२०८३ श्रावण ५
२०८३ श्रावण ५

देउवाले भने- स्वदेश फर्किदै छु, सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले स्वदेश फर्कन लागेको जानकारी गराएका छन् ।

हाल हङकङमा रहेका देउवाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफू स्वदेश फर्कन लागेको जानकारी गराएका हुन् ।

देउवाले विज्ञप्तिमा सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउदै स्वतन्त्र न्यायपालिका, संबैधानिक संस्थाहरु तथा लोकतान्त्रिक प्रणालीमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थालेको उल्लेख गरेका छन् ।

साथै उनले भनेका छन्- ‘प्रतिशोध होइन, सहकार्य चाहिएको छ । त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ ।’

गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा दम्पति गत चैत्रमा हङकङ पुगेका थिए  । विज्ञप्तिमा देउवाले स्वदेश फर्किने मिति भने उल्लेख गरेका छैनन् ।एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।