२०८३ श्रावण २०
२०८३ श्रावण २०

आज अन्तर्राष्ट्रिय ट्राफिक बत्ती दिवस

बज्जिकाञ्चल एफएम संमददाता, साउन २० गते

काठमाडौँ । हरेक वर्ष अगस्ट ५ का दिन अन्तर्राष्ट्रिय ट्राफिक बत्ती दिवस मनाइन्छ । सन् १९१४ अगस्ट ५ मा अमेरिकाको ओहायो राज्यस्थित क्लिभल्यान्ड सहरको युक्लिड एभेन्यु र पूर्व १०५औँ सडकको चोकमा विश्वकै पहिलो विद्युतीय ट्राफिक बत्ती जडान गरिएको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

विश्वको पहिलो विद्युतीय ट्राफिक बत्तीको डिजाइन जेम्स होजले गरेका थिए । प्रारम्भिक अवधारणाको विकासमा लेस्टर वायरको पनि योगदान रहेको मानिन्छ । उक्त प्रणालीमा रातो र हरियो बत्ती प्रयोग गरी सवारीसाधन र पैदल यात्रुको आवागमन व्यवस्थापन गरिन्थ्यो ।

यस दिवसको मुख्य उद्देश्य ट्राफिक बत्तीले सडक दुर्घटना न्यूनीकरण, सवारी चाप व्यवस्थापन तथा चालक, पैदलयात्री र साइकलयात्रीको सुरक्षामा पुर्‍याएको महत्त्वपूर्ण योगदानप्रति जनचेतना फैलाउनु हो ।

ट्राफिक बत्तीको विकासक्रम सन् १८६८ मा बेलायतको लन्डनमा ग्यासबाट चल्ने हातैले सञ्चालन गरिने संकेत प्रणालीबाट सुरु भएको मानिन्छ । त्यसयता प्रविधिमा निरन्तर सुधार हुँदै आज कृत्रिम बुद्धिमत्ता र स्वचालित प्रणालीमा आधारित आधुनिक ट्राफिक व्यवस्थापन प्रणालीसम्म यसको विकास भएको छ ।

विश्वभर सडक सुरक्षा प्रविधिमा भएका निरन्तर सुधार र सुरक्षित यातायात व्यवस्थाको महत्त्वलाई स्मरण गर्दै अन्तर्राष्ट्रिय ट्राफिक बत्ती दिवस विभिन्न कार्यक्रमका साथ मनाइने गरिन्छ । एभरेष्ट न्यूज एजेन्सी,

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।