२०८३ कार्तिक १०
२०८३ कार्तिक १०

उर्लाबारी, फागुन १८  ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मृत्यु हुनेहरूमा झापाको कमल गाउँपालिका २ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दीपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेल छन् । त्यस्तै, दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका हरि खनाल र गायत्री भट्टराईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

 

बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । ट्रिपरले जिपलाई ठक्कर दिनुअघि काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–क–००१ ख २७१८ नम्बरको यात्रुवहाक बसलाई समेत ठक्कर दिएको बसका चालक छत्रकुमार मास्केले बताए ।

प्रहरीले ट्रिपर र चालक सुन्दरहरैंचा–७ का चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।न्युज कारखाना

रौतहट,१८ फागुन ।

रौतहटका विभिन्न स्थानमा मापदण्डविपरीत संचालनमा रहेका निजी अस्पतमा नियमित अनुगमन नभएको गुनासो बढदै जान थालेको छ । यस्ता अस्पतालले सर्बसाधारणको स्वास्थ्य चेकजाँचका नाममा उनीहरुको स्वास्थ्य माथि खेलवाड गर्दै आएका  छन् ।

 

गरुडा नगरपालिका, गौर नगरपालिका, वृन्दावन, चन्द्रपुर लगायतका नगरपालिकाहरुमा तथा यमुनामाई, दुर्गा भगवती गाउँपालिकामा संचालनमा रहेका निजी अस्पतालहरु मापदण्डविपरीत रहेको र अनुगमन गर्नुपर्ने सर्बसाधारणले माग राखेका छन् । केही दिन अघि यमुनामाई गाउँपालिकाको शुकदेव चोकमा रहेका सगरमाथा तराई अस्पतालमा विना शैक्षिक योग्यताको नक्कली चिकित्सक पक्राउ परेका थिए ।

 

नेपाल सरकारकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डअनुसार भौतिक पूर्वाधारसहितको वेल इक्युमेन्ट, दक्ष जनशक्ति भएपछि मात्रै निजी क्षेत्रमा अस्पताल संचालनको लागि इजाजत दिइने गरिन्छ । तर, रौतहटमा मापदण्डविपरीत नै दर्जनौँ अस्पताल संचालनमा रहेका छन् । त्यति मात्रै नभई बर्षभरिको मूल्याङ्कन फारमको आधारमा नवीकरण गर्ने स्पष्ट प्रावधान रहेको भए पनि बिनाइजाजत, इजाजत लिए पनि बर्षौंदेखि नवीकरण नगराएको, बेड राख्ने अनुमति नलिई बेड राखेको छ, बेड राख्न अनुमति लिए पनि त्यसभन्दा धेरै बेड राखेर उपचारको आडमा गरिब असहाय विरामीहरूसँग अनावश्यक रुपमा रकम लुट्दै आएको गुनासो सर्वसाधारणको छ ।

 

यसै क्रममा गरुडा नगरपालिकामा १३ वटा निजी अस्पतालहरु संचालनमा रहेको गरुडा नगरपालिकाको स्वास्थ्य शाखाबाट बुझिएको छ । जसमा जनसेवा क्लीनिकले अस्थायी रुपमा स्वीकृति लिएर २०८० जेठ महिना र याशिम संजीविनी अस्प्ताल प्राली शिवनगरले २०८० मंसिर ६ मा नवीकरण गराएको गरुडा स्वास्थ्य शाखाको रेकर्डमा देखिन्छ । याशिम संजीविनीले १५ बेडको स्वीकृति लिएको भए पनि अन्य ११ वटा निजी अस्पतालको नविकरण भएको देखिँदैनन् ।

 

आनन्द पोलिक्लीनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिएको देखिन्छ तर नवीकरण २०७६ फागुन १३ गते सम्म मात्रै भएको उक्त रेकर्डबाट बुझिएको छ । तर, आनन्द पोलिक्लिनिक एक्युपञ्चरको रेकर्डमा रहे पनि सो हस्पिटलमा पुग्दा आनन्द होस्पिटल प्रालि नाम राखेर संचालन गरेको पाइएकाे छ ।

 

बेड राख्ने प्रक्रिया पूरा नै नगरेर दर्जनौँ बेड राखेर विरामीहरुको उपचार गरिहेको छ । यहाँ सम्मकी भुईंमै राखेर बिरामीको उपचार गर्ने गरेको पाइएकाे छ । गाउँघरमा आफ्ना एजेन्टहरु मार्फत पक्षघात भएका बिरामीहरुलाई उक्त हस्पिटलमा ल्याएर उपचार गर्ने गरिन्छ । उक्त होस्पिटलका संचालक डाक्टर भनाउने उमेश जयसवालले विगत सात बर्षदेखि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्डविपरीत होस्पिटल संचालन गर्दै आए पनि सम्बन्धित् निकाय केही गर्न नसकेको कारण सर्वसाधारण विरामीहरु लुटिन बाध्य बनेका छन् ।न्युज कारखाना

बारा, १८ फागुन ।

बाराको पथलैया स्थित आन्तरिक राजस्व अनुसन्धान कार्यालयको राजस्व संकलनमा वृद्धि भएको छ ।

 

गत आर्थिक वर्षको ६ महिनामा संकलित राजस्वको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजश्व संकलनमा बृद्धि भएको हो।

 

कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा राजस्व चुहावट तर्फ १ करोड ५७ लाख ४० हजार रुपैया संकलन गरिएको छ ।

 

सोही अवधिमा गत आर्थिक वर्षमा मात्र १ करोड २० लाख १० हजार रुपैया संकलन भएको थियो । यस आवको ६ महिनामा गतको तुलनामा करिब ३७ लाख रुपैया बढी राजस्व संकलन भएको देखिएको छ । चुहावट तर्फको राजस्व  वृद्धि संगै भिसिटिएस जरिवाना तर्फ समेत वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको हिजो फागुन १७ गते सम्म ५४ लाख ९० हजार रुपैया भिसिटिएस जरिवाना तर्फ संकलन भएको छ । सोही अवधिमा गत आवमा भिसिटिएस जरिवाना तर्फ मात्र ४४ लाख ६० हजार रुपैया मात्र संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।

 

आन्तरिक राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजस्व अधिकृत प्रेम प्रसाद देवकोटाले बिगतको तुलनामा राजस्व चुहावटमा क्रमसः नियन्त्रण हुँदै गएकाले राजस्व संकलनमा वृद्धि भएको दाबी गरेका छन।न्युज कारखाना

काठमाडौं, १८ फागुन ।

वैशखा १५ मा बझाङ १ को ‘क’ प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट युवा नेता लोकेन्द्र रोकायाले आफ्नो दाबी रहेने बताएका छन्।

काठमाडौंको अनामनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेता रोकायाले बझाङ १ ‘क’ प्रदेश सभामा आफ्नो दाबी रहने बताएका हुन्।

उपनिर्वाचन हुने भएसँगै बझाङमा दलहरू आन्तरिक रुपमा उम्मेदवार छनोटमा जुटेको अवस्थामा कांग्रेसबाट रोकायाले दाबी गरिरहेका छन्।

नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका रोकायाले आफू अहिलेसम्म राजनीतिक लाभको पदमा नबसेकाले यस पटक आफ्नो दाबी स्वभाविक भएको बताएका छन्।

‘म पार्टी र संगठनको हितमा काम गर्ने एक इमान्दार सिपाहि हुँ। अहिलेसम्म मैले लाभको राजनीति गरिन। यतिबेला जिल्लामा मसँगै अन्य नेताहरू पनि आकांक्षा राखिरहनु भएको छ। लोकतान्त्रिक दलमा आकांक्षा राख्ने सबैको अधिकार छ। म सबै आकांक्षीको भावनाको उच्च कदर गर्दछु। तर, टिकट पाउनुपर्ने उपयुक्त पात्र म हुँ। त्यहाँका जनताको चाहना पनि त्यही रहेको छ,’ उनले भने। रोकायाले पार्टीको जिल्ला नेतृत्व, प्रदेश नेतृत्व र केन्द्रीय नेताहरूले पनि आफूलाई न्याय गर्ने विश्वास व्यक्त गरेका छन्।

रोकाया २०६२/०६३ सालको जनआन्दोलनमा दुई पटक जेल परेका थिए। उनले २६ दिन र सात दिन गरी दुई पटक कारावास विताएका छन्।

उनीसँगै कांग्रेसबाट जगतप्रसाद जोशी, अभिषेक सिंह, सत्यराज भण्डारी, शान्ति बोहरा पुजारा, नन्दकृष्ण जोशी, विष्णु अएडीलगायतको नाम पनि चर्चामा छ।

नेपाली कांग्रेसबाट विजयी पृथ्वीबहादुर सिंहको गएको असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्र रिक्त थियो।न्युज कारखाना

मोरङ, १८ फागुन।

बेलबारीमा ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

मृत्यु हुनेको सनाखत भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई ओभरट्याग गर्नेक्रममा ट्रिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरका ट्रिपरले ठक्कर दिएको थियो ।

ठक्करपछि गाडी प्रदेश ३ क ००१ ख २७१८ नम्बरको यात्रुबाहक बसमा समेत ठक्कर खाएको थियो ।

बुलेरोमा ५ जना रहेको तीन जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

न्युज कारखाना

काठमाडौं, १८ फागुन।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा १५०, नेपाली सुन्तला १५० र स्ट्रबेरी भुईऐसेलु २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय ठूले गोलभेडा ६०, अदुवा २००, रातो आलु ३२ र रातो भारतिय आलु ३४ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ३०, लौका ६०, कागती २४०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १२० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा २८, लोकल सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ र टाटे सिमी १०० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ५० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ६० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता जिरीको साग ७० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८५, हरियो प्याज ७० र पुदीना ३५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २२०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६०, भिण्डी १०० र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ।

उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३५० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।न्युज कारखाना

काठमाडौं, १८ फागुन ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको भाउ सामान्य घटेको छ। यसैगरी शुक्रबार युरोको र बेलायती पाउण्डको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९७ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०१ पैसाले घटेको हो। बिहिबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा भएको थियो।

शुक्रबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४४ रूपैयाँ ०९ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २४ पैसाले बढेको हो। बिहिबार यसको खरिददर १४३ रूपैयाँ २० पैसा र बिक्रीदर १४३ रूपैयाँ ८४ पैसामा कारोबार भएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ ०७ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ५२ पैसा र बिक्रीदर १६८ रूपैयाँ २८ पैसा कायम गरिएको छ। बिहिबार यसको खरिददर १६७ रूपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रूपैयाँ २१ पैसामा कारोबार भएको थियो।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ र बिक्रीदर ८६ रूपैयाँ ३९ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ४२ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८६ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८३ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८७ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९६ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६ रूपैयाँ २१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २७ रूपैयाँ ८९ पैसा र बिक्रीदर २८ रूपैयाँ ०२ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २१ पैसा र बिक्रीदर ४३२ रूपैयाँ १६ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।न्युज कारखाना

काठमाडौं, १८ फागुन ।

राष्ट्रियसभा बैठक बस्दैछ ।

 

सघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे आब्हान गरिएको छ ।

 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार राष्ट्रियसभा नियमावली, २०७५ ‘क’ बमोजिम लुम्बिनी प्रदेशवाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फवाट सांसद अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) बिकास निर्माण, शान्ति सुब्यवस्थालगायत कार्यहरूको अनुगमन, निरिक्षण र मुल्याङकनको प्रतिवेदन २०८०’ सभा समक्ष पेश गर्नेछिन् ।

 

दिगो ब्यवस्थापन तथा सुशाषन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मुल्याङकन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गर्नेछन् ।
बिधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले ‘खाध्ध अधिकार तथा खाध सम्प्रुभता सबन्धी एेन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिबेदन २१०८० सभा समक्ष पेश गर्ने कार्यसुची रहेको छ ।

 

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘बिधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त सम्पति शुद्दीकरण (मनी लाउन्डरिङ) निवारण तथा ब्यावसायिक बातावरण प्रवर्दन सबन्धी केही एेनलाइ संसोधन गर्न बनेको बिधेयक २०७९’ माथी छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन र उनले सो बिधेयकलाइ पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख छ ।

 

साथै, राष्टियसभा नियमावली, २०७५ को संसोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रियसभा (दोस्रो संसोधन नियमावली) २०८० माथी दफावार छलफल गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन भने लगत्तै ‘पारित गरियोस’ प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युज कारखाना

काठमाडौं, १८ फागुन ।

प्रतिनिधिसभा बैठक बस्दैछ ।

 

संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

 

संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार सभामुख देबराज घिमिरेले कार्य ब्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिनेछन् । र, परराष्ट्र मन्त्री नारायणप्रकाश साउँदले ‘बिमेस्टेक वडापत्र’ प्रस्तुत गर्नेछन् ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले ‘निर्माणमुखी सामाग्री (ब्यवस्थापन तथा नियमन) बिधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने छिन भने त्यसपछि बैठकमा प्रस्तुत गर्नेछिन् ।

 

अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य ब्यवस्था समितिको प्रतिबेदन सहितको ‘राष्ट्रियसभामा उत्पति भएको अनुगमन तथा मुल्याङकन बिधेयेक २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्र ।

 

साथै, सो बिधेयकलाइ पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युज कारखाना

 

बारा, १७ फागुन ।

बाराका दुग्ध उत्पादक किसानले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण माग गर्दै बिहीबार बारामा प्रदशर्न गरेका छन्।

उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूध तथा दुग्धजन्य पदार्थको रकम भुक्तानी नपाएको भन्दै किसानले पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका स्थित शहिद चोकमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गर्दै विरोध जनाएका थिए।

उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेपछि प्रहरी र आन्दोलनरत किसानबीच केही बेर तनाब उत्पन्न भएको थियो। उनीहरूले सडकमा प्रदर्शन गर्दै किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै दुग्ध किसानसँग आन्दोलन गर्ने बाहेका अन्य कुनै उपाय बार्की नरहेको बताए।

दुग्ध सहकारीमार्फत दैनिक ६० हजार लिटर दुग्ध संकलन गर्दै करीब ५० लाख रकम शहरको पैसा गाउँ भित्र्याउँदै ग्रामिण अर्थतन्त्र मजबुत बनाउन कृयासिल रहेको यस सघंमा रहेका दुग्ध संकलन गर्ने डेरी उद्योगहरुले यस क्षेत्रका किसानको विगत ३ महिना देखिको करीब १८ करोड रुपैयाँ भुक्तानी बक्यौता दिन दिन नसकेको बारा जिल्ला दुध उत्पादक सहकारी संघ लिका जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिए।

यस्तै केन्दीय दुग्ध सहकारी संघ लिले दुधको भूक्तानी दिन सरकारले आनाकानी गरेको भन्दै विरोध स्वरुप दुग्ध उत्पादक किसानहरुले नेपाल भरी बन्द गरेको तथा भुक्तानी यथाशिघ्र उपलब्ध गराउन माग गर्दै पटक पटक भएको आन्दोलन र नेपाल सरकारसँग भएको सम्झौतामा सरकार गम्भीर नभएको केन्दीय दुग्ध सहकारी संघ लि नेपालका सचिव थानेश्वोर सापकोटाले बताए।

बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. मा यस जिल्लाका ४ वटा दुग्ध उत्पादक सहकारी संस्थाका ११ हजार किसान परिवारको आवद्ध छन्।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।