२०८३ भाद्र ६
२०८३ भाद्र ६

बज्जिकाञ्चल संवाददाता,०४ गते भदौ ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुन तोलाको ९ हजार ३ सयले बढेर तोलाको ३ लाख १३ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ४ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २६० रुपैयाँले बढेर तोलाको ४८५५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४५९५ मा कारोबार भएको थियो । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से १२.९६ अंकले बढेर  २६८५.५४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३७ कम्पनिका ८८ लाख ५१ हजार २१६ कित्ता शेयर ३ अर्ब ७५ करोड ९७ लाख २२  हजार ३४० मा कारोबार भएको थियो । आज निर्जीव बीमा र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको लक्ष्मी भ्यालु फण्ड २ को शेयर ८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बोटलर्स नेपालको शेयर ५.३३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको १७ करोड २६ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमइ बैंकको १५ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३६० कम्पनिका एक करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर ६ अर्ब ८ करोड ८ लाख ६३ हजार ३५४ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने गरिमा समृद्धि योजनाको शेयर ४.७८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आत्म निर्भर लघुवित्तको शेयर १३.३८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ३३ करोड ८६ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमईको २८ करोड १३ लाख बराबरको कारोबार भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार तथा ओसारपसारसम्बन्धी व्यवस्था परिमार्जन गर्दै नेपालमा २०० र ५०० दरका भारतीय रुपैयाँ (भारु) नोट प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ का व्यवस्थाअनुसार यसअघि जारी गरिएका व्यवस्थामा परिमार्जन गर्दै सन् २०१६ नोभेम्बर ९ भन्दा यता प्रचलनमा आएका प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्मका प्रचलनमा रहेका २०० र ५०० दरका नोट नेपालमा ल्याउन, लैजान तथा सटही गर्न सकिने व्यवस्था गरेको हो ।

साथै सन् २०१६ नोभेम्बर ९ भन्दा अघि प्रचलनमा रहेका भारतीय पाँच सय र एक हजार दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था यथावत रहेको जनाएको छ।

त्यस्तै राष्ट्र बैंकका अनुसार नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर पाँच हजारसम्म (भारतीय रुपैयाँ वा अन्य विदेशी मुद्राको हकमा पनि सोही बराबर) नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपालमा भित्र्याउन सक्नेछन्। तर, अमेरिकी डलर पाँच हजारभन्दा बढी नगद विदेशी मुद्रा ल्याउँदा भने अनिवार्य रूपमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था रहेको छ ।

यस्तै, नेपाली नागरिकले भारतबाहेक अन्य कुनै मुलुकमा भारतीय रुपैयाँ लैजान वा त्यहाँबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था पनि कायम रहेको राष्ट्र बैंकले पुनः जानकारी गराएको छ ।

नयाँ व्यवस्थाले विदेशी मुद्रा कारोबारसम्बन्धी अन्योल हट्नुका साथै नेपाल आउने भारतीय पर्यटकलाई सहजता पुग्ने र विदेशी विनिमय नियमन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा समेत यसले सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा लिएको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज बुधबार नेप्से १४ अंकले बढेर २५९०.२९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३६२ कम्पनिका ८४ लाख ७३ हजार १६ कित्ता शेयर ४ अर्ब १७ करोड ३ लाख ९८ हजार ४९ मा कारोबार भएको थियो । आज लगानी बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी एनएमबी डिभेन्चर ८९/९० को शेयर ९.२० प्रतिशतले बढेको छ भने नारायणी विकास बैंकको शेयर ८.४० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकार लघुवित्तको शेयर ७.३२ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी हिमालयन बैंक डिभेन्चर ८३ को ४४ करोड १० लाख बराबरको कारोबार भएको छ भने आरबिबिएल डिभेन्चर २०८८ को ३३ करोड २० लाख बराबरको कारोबार भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेपाल आयल निगमले बुधबारदेखि देशभर पुनः १४.२ किलोग्राम तौलको खाना पकाउने ग्यास सिलिन्डर बिक्री वितरण सुरु गरेको जनाएको छ।

निगमका अनुसार भारतका विभिन्न ग्यास भर्ने केन्द्र र प्रशोधन केन्द्रबाट ग्यास आपूर्तिमा सुधार आएपछि तथा उपभोक्ताबाट १४.२ किलोग्रामको सिलिन्डरको माग बढेकाले बुधबारदेखि साविककै तौलको ग्यास बिक्री गर्ने व्यवस्था गरिएको हो । यस सिलिन्डरको मूल्य दुई हजार ६० रुपैयाँ कायम गरिएको  निगमले जनाएको छ ।

यसअघि आपूर्ति व्यवस्थापन सहज बनाउन निगमले गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ किलोग्राम ग्यास भरेर बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको थियो । निगमले केही समयसम्म बजारमा ७.१ किलोग्राम र १४.२ किलोग्राम दुवै प्रकारका सिलिन्डर उपलब्ध हुन सक्ने जनाएको छ । त्यसैले उपभोक्तालाई ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्रै खरिद गर्न आग्रह गरिएको छ ।

निगमका अनुसार हाल भारतबाट नियमित रूपमा खाना पकाउने ग्यास आयात भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि उपभोक्तासँग अनुरोध गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको कुल वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ७७.८ प्रतिशतले बढेको थियो ।

गन्तव्यका आधारमा भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ९.२ प्रतिशतले वृद्धि भएको छ। भने चीनतर्फको निर्यातमा ३५.८ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, अलैंची, च्याउचाउ, ब्रान्डलगायतका वस्तुको निर्यात बढेको छ। तर जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलाका सामग्रीलगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात १५.२ प्रतिशतले वृद्धि भई १८ खर्ब ९४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा वस्तु आयात १३.१ प्रतिशतले बढेको थियो ।

मुलुकगत आधारमा भारतबाट हुने आयात ११.८ प्रतिशत, चीनबाट हुने आयात २१.५ प्रतिशत र अन्य मुलुकबाट हुने आयात १८.९ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, चाँदी, यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, रासायनिक मल, भटमासको कच्चा तेललगायतका वस्तुको आयात बढेको छ । त्यस्तै खाने तेल, हट रोल्ड सिट इन क्वायल, लसुन, एमएस तार, छड, बार, क्वायल, एमएस बिलेटलगायतका वस्तुको आयात घटेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु व्यापार घाटा १५.७ प्रतिशतले वृद्धि भई १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १४.७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १५.१ प्रतिशत रहेको थियो ।

११ महिनामा भारतबाट परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गरी १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ बराबर रहेको थियो ।

बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको हिस्सा क्रमशः ६९.३ प्रतिशत, ३० प्रतिशत र ०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी वस्तुको हिस्सा क्रमशः ६७.३ प्रतिशत, ३१.७ प्रतिशत र १ प्रतिशत रहेको थियो ।

त्यस्तै, कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको हिस्सा क्रमशः ३८.८ प्रतिशत, ५१.८ प्रतिशत र ९.४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी अनुपात क्रमशः ३९.४ प्रतिशत, ५१.६ प्रतिशत र ९ प्रतिशत रहेका थिए । वार्षिक बिन्दुगत आधारमा २०८३ जेठ महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक ४.२ प्रतिशतले वृद्धि भएको छ भने आयात मूल्य सूचकांक २१ प्रतिशतले बढेको छ ।

त्यस्तै, २०८३ जेठ महिनामा नेपालको व्यापारको सर्त (टर्म्स अफ ट्रेड) १३.९ प्रतिशतले घटेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजदेखि लागु हुने गरि पेट्रोल, डिजेल मट्टितेल र एलपी ग्याँस तथा हवाई इन्धनको मुल्य घटाएको हो ।

 

निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजल-मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले घटाएको छ भने  आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धन काठमाडौँको लागि प्रति किलो लिटर २६५ डलरले घटाएको जानकारी दिएको छ । त्यस्तै खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर १०० रुपैयाँले घटाएको निगमले जनाएको छ ।

यसपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १९७, डिजल- मट्टीतेल प्रतिलिटर १९५  पर्ने भएको छ । त्यस्तै एलपी ग्याँसको मुल्य आधा सिलिन्डरको १०३० र पुरा सिलिन्डरको २०६० पर्ने निगमले जानकारी दिएको छ । भरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४६ कम्पनिका एक करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर ५ अर्ब २६  करोड ५२ लाख ७५ हजार २९९ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको शेयर १३.६७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी नबिल डिभेन्चरको शेयर ४.५९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४६ करोड ७६ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २६ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोडको ल्याएका छन् ।

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले  २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका हुन् ।

बजेटमा चालुतर्फ १२ खर्ब ७० अर्ब रहने र भने पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहेको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले उल्लेख गरेका छन् ।

त्यस्तै राजस्व १४ खर्ब ५ अर्बको रहने र अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने बजेटमा उल्लेख छ, जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब रहेको छ ।

बजेट भाषणको पूर्ण पाठ:

प्रतिनिधिसभाका सम्माननीय सभामुख महोदय

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय,

सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय,

शुरुमा म आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बसाल्न खोजिएको थिति र सर्वाङ्गीण विकासको जगसँग सम्बन्धित केही उल्लेख्य सुधारहरुको घोषणा गर्दछु। 

सम्माननीय सभामुख महोदयसम्माननीय अध्यक्ष महोदय,

सम्माननीय सभामुख महोदयसम्माननीय अध्यक्ष महोदय,

अब म क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु।

सडक तथा सहरी पूर्वधार विकासका लागि रू. 286 अर्ब 48 करोड विनियोजन गरेको छु।

सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय,

खानेपानी तथा सरसफाईतर्फ रू.37 अर्ब 17 करोड विनियोजन गरेको छु।

ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि रू. 85 अर्ब 54 करोड विनियोजन गरेको छु।

सूचना तथा सञ्‍चार क्षेत्रका लागि रू. 5 अर्ब 93 करोड विनियोजन गरेको छु।

Anchor

सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय,

खेलकुद क्षेत्रको लागि रू. 4 अर्ब 3 करोड विनियोजन गरेको छु।

शिक्षा क्षेत्रका लागि रू. 218 अर्ब 30 करोड विनियोजन गरेको छु।

सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय,

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तर्फ रू. 2 अर्ब 27 करोड विनियोजन गरेको छु।

कृषि तथा पशुपन्छी विकासका लागि रू.46 अर्ब 92 करोड विनियोजन गरेको छु।

वन, वातावरण तथा जलवायु क्षेत्रको लागि रू.12 अर्ब 31 करोड विनियोजन गरेको छु।

संस्कृति तथा पर्यटन क्षेत्रका लागि रू. 7 अर्ब 34 करोड र नागरिक उड्ययन क्षेत्रका लागि रू.2 अर्ब 93 करोड विनियोजन गरेको छु।

श्रम तथा रोजगार क्षेत्रमा रू. 3 अर्ब 63 करोड विनियोजन गरेको छु।

उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि रू.8 अर्ब 31 करोड विनियोजन गरेको छु।

विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि रु. 4 अर्ब र नेपाल इन्टरप्राइज फसिलिटीका लागि रू. 50 करोड विनियोजन गरेको छु।

सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय,

सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय,

अब म माथि उल्लिखित क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयनका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु।

अब नेपालको संविधानको धारा ६० अनुसार वित्तीय हस्तान्तरण सम्बन्धी विवरण पेश गर्दछु:

सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय

अब म आर्थिक वर्ष २०८३/८४ को राजस्व नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु।

सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय,

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।