२०८३ श्रावण २०
२०८३ श्रावण २०

बज्जिकाञ्चल एफएम संमददाता, साउन २० गते

काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतका चार समितिको बैठक बस्दैछ । आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।

आज बिहान १० बजेदेखि बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने समितिले जानकारी दिएको छ ।

त्यस्तै आज बिहान १० बजेदेखि शुरु हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा छलफलको कार्यसुची रहेको छ ।

त्यसैगरी बिहान साढे ९ बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधानको विषयमा छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै आज दिउसो १ बजेदेखि शुरु हुने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा आन्तरिक छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,

राशिफल
बज्जिकाञ्चल एफएम संमददाता, साउन २० गते ।

आजको राशिफल बिस २०८३ साउन २० गते बुधबार ईस २०२६ अगस्ट ५ नेपाल सम्बत ११४६ दिल्लागा सप्तमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल सप्तमी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, शूल योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५२ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आज परिस्थितिलाई आफ्नो पक्षमा मोड्ने अवसर प्राप्त हुन सक्छ। बिहानदेखि नै कामप्रति उत्साह बढ्नेछ र रोकिएका योजना अघि बढ्ने संकेत देखिएको छ। कार्यक्षेत्रमा तपाईंको सक्रियता, आत्मविश्वास र निर्णय क्षमताले राम्रो उपलब्धि दिलाउनेछ। वरिष्ठ व्यक्तिको विश्वास जित्नुका साथै नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ। व्यापार–व्यवसायमा लाभदायक सम्झौता हुने सम्भावना छ। आर्थिक रूपमा आम्दानी बढ्नेछ र बचत गर्ने अवसर पनि प्राप्त हुनेछ। परिवारमा खुसी, सद्भाव र आत्मीयता कायम रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। पर्याप्त विश्राम र सन्तुलित भोजनले दिनभर स्फूर्ति कायम राख्नेछ।

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज सोचेर चालिएका प्रत्येक कदमले सकारात्मक परिणाम दिने संकेत देखिन्छ। कार्यक्षेत्रमा धैर्य र जिम्मेवारीका कारण प्रशंसा प्राप्त हुनेछ। सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सहज रूपमा सम्पन्न हुनेछ। व्यापार–व्यवसायमा नियमित आम्दानी कायम रहनेछ र नयाँ अवसरको खोजी सफल हुन सक्छ। आर्थिक अवस्था बलियो बन्दै जानेछ। परिवारका सदस्यसँग आत्मीय संवाद हुनेछ। सामाजिक कार्यक्रममा सहभागी हुने अवसर पनि मिल्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्ति र आत्मसन्तुष्टि महसुस हुनेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज नयाँ विचार र सिर्जनशील योजनाले तपाईंलाई अरूभन्दा अलग चिनाउनेछ। अध्ययन, लेखन, सञ्चार, शिक्षण तथा सिर्जनात्मक क्षेत्रमा विशेष उपलब्धि हासिल गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्नेछ। आर्थिक रूपमा अतिरिक्त लाभ प्राप्त हुने सम्भावना देखिन्छ। साथीभाइ तथा सहकर्मीको साथले कठिन काम पनि सहज बन्नेछ। परिवारसँग रमाइलो समय बित्नेछ। स्वास्थ्य राम्रो रहनेछ। आत्मविश्वास र सकारात्मक ऊर्जा दिनभर कायम रहनेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज घरपरिवारसँग सम्बन्धित विषयले विशेष खुसी प्रदान गर्नेछ। परिवारका सदस्यबीचको सम्बन्ध अझ बलियो बन्नेछ। घरमा शुभ कार्यको योजना बन्न सक्छ। कार्यक्षेत्रमा तपाईंको इमानदारी र लगनशीलताको प्रशंसा हुनेछ। रोकिएका काम सम्पन्न हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सन्तोषजनक सुधार आउने संकेत देखिएको छ। घर वा सम्पत्तिसँग सम्बन्धित निर्णय अनुकूल बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्त र सन्तुलित महसुस गर्नुहुनेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्ने उपयुक्त समय रहेको छ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र वरिष्ठ व्यक्तिको विश्वास अझ मजबुत बन्नेछ। व्यापार–व्यवसायमा विस्तारको योजना सफल हुन सक्छ। आर्थिक रूपमा लाभदायक दिन रहनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्ने सम्भावना छ। परिवारको साथ र सहयोगले मनोबल उच्च रहनेछ। प्रियजनसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। शरीरमा स्फूर्ति र ऊर्जा कायम रहनेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज ज्ञान, सीप र अनुभव बढाउने अवसर प्राप्त हुनेछ। अध्ययन, अनुसन्धान, तालिम वा बौद्धिक कार्यमा राम्रो प्रगति हुनेछ। कार्यक्षेत्रमा अनुशासन र मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक रूपमा स्थिरता कायम रहनेछ। खर्चमा नियन्त्रण गर्न सके बचत बढ्नेछ। परिवारमा सहयोग र समझदारीको वातावरण रहनेछ। छोटो दूरीको यात्रा लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। नियमित व्यायामले शरीरलाई थप सक्रिय बनाउनेछ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक उन्नतिको संकेत देखिएको छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा नयाँ आम्दानीको स्रोत खुल्न सक्छ। व्यापार–व्यवसायमा राम्रो लाभ हुनेछ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। नयाँ योजना सफल हुने सम्भावना बलियो छ। परिवारसँग खुसीका क्षण बिताउने अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध विस्तार हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा आत्मविश्वास र सकारात्मक सोच बढ्नेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज निरन्तर प्रयासको प्रतिफल प्राप्त हुने समय आएको छ। कार्यक्षेत्रमा तपाईंको अनुभव, लगनशीलता र कार्यशैलीको प्रशंसा हुनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता हात लाग्ने सम्भावना छ। व्यापार–व्यवसायमा राम्रो आम्दानी हुनेछ। आर्थिक अवस्था क्रमशः मजबुत बन्दै जानेछ। परिवारमा प्रेम, विश्वास र आत्मीयता बढ्नेछ। प्रियजनसँग भविष्यका योजना साझा गर्ने अवसर मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा उत्साह र आत्मबल कायम रहनेछ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज नयाँ अवसरले तपाईंको भविष्यलाई थप उज्यालो बनाउने संकेत देखिएको छ। अध्ययन, व्यापार, वैदेशिक क्षेत्र वा यात्रासँग सम्बन्धित काममा सकारात्मक परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक रूपमा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यसँगको सम्बन्ध थप आत्मीय बन्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। नयाँ योजना सुरु गर्न र दीर्घकालीन लक्ष्य तय गर्न दिन शुभ रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। मन प्रसन्न र ऊर्जावान रहनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारीलाई अवसरका रूपमा लिन सक्नुभयो भने उल्लेखनीय उपलब्धि हासिल हुनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र मार्गदर्शन प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्न सके राम्रो बचत गर्न सकिनेछ। दीर्घकालीन योजना सफल हुने आधार तयार हुनेछ। परिवारका सदस्यहरूको सुझाव उपयोगी सावित हुनेछ। घरमा शान्त र सौहार्दपूर्ण वातावरण रहनेछ। स्वास्थ्यमा सामान्य थकान देखिन सक्छ, त्यसैले पर्याप्त आराम गर्नु आवश्यक हुनेछ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज परिवर्तनलाई आत्मसात् गर्ने क्षमता नै तपाईंको सबैभन्दा ठूलो बल बन्नेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र रोकिएका काम पूरा हुनेछन्। सिर्जनशील सोचका कारण राम्रो उपलब्धि हासिल गर्न सक्नुहुनेछ। व्यापार–व्यवसायमा नयाँ सहकार्यको सम्भावना छ। आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। परिवारमा मेलमिलाप र विश्वास बढ्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ। दिनभर सकारात्मक ऊर्जा र उत्साह कायम रहनेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, अनुभव र विवेकले हरेक चुनौती पार गर्न सहयोग गर्नेछ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ। नयाँ अवसरले भविष्यका लागि राम्रो आधार तयार गर्न सक्छ। आर्थिक रूपमा सन्तुलित दिन रहनेछ। आवश्यक खर्चसँगै बचत गर्ने अवसर पनि मिल्नेछ। परिवारको साथ र सहयोगले आत्मविश्वास बढाउनेछ। साँझतिर खुसीको समाचार प्राप्त हुन सक्ने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्ति, सन्तुलन र आशावादी सोच दिनभर कायम रहनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।