२०८३ बैशाख १९
२०८३ बैशाख १९

बारा र चितवनको मतगणनास्थलमा तारजाली लगाईयो

 

काठमाडौं, ११ बैशाख । चितवन–२ र बारा–२ को मतगणना तारजाली भित्र गरिने भएको छ ।

 

 

मतदानको क्रममा बिबाद देखा परेका बारा–२ र चितवन–२ काे मतगणनास्थलमा तारजाली भित्र गर्न लागिएको हो ।

 

 

आन्तरिक सुरक्षाका कारण देखाउँदै दुवै निर्वाचन कार्यालयले दुवै क्षेत्रको मतगणनास्थलमा तारजाली लगाएको छ । बाराकाे मतगणनास्थलमा बाँसले घेरेर तारजाली लगाइएकाे छ भने  चितवनमा फलामे घेराबन्दी गरिएकाे छ ।

 

बारा–२ मा जनता समाजवादी पार्टी नेपालले धाँदली गर्न खोजेको आरोप जनमत पार्टीले लगाएको थियो भने चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उलङघन गरेको भन्दै नेपाली कांग्रेसले हिजो बस्ने भनिएको सर्वदलिय बैठक अस्विकार गरेको थियो ।

 

दुवै निर्वाचन क्षेत्रमा देखा परेको असामान्य स्थिति पछि मत गणनालाई सहज र व्यवस्थित बनाउन तारजाली लगाउनु परेको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।