काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको सिरिज आजदेखि शुरु हुदैछ ।
सिरिजको पहिलो खेलमा आज नेपाल र नामिविया खेल्ने तालिका छन् । यो खेल नेपाली समय अनुसार २: ४५ बजेदेखि शुरु हुदैछ ।
नेपाल र नामिबियाबीच अहिलेसम्म ८ एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ५ खेल जितेको छ भने २ खेल नेपालले जितेको छ । त्यस्तै एक खेल नतिजा बिहिन सकिएको छ ।
पछिल्लो पटक दुवै देशबीच २०२४ फेब्रुअरीमा खेल भएको थियो र सो खेल नामिबियाले २ विकेटले जितेको थियो ।
यस सिरिज खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टिम नेदरल्याण्डस पठाएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, इशान पाण्डे, आरिफ सेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजबंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।
लिग-२ यो सिरिज आजदेखि ३१ जुलाईसम्म हुने छ । यस सिरिज अन्तर्गत आज नेपाल र नामिबिया खेल्दैछन् भने जुलाई २३ मा नेपाल र नेदरल्याण्डस खेल्दैछन् । त्यस्तै जुलाई २५ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने छ भने जुलाई २७ मा नेपाल र नामिबिया, जुलाई २९ मा नेपाल र नेदरल्याण्डस र जुलाई ३१ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने तालिका छन् ।
लिग-२ को अहिलेसम्मको अंक तालिकामा नेदरल्याण्डस २८ खेलमा ३२ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल २८ खेलमा २४ अंकसहित पाँचौं स्थानमा छ । त्यस्तै नामिबिया २८ खेलमा २२ अंकसहित सातौं स्थानमा रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी व्यारेको ४७ नम्बर ढोकाबाट हाम फालेका व्यक्तिकोसकुशल उद्धार गरिएको छ ।
सोही नगरपालिका–५ बस्ने अन्दाजी २८ वर्षिय जयप्रकाश साह नदीमा सोमबार दिउँसो करिब २ बजे हाम फालेका थिए ।
सो घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश भारदहबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई उक्त व्यारेजदेखि करीव ९० मिटर तलबाट मोटर बोटको सहयाताले सकुशल उद्धार गरेको छ । उद्धार गरिएका साहको अवस्था भने सामान्य रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका–५ स्थित क्युडीको कुवाडी-क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन् ।
धुलाचौरबाट दुधिला खोला तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप हिमाली गाउँपालिका–२ नातीखोलाका करिब २५ वर्षीय जनवीर बुढाले चलाएका थिए ।
दुर्घटनामा हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ का करिब ४० वर्षीय अम्मर सिंह बुढाको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते चालक जनवीर बुढासहित मिजरा बुढा, अस्मिता थापा, जंग सिंह बुढा, गोरख रोकाया, लोकेन्द्र बुढा र नौ वर्षीया सुस्मा बुढाको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार अधिकांश घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तहरविरुद्ध आएका उजुरी वितरण गर्ने कार्यसूची रहेको समितिले जनाएको छ ।
समितिले यसअघि असार २५ गते प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त डा. राजीव सुब्बा साथै गुरु वाग्लेविरुद्ध उजुरी १० दिनको समय दिएर उजुरी आव्हान गरेको थियो ।
असार १९ गते बसेको संबैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो भने आयुक्तमा डा. राजीव सुब्बा र गुरु वाग्लेलाई सिफारिस गरेको थियो । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जानकारी दिएको छ ।
हाल देशको पहाडी र हिमाली भूभागमा साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ । कर्णाली प्रदेशका केहि स्थानमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, मधेश प्रदेश तथा कर्णाली पहाडी भू-भागका र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ साउन ५ गते मंगलबार ईस २०२६ जुलाई २१ नेपाल सम्बत ११४६ दिल्लाथ्व अष्टमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल अष्टमी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सिद्ध योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २१ मिनेटमा र सूर्यास्त साँझ ७ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन उत्साह, ऊर्जा र आत्मविश्वासले भरिएको रहनेछ। बिहानदेखि नै महत्त्वपूर्ण काममा सकारात्मक प्रगति हुने संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको लगनशीलता, निर्णय क्षमता र नेतृत्व शैलीको प्रशंसा हुनेछ। लामो समयदेखि रोकिएका योजना कार्यान्वयन गर्ने अवसर प्राप्त हुन सक्छ। व्यापार–व्यवसायमा नयाँ सम्भावना देखिनेछ र आर्थिक रूपमा आम्दानी सन्तोषजनक रहनेछ। नयाँ लगानी वा व्यवसाय विस्तारको योजना बनाउन सकिने समय छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप आत्मीय बन्नेछ। घरमा खुसीको वातावरण रहनेछ र प्रियजनसँग रमाइलो समय बित्नेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ, तर पर्याप्त आराम र नियमित खानपानमा ध्यान दिनु लाभदायक हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
आज धैर्य, विवेक र संयमले तपाईंलाई सफलता दिलाउनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास प्राप्त हुनेछ भने सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम समयमै सम्पन्न हुनेछ। व्यापार–व्यवसायमा नियमित लाभ मिल्नेछ र नयाँ ग्राहक वा साझेदारसँग सम्बन्ध विस्तार हुन सक्छ। आर्थिक पक्ष सन्तुलित रहनेछ। बचत गर्ने योजना सफल बन्ने संकेत देखिन्छ। परिवारका सदस्यहरूसँग खुसीका क्षण बिताउने अवसर प्राप्त हुनेछ। आफन्तसँगको भेटघाटले मन प्रफुल्लित बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि सन्तुष्टि महसुस हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज सिर्जनशील सोच, प्रभावकारी अभिव्यक्ति र आत्मविश्वासका कारण नयाँ अवसर प्राप्त हुन सक्छ। अध्ययन, लेखन, सञ्चार, शिक्षण तथा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन अत्यन्त फलदायी रहनेछ। कार्यक्षेत्रमा तपाईंको विचारको कदर हुनेछ। सहकर्मी तथा साथीभाइको सहयोगले जटिल काम सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना छ। परिवारसँग रमाइलो समय बित्नेछ। नयाँ सम्बन्धले भविष्यमा लाभदायक अवसर सिर्जना गर्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र शरीरमा स्फूर्ति कायम रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज परिवारको साथ, सहयोग र विश्वासले तपाईंको आत्मबल बढाउनेछ। घरमा सुखद वातावरण रहनेछ र कुनै शुभ समाचारले मन प्रसन्न बनाउन सक्छ। कार्यक्षेत्रमा तपाईंको इमानदारी र मेहनतको उचित मूल्यांकन हुनेछ। रोकिएका काम सम्पन्न हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सुधार आउने संकेत देखिन्छ। भविष्यका योजना बनाउन वा नयाँ काम सुरु गर्न दिन अनुकूल रहनेछ। प्रियजनसँगको आत्मीय संवादले सम्बन्ध अझ प्रगाढ बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक शान्ति कायम रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज आत्मविश्वास, साहस र नेतृत्व क्षमताले तपाईंलाई विशेष सफलता दिलाउनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। व्यापार–व्यवसायमा राम्रो लाभ हुने सम्भावना छ। आर्थिक रूपमा प्रगतिको संकेत देखिन्छ। सामाजिक क्षेत्रमा मान–सम्मान र प्रतिष्ठा बढ्नेछ। परिवारको साथ र प्रोत्साहनले मनोबल थप उच्च रहनेछ। साथीभाइसँगको भेटघाटले नयाँ योजना बनाउन प्रेरणा दिनेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर उत्साह कायम रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ ज्ञान हासिल गर्ने कार्यमा सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा अनुशासन, धैर्य र निरन्तर प्रयासले उत्कृष्ट परिणाम दिलाउनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ, तर खर्च गर्दा आवश्यकताअनुसार मात्र खर्च गर्नु राम्रो हुनेछ। परिवारमा सुखद वातावरण कायम रहनेछ। छोटो दूरीको यात्रा लाभदायक बन्न सक्छ। नयाँ सीप र अनुभवले भविष्यमा राम्रो अवसर सिर्जना गर्नेछ। स्वास्थ्य राम्रो रहनेछ र नियमित दिनचर्याले शरीरमा ऊर्जा कायम राख्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना बलियो छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा आम्दानीको नयाँ स्रोत फेला पर्न सक्छ। व्यापार–व्यवसायमा लाभ बढ्नेछ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। परिवारसँग खुसीका क्षण बिताउने अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध स्थापित हुनेछ, जसले भविष्यमा लाभ पुर्याउन सक्छ। आत्मविश्वास बढ्ने भएकाले महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि सन्तुलित महसुस हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज मेहनत, धैर्य र अनुभवले उल्लेखनीय सफलता दिलाउने दिन रहनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ र नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ। आर्थिक रूपमा लाभका संकेत देखिए पनि दीर्घकालीन निर्णय गर्दा पर्याप्त सोचविचार गर्नु आवश्यक हुनेछ। परिवारमा खुसी, विश्वास र आत्मीयताको वातावरण कायम रहनेछ। सम्बन्ध थप बलियो बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह तथा आत्मविश्वास बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज सकारात्मक सोच र उत्साहले तपाईंलाई नयाँ उपलब्धितर्फ डोर्याउनेछ। व्यापार, अध्ययन, यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा शुभ संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप आत्मीय बन्नेछ। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्नेछ। नयाँ योजना सुरु गर्न र भविष्यका लक्ष्य निर्धारण गर्न दिन अत्यन्त अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र मन प्रसन्न रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र विश्वास प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ र बचत गर्ने योजनाले राम्रो परिणाम दिनेछ। परिवारका सदस्यहरूको सुझावले महत्त्वपूर्ण निर्णय लिन सहयोग पुर्याउनेछ। घरमा शान्त र सुखद वातावरण रहनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त विश्राम गर्नु आवश्यक हुनेछ। दिनको अन्त्यमा प्राप्त उपलब्धिले आत्मसन्तुष्टि बढाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज सिर्जनशील सोच, नवीन योजना र सकारात्मक दृष्टिकोणले तपाईंलाई नयाँ सफलतातर्फ अघि बढाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम सम्पन्न हुनेछन् र नयाँ अवसर प्राप्त हुनेछ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सहज रूपमा पूरा हुनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना बलियो छ। परिवारमा खुसी, मेलमिलाप र समझदारी कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र नयाँ परिचय भविष्यका लागि लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि स्फूर्ति तथा उत्साह कायम रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –
आज धैर्य, संयम र सकारात्मक सोचले दिनलाई उपलब्धिमूलक बनाउनेछ। केही काममा ढिलाइ भए पनि अन्ततः परिणाम तपाईंको पक्षमा आउने सम्भावना बलियो छ। कार्यक्षेत्रमा आफ्नो अनुभव र सीपको प्रभावकारी उपयोग गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने अवसर पनि प्राप्त हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति तथा आत्मबल बढाउनेछ। पुराना अधुरा काम पूरा हुने सम्भावना बलियो छ। साँझतिर प्राप्त हुने कुनै शुभ समाचारले मनमा नयाँ आशा, उत्साह र भविष्यप्रतिको विश्वास अझ बलियो बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर सकारात्मक ऊर्जा कायम रहनेछ ।एभरेष्ट न्यूज एजेन्सी