निकै ठूलो हुन सक्ने उनले बताए । परीक्षणकै क्रममा केही पटक कम्पनीको कृत्रिम बुद्धिमत्ता नियन्त्रणबाहिर गएको र त्यसलाई तत्काल रोक्न नसकिएको अनुभवसमेत उनले उल्लेख गरेका छन् । उनले अहिले कृत्रिम बुद्धिमत्ता कम्पनीहरूसँग यसलाई पूर्ण रूपमा सुरक्षित बनाउने निश्चित उपायसमेत नभएको दाबी गरेका छन् । कम्पनीबाहिर रहेका अनुसन्धानकर्ता र विज्ञहरूसँग भने सम्भावित समाधानबारे महत्वपूर्ण अनुसन्धान रहेको उनको भनाइ छ । ओपनएआईमा काम गर्ने कर्मचारीहरू दक्ष र मेहनती भए पनि कम्पनीको मुख्य ध्यान सुरक्षा भन्दा नयाँ सुविधा छिटो सार्वजनिक गर्ने प्रतिस्पर्धातर्फ गएको उनले आरोप लगाएका छन् ।

पछिल्ला साताहरूमा ओपनएआईसहित विभिन्न ठूला कृत्रिम बुद्धिमत्ता कम्पनीका कर्मचारी तथा अनुसन्धानकर्ताले यस प्रविधिबाट भविष्यमा गम्भीर जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिँदै आएका छन् । कृत्रिम बुद्धिमत्ताका प्रमुख वैज्ञानिकमध्येका नोबेल पुरस्कार विजेता जेफ्री हिन्टनले समेत समयमै नियन्त्रण गर्न नसके यस प्रविधिले मानव अस्तित्वमै खतरा निम्त्याउन सक्ने चेतावनी दिँदै आएका छन्  । एभरेष्ट न्यूज एजेन्सी,

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशनले सिके राउतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । वीरगञ्जमा सम्पन्न महाधिवेशनले अध्यक्ष पदमा डा. सीके राउतलाई निर्बिरोध निर्वाचित गरेको हो ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजेशकुमार मण्डलका अनुसार राष्ट्रिय उपाध्यक्षमा अनिता कुमारी मण्डल, अनिता देवी शाह, नरेन्द्र प्रसाद चौधरी, बसन्त कुमार कुशवाह, डा. जयकान्त राउत, राजकुमार यादव त्यागि र माधव प्रसाद सिंह निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा संजयकुमार यादव निर्वाचित भएका छन् भने उपमहासचिवमा निर्मल कुमार मण्डल निर्वाचित भएका छन् ।

त्यस्तै राष्ट्रिय सचिवमा सुरेन्द्र कुमार चौधरी, पारस प्रसाद शाह, सन्तोष राज सहानी, अन्जनी देवी, राधा कुमारी यादव, हरेन्द्र चौधरी र बाल गोविन्द चौधरी निर्वाचित भएका छन् ।

त्यस्तै महाधिवेशनले ४८ जना कार्यकारीणी सदस्य निर्वाचित गरेको छ ।  एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजबाट सुरु हुँदै छ । काठमाडौंको खुलामञ्चमा उद्घाटन कार्यक्रम शुरु भएको छ । महाधिवेशनमा उद्घाटन समारोहमा निमन्त्रणा गरिएका अतिथिहरु पुग्ने क्रम शुरु भएको छ ।

अहिले नेकपाका संयोजक प्रचण्ड कार्यक्रम स्थलमा पुगिसकेका छन् भने रास्वपा सभापति रवि लामिछाने, एमाले महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतका नेताहरु सहभागी हुदैछन् ।

अहिले खुलामञ्चमा काँग्रेसका प्रतिनिधिहरुसहित हजारौं नेता कार्यकर्ताको उपस्थिति रहेको छ । यस महाधिवेशनमा काँग्रेसका करिब ७६ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

आज उद्घाटन समारोह हुदैछ भने सोमबार र मंगलबार बन्दसत्र हुने छ । बन्दसत्रमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदिप पौडेल र कोषाध्यक्ष उमेश श्रेष्ठले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि सोमबार उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।  नयाँ नेतृत्वको निर्वाचनका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ ।  एभरेष्ट न्यूज एजेन्सी,

रौतहट,असोज,१६ गते

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार पर्साका लालबाबु साह कानुलाई परेको छ । उनलाई १० लाख रुपैयाँको बम्पर पुरस्कार परेको हो ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्य गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको उपहार घोषणा गरेका हुन् ।

साह कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा गरेको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो । पुरस्कारबारे जानकारी दिन आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उनलाई तत्काल फोन गरेर बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका थिए ।

आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद खरिदमा बिल लिएका ३ करोड १८ लाख १८ हजार २८६ कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए । त्यसमध्ये नगद कारोबारबाट बिल लिएका २ लाख ४७ हजार ९७९ र अनलाइन तथा कार्डबाट भुक्तानी गरी खरिद गरिएका ३ करोड १५ लाख ७० हजार ३०७ कारोबार थिए ।

कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म दैनिक एक लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेता पनि छनोट गरिएको विभागले जनाएको छ । ती विजेताको कुपनसम्बन्धी विवरण सार्वजनिक गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । दक्षिण प्रशान्त महासागरमा स्पर्म ह्वेलको ठक्करबाट १६ मिटर लामो अस्ट्रेलियाली याट डुबेपछि त्यसमा सवार चार जना नाविकको उद्धार गरिएको छ ।

घटना सेप्टेम्बर २६, २०२६ मा भएको थियो । याट नर्फोक टापुबाट करिब २५० समुद्री माइल उत्तर र न्युजिल्यान्डबाट करिब ५०० समुद्री माइल टाढा रहेको अवस्थामा ह्वेलसँग ठोक्किएको थियो ।

‘ताइ ताम’ नामको याटमा अस्ट्रेलियाका दुई जना, न्युजिल्यान्डका एक जना र फ्रान्सका एक जना गरी चार जना थिए । याट चलाइरहेकी जेम्मा कुपरले अचानक ठूलो आवाजसहित याट एकातर्फ धकेलिएको बताएकी छन् । त्यसपछि चालक दलले नजिकै ६ देखि ८ वटा स्पर्म ह्वेल देखेका थिए । ठक्करका कारण याटको स्टेयरिङ प्रणाली बिग्रिनुका साथै अगाडिको भागमा क्षति पुगेपछि पानी भित्र पस्न थालेको थियो ।

ठक्करको करिब ३० मिनेटपछि चालक दलले आपत्कालीन सङ्केत पठाउँदै उद्धारका लागि जानकारी गराएको थियो । उनीहरूले केही घण्टासम्म याटमा पसेको पानी बाहिर निकाल्ने र क्षति रोक्ने प्रयास गरेका थिए । तर अवस्था नियन्त्रणबाहिर गएपछि राति याट छाडेर चारै जना जीवनरक्षक डुंगामा पुगेका थिए । पछि याट समुद्रमा डुबेको थियो ।

उद्धारका लागि न्युजिल्यान्डको वायुसेनाको गस्ती विमान परिचालन गरिएको थियो । विमानले जीवनरक्षक डुंगामा रहेका चार जनासँग रेडियो सम्पर्क स्थापित गर्दै उनीहरूको स्थान पत्ता लगाउन सहयोग गरेको थियो । त्यसपछि १४३ मिटर लामो मालवाहक पानीजहाज ‘एमभी सोफ्राना सर्भिल’ घटनास्थलतर्फ पठाइएको थियो ।

करिब १८ घण्टापछि, सेप्टेम्बर २७ को बिहान ६ बजे चारै जनालाई सकुशल उद्धार गरिएको थियो। उद्धार गरिएका चारै जना सुरक्षित रहेको न्युजिल्यान्डको उद्धार समन्वय केन्द्रले जनाएको छ । उद्धार अधिकारीहरूले चालक दलले आपत्कालीन सङ्केत समयमै पठाउनु र समुद्रमा आवश्यक तयारी गर्नु उनीहरूको ज्यान जोगाउन महत्वपूर्ण भएको बताएका छन् । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । उदयपुर र बाँकेमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उदयपुरको कटारी नगरपालिका–५ लालपुरका ३५ वर्षीय समिर मगरलाई १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडित पक्षबाट उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले मगरलाई पक्राउ गरेको हो ।

त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–३का ३८ वर्षीय मानबहादुर कामीलाई २० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा बिहीबार राति पक्राउ गरिएको छ । पीडित महिलाले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कामीलाई पक्राउ गरेको हो । दुवै घटनामा पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।