२०८३ बैशाख ६
२०८३ बैशाख ६

आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुमाथि दिल्ली ६ विकेटले विजयी

काठमाडौँ । दिल्ली क्यापिटल्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गरेको छ ।

बैंगलुरुले दिएको १७६ रनको लक्ष्य पछाएको दिल्लीले १९.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दिल्लीका लागि ट्रीसटान स्टब्सले अविजित ६० रन बनाएका थिए भने केएल राहुलले ५७ रनको योगदान दिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

बैंगलुरुका लागिफिल साल्टले ६३, टिम डेविडले २६ रन बनाएका थिए । त्यस्तै दिल्लीका बलर लुंगी एन्गीडी, कुलदीप यादव र अक्सर पटेलले २-२ विकेट लिएका थिए ।

यो जितपछि दिल्लीको ५ खेलमा ६ अंक भएको छ भने बैंगलुरुको ६ खेलमा ८ अंक रहको छ । एभरेष्ट न्यूज एजेन्सी,

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।