२०८३ बैशाख ४
२०८३ बैशाख ४

इरानले अस्थायी युद्धविराम स्वीकार नगर्ने

काठमाडौँ । इरानले अस्थायी युद्धविराम स्वीकार नगर्ने स्पष्ट गरेको छ । एक कूटनीतिक मञ्चमा इरानका उपविदेशमन्त्री सईद खातिबजादेहले आंशिक वा अस्थायी युद्धविराम स्वीकार्य नहुने बताएका हुन् ।

उनका अनुसार सम्पूर्ण क्षेत्रमा एकैपटक युद्ध अन्त्य हुनुपर्नेछ । लेबनानदेखि रेड सागर क्षेत्रसम्म स्थायी रूपमा द्वन्द्व अन्त्य भए मात्र कुनै पनि युद्धविराम मान्य हुने उनको भनाइ छ । उनले यसलाई इरानको ‘रेड लाइन’का रूपमा प्रस्तुत गरेका छन् ।

खातिबजादेहले होर्मुज जलडमरूमध्य ऐतिहासिक रूपमा सबैका लागि खुला रहँदै आएको उल्लेख गर्दै यसको प्रयोगमा कुनै अवरोध नरहेको बताए ।

यसैबीच इरानले अमेरिका र इजरायलमाथि क्षेत्रीय अस्थिरता बढाएको आरोप लगाएको छ । इरानका अनुसार यस अवस्थाले विश्व व्यापार र अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पारेको छ । एभरेष्ट न्यूज एजेन्सी,

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।