काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२ चैत मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जाको आकार उल्लेख्य रूपमा बढेको छ ।
चैत्र मसान्तसम्मको तथ्यांकअनुसार कुल निक्षेप जीडीपी अनुपात १२९. ६५ प्रतिशत पुगेको छ भने कुल कर्जा जीडीपी अनुपात ९६.७३ प्रतिशत कायम भएको छ । कुल निक्षेपको तुलनामा कुल कर्जा अनुपात ७४. ६१ प्रतिशत रहेको छ ।
बैंकिङ प्रणालीमा खराब कर्जा अर्थात् निष्क्रिय कर्जा कुल कर्जाको ५. ६० प्रतिशत पुगेको छ । यस्तै कुल कर्जामा कर्जा नोक्सानी व्यवस्था अनुपात ५.९२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । तरलता अवस्थातर्फ हेर्दा कुल निक्षेपको तुलनामा तरल सम्पत्ति अनुपात ३५. ३७ प्रतिशत पुगेको छ । त्यस्तै सरकारी ऋणपत्रमा गरिएको लगानी कुल निक्षेपको १४. ८९ प्रतिशत रहेको छ । पूँजी पर्याप्तता सूचकमा कोर क्यापिटल अनुपात ९. ७२ प्रतिशत र कुल पूँजी पर्याप्तता अनुपात १२. ६२ प्रतिशत कायम रहेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार हाल देशभर ५४ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । ती संस्थाका शाखा संख्या ६ हजार ४१९ पुगेका छन् । बैंकिङ पहुँच विस्तारसँगै निक्षेप खाताको संख्या ६ करोड २४ लाखभन्दा बढी पुगेको छ भने ऋण खाताको संख्या २० लाख ४४ हजारभन्दा धेरै रहेको छ ।
मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ९७ लाख ७५ हजारभन्दा बढी पुगेका छन् । इन्टरनेट बैंकिङ प्रयोगकर्ता २४ लाखभन्दा बढी छन् । एटिएम मेसिन संख्या ५ हजार १७४ पुगेको छ । डेबिट कार्ड प्रयोगकर्ता १ करोड ३८ लाखभन्दा बढी रहेका छन् भने क्रेडिट कार्ड संख्या ३ लाख २९ हजारभन्दा बढी पुगेको छ ।
ब्याजदरतर्फ औसत निक्षेप ब्याजदर ३.४० प्रतिशत कायम भएको छ । बचत निक्षेपमा औसत ब्याजदर २.९० प्रतिशत, मुद्दती निक्षेपमा ५.०९ प्रतिशत र कल निक्षेपमा ०.६७ प्रतिशत रहेको छ । यस्तै औसत कर्जा ब्याजदर ६.७७ प्रतिशत कायम भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९४ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ५०४० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५०६० मा कारोबार भएको थियो ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ५८ सयले बढेर तोलाको २ लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९१ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७५ रुपैयाँले बढेर ५०५५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८८० मा कारोबार भएको थियो ।एभरेष्ट न्यूज एजेन्सी
नेपाली बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै एक तोला सुन खरिदका लागि ग्राहकले दुई लाख ९४ हजार ५०० रुपैयाँ खर्चिनुपर्नेछ । मंगलबार दुई लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । महासंघले बुधबार चाँदी प्रतितोला चार हजार ९१४ रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन मंगलबार चार हजार ९४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।जनकपुर टुडे
काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज सोमबार नेप्से ७.७३ अंकले बढेर २७९६.४३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५१ कम्पनिका एक करोड ९ लाख २८ हजार ६१७ कित्ता शेयर ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार १२७ मा कारोबार भएको थियो ।
आज हाइड्रो, लगानी, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, कर्पोरेट विकास बैंक, पाल्पा सिमेन्ट, शिखर पावर र माइ खोला हाइड्रोको शेयर शेयरमामा सकरात्मक सर्किट लागेको छ । त्यस्तै आज सिटी होटलको शेयर १४.९९ प्रतिशतले बढेको छ ।
त्यसैगरी आज सबैभन्दा बढी निफ्रा ग्रिन इनर्जी डिभेन्चारको शेयर १४.०१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको ३० करोड ७४ लाख र अन्खु खोला हाइड्रोको २६ करोड १८ लाख बराबरको कारोबार भएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोले गोल्छालाई धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा पक्राउ गरेको जानकारी दिएको छ ।
शेखर गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ गरेको ब्यूरोले जनाएको छ ।
ब्युरोले विहिबार काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमती लिई गोल्छालाई काठमाडौंको नक्सालबाट पक्राउ गरिएको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
आरके श्रीवास्तव,राैतहट,०७ गते वैशाख ।
रौतहटको कटहरियामा “मितेरी बचत तथा ऋण सहकारी संस्था लि.” को औपचारिक उद्घाटन गरिएको छ । वि.सं. २०७० सालमा स्थापना भएको उक्त संस्थाले आजदेखि आफ्नै कार्यालय स्थापना गरी औपचारिक रूपमा कारोबार सुरु गरेको हो । यसअघि नेपाल बैंक लिमिटेड कटहरिया शाखा रहेको भवनमै सहकारीले आफ्नो कार्यालय सञ्चालनमा ल्याएको हो ।

कटहरिया नगरपालिकाभर कार्यक्षेत्र रहेको यस सहकारीबाट स्थानीय व्यवसायी तथा सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । संस्थामार्फत नागरिकहरूले बचत गर्नका साथै सहज रूपमा ऋण सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

सहकारीका सञ्चालक श्याम यादवले विधिवत् पूजापाठ गरी संस्थाको उद्घाटन गर्नुभएको हो । उक्त सहकारी अन्य लगानीकर्ताहरूको संयुक्त पहलमा सञ्चालनमा आएको हो । साथै, चन्दन दास बाँनियालाई शाखा प्रबन्धकको जिम्मेवारी दिइएको छ ।

एक कार्यक्रमका बीच कटहरिया–४ का वडा अध्यक्ष चन्दन कुशवाहाले सहकारीको उद्घाटन गर्नुभयो । सो अवसरमा कटहरिया वडा नम्बर १ वडा अध्यक्ष भूपेन्द्र महताे,कटहरिया ४ का वडा सदस्य रामईश्वर यादव लगायत स्थानीय व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चन्दन कुशवाहाले सहकारी संस्थाले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउने, साना तथा मध्यम व्यवसायीलाई सहयोग पुर्याउने र बचत संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारीलाई पारदर्शी, विश्वसनीय र सेवामुखी रूपमा सञ्चालन गर्न सुझाव दिँदै स्थानीय बासिन्दालाई सहकारीसँग जोडिन आग्रह गर्नुभयो ।
त्यस्तै, सञ्चालक श्याम यादवले पनि सबैलाई सहकारीसँग आबद्ध हुन आह्वान गर्दै आधुनिक प्रविधियुक्त सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, संस्थाको दिगो विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले बैठक आह्वान गरेका हुन् ।
पार्टीका अनुसार बैठक आज दिउँसो ३:३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् लगायतका संरचनामा मनोनयनका विषयमा छलफल हुने जनाइएको छ ।
त्यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञ तथा योजना प्रस्ताव आह्वानसम्बन्धी विषय पनि कार्यसूचीमा समावेश गरिएको छ ।
यससँगै प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक तथा संसदीय दलका लागि प्राविधिक सहयोग लगायत विषयमा समेत छलफल हुने बताइएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । सरकारले स्थानीय तहको संख्या, सीमाना हेरफेर र वर्गीकरणको बारे सुझाव मागेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई पत्राचार गर्दै सुझाव माग गरेको हो ।
त्यस्तै मन्त्रालयले जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघलाई बोधार्थ दिदै सहजिकरणको लागि आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३, ५, ६, ७ र ८ को व्यवस्था बमोजिम गाउँपालिका तथा नगरपालिका, वडाको संख्या तथा सिमाना हेरफेर, गाउँपालिका र नगरपालिका एक आपसमा गाभिने र नगरपालिकाको विद्यमान बर्गीकरणमा पुनराबलोकन गर्न प्ररम्भिक मस्यौदा तयार भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले तोकिएको मापदण्डका आधारमा स्थानीय तहले प्रस्ताव पेश गर्ने, प्रदेशले सिफारिस गर्ने र मन्त्रालयले सिफारिसको अध्ययन गरेर मन्त्रिपरिषदको बैठकमा पेश गर्न बताएको छ ।
सरकारले स्थानीय तहलाई कानुनी अभिलेखको अध्ययन, स्थलगत अध्ययन र अवलोकन, उपलब्ध तथ्य तथ्यांकको विश्लेषण, स्थानीयसँगको छलफल, राजनीतिक दल र नागरिक समाजसँग अन्तरक्रिया, विज्ञसँग परामर्श गरेर निर्णय लिन आग्रह गरेको छ ।
त्यस्तै सीमान हेरफेर वडाको संख्या हेरफेर, स्थानीय तह गाभिने विषयमा अध्ययन गर्न हरेक जिल्लामा जिल्ला समन्वय समितीका प्रमुख संयोजक रहेको समिति बनाइएको छ । जसमा सम्बन्धित स्थानीय तहका उपप्रमुख, सहायक जिल्ला प्रमुख अधिकारी, नापी प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सदस्य रहने व्यवस्था गरिएको छ ।
सो सम्बन्धमा कुनै राय सुझाव भए मन्त्रालयको इमेल ठेगानामा तीन दिनभित्र उपलब्ध गराईदिन मन्त्रालयले आग्रह गरेको हो । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भोलि बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले बैठक आह्वान गरेका हुन् ।
पार्टीका अनुसार बैठक वैशाख ६ गते दिउँसो ३:३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् लगायतका संरचनामा मनोनयनका विषयमा छलफल हुने जनाइएको छ ।
त्यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञ तथा योजना प्रस्ताव आह्वानसम्बन्धी विषय पनि कार्यसूचीमा समावेश गरिएको छ ।
यससँगै प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक तथा संसदीय दलका लागि प्राविधिक सहयोग लगायत विषयमा समेत छलफल हुने बताइएको छ । एभरेष्ट न्यूज एजेन्सी,