२०८३ बैशाख ४
२०८३ बैशाख ४

त्रिभुवन आर्मी क्लबले जित्यो पीएम कपको उपाधि

काठमाडौँ । पीएम कपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य पछाएको आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

आर्मीको जितमा इमरान शेखले अविजित ४६ रन बनाए भने बसिर अहमदले ४५ र तृत राज दासले ३१ रन बनाएका थिए । त्य्सतु सुदूरपश्चिमका बलर हेमन्त धामीले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल आउट हुदै १६१ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि अशोक धामीले ४३ रन बनाए भने किरण ठगुन्नाले ३५ र नारायण जोशीले २९ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर आकाश चन्द र शहाब आलमले ३-३ विकेट लिएका थिए भने बसिर अहमदले २ तथा कुशल मल्लले एक विकेट लिएका थिए ।

योसँगै आर्मीले तेस्रो पटक पीएम कपको उपाधि जितेको छ । उपाधि जिते वापत आर्मीले १० लाख नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको सुदूरपश्चिमले ५ लाख पुरस्कार पाएको छ ।

पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने एपीएफ क्लबले २ पटक जितेको छ ।  एभरेष्ट न्यूज एजेन्सी,

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।