२०८३ श्रावण २०
२०८३ श्रावण २०

युक्रेनको राजधानी किभमा रुसको क्षेप्यास्त्र आक्रमण: १४ जनाको मृत्यु, २२ घाइते

काठमाडौँ । रुसले युक्रेनमाथि ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत भीषण आक्रमण गर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । यस वर्ष राजधानी किभमा भएका सबैभन्दा घातक आक्रमणमध्ये यो एक भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

आक्रमण सुरु भएपछि एक घण्टाभन्दा बढी समयसम्म किभ र आसपासका क्षेत्रमा हवाई आक्रमणको चेतावनी साइरन बजाइएको थियो । युक्रेनको किभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले रुसले फेरि एकपटक किभ क्षेत्रमा व्यापक आक्रमण गरेको बताएका छन्। उनका अनुसार बोरिस्पिल जिल्लामा नौ, बुचा जिल्लामा चार र फास्टिभ जिल्लामा एक जनाको मृत्यु भएको छ ।

किभ सैन्य प्रशासनका अनुसार आक्रमणबाट आवासीय भवन र गोदाममा क्षति पुगेको छ। रुसको निरन्तर ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको सामना गर्न युक्रेनले आफ्ना सहयोगी राष्ट्रहरूसँग अमेरिकी ‘प्याट्रियट’ वायु रक्षा प्रणालीका थप क्षेप्यास्त्र अवरोधक उपलब्ध गराउन आग्रह गरेको छ।

यता रुसको रक्षा मन्त्रालयले भने किभ र आसपासका क्षेत्रमा रहेका हतियार भण्डारण, सैन्य सामग्री आपूर्ति केन्द्र तथा मानवरहित हवाई उपकरण उत्पादन र वितरण केन्द्रलाई लक्षित गरेर आक्रमण गरिएको जनाएको छ। साथै कालो सागरस्थित ओडेसा बन्दरगाह नजिक हतियार र सैन्य सामग्री बोकेका तीन मालवाहक जहाजलाई पनि निशाना बनाइएको दाबी गरेको छ।एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।