कास्की, २३ फागुन ।
जिल्ला अदालतबाट दोषी ठहर भएर फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् ।
जिल्ला अदालत कास्कीले १२ वर्ष ४ महिना १३ दिन कैद सजाय र एक लाख २५ हजार रुपैयाँ जरिवाना तोकिएर फरार रहेका प्रतिवादी पोखरा महानगरपालिका–२० लामाडाँडाका ३० वर्षीय डिलबहादुर गुरुङ भन्ने प्रिमसबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले उनलाई पोखरा–११ कााहुखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।
पक्राउ परेका गुरुलाई प्रहरीले बुधबार नै जिल्ला अदालत हाजिर गराई कैद सजाय भुक्तानीको लागि जिल्ला कारागार चलान गरिएको छ । उनी गत मंसिर ७ गते ज्यान सम्बन्धी कसूर मुद्दामा दोषी ठहर भएका थिए । न्युज करखाना
काठमाडौं, २३ फागुन ।
नेकपा एसका दुई मन्त्रीको टुंगो लागेको छ।
नेकपा एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो। जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने नेकपा एसले जनाएको छ। उनीहरूलाई पनि आजै साँझ शपथ गराइने छ। न्युज करखाना
काठमाडौं, २३ फागनु ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन्।
बुधबार साँझ शीतल निवासमा शपथ ग्रहणको तयारी भइरहँदा थापाले भिडिओमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार फतक्क कुहिएर झर्ने बताएका हुन्।
‘यो सरकार यसरी बनेको छ, दौडिने त कुरै छोड्नुस् हिँड्न पनि सक्दैन। आफ्नै भारीले थिचिन्छ, फतक्क कुहिएर झर्छ,’ उनले भने। न्युज करखाना
काठमाडौं, २३ फागुन ।
मधेश केन्द्रित दलहरू बुढानीलकण्ड पुगेर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा जुटेका छन्।
नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडधुप बढाएका देउवासँग भेटेर उनीहरूले छलफल गरिरहेका हुन्।
देउवा निवास बुढानीलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलगायत नेताहरू छलफलमा छन्।
बैठकमा कांग्रेसका नेताहरू डा. शेखर कोइराला र गगन थापा, रमेश लेखक पनि सहभागी छन्।न्युज करखाना
काठमाडौं, २३ फागुन ।
नयाँ गठबन्धन सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछिको वरियता नेकपा एमालेका रघुवीर महासेठले पाउने भएका छन्। तेस्रो वरियतामा नारायणकाजी श्रेष्ठ र रवि लामिछाने रहनेछन् । उपेन्द्र यादव सरकारमा आएपछि उनको वरियता रविभन्दा अघि रहने छन्।
गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमाले भएकाले प्रधानमन्त्रीपछिको वरियतामा महासेठ रहने सहमति भएको हो। महासेठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहने छन्।
नारायणकाजी श्रेष्ठ त्यसपछिको वरियतामा रहने गरी उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री बन्ने छन्।
न्युज करखाना
काठमाडौं, २३ फागुन ।
जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा सहभागी नहुने भएको छ। बालुवाटारमा बसेको गठबन्धन बैठकमा कुरा नमिलेपछि जसपाले तत्काल सरकारमा नजाने निर्णय गरेको हो।
आफूहरू छलफलमै रहेको र निष्कर्षमा पुगिसकेको जसपा अध्यक्ष उपन्द्र यादवले बताए। मधेश प्रदेशको सरकार सुनिश्चित नभएका कारण तत्काल सरकारमा नजाने जसपाले जनाएको छ।
नेकपा (एस) सरकारमा जाने नजाने निश्चित नभएसँगै मधेश प्रदेशमा गठबन्धन सरकार अन्योलनमा देखिएको छ।
बालुवाटारबाट फर्केपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएका छन्।न्युज करखाना
काठमाडौं, २३ फागुन ।
आज विस्तार हुने मन्त्रिमण्डलको सपथ ग्रहण समारोह सरेको छ ।
साँझ ५ बजे हुने भनिएको सपथ ग्रहण अब ५ः४५ बजे हुने भएको छ । प्रधानमन्त्रीकाे सचिवालयले राष्ट्रपति भवनमा समय सरेकाे जानकारी दिएकाे छ ।
उता, ‘सर्त पुरा गरे मात्रै’ सरकारमा सहभागी हुन सक्ने निर्णय नेकपा एसले गरे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिखेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाइ वालुवाटारमा कुरिरहेका छन ।
प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरे पछि मात्रै सपथ ग्रहण समाराेहमा सहभागी हुन शितल निवास जानेछन ।
जसका कारण सचिवालय बैठक सकिने बितिक्कै नेकपा एसका अध्यक्ष उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल लिएर बालुवाटार हिडेका छन ।Go’h s/vfgf
दाङ, २३ फागुन ।
लुम्बिनी प्रदेशमा नेकपा माओवादीका दुइ मन्त्री बर्खास्तमा परेका छन् ।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका हुन ।
जसअनुसार मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बरखास्त गरेका हुन् ।
केन्द्रमा नेकपा एमालेसँग माओवादी केन्द्रले गठबन्धन गरे पछि नेपाली कांग्रेसवाट निर्वाचित मुख्यमन्त्री चौधरीले माओवादीका दुइ मन्त्री बर्खास्त गरेर बदला लिएका हुन् ।न्युज करखाना ा
पर्सान ।, २३ फागु
खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्ता भएको घटना भारतको बिभिन्न प्रान्तमा हुनेगरेको समाचार बिगतमा सुन्न र पढ्न पाइन्थ्यो।
तर यस्तै घटना मधेश प्रदेशको एक पालिकामा भएको छ, जहाँ जन्तीलाई खानामा माछा नदिँदा जन्ती र बेहुलीपक्ष बिच कुटपिट भएर अन्तमा बिहे बहिष्कार गरी जन्ती फिर्ता गएको घटना प्रकाशमा आएको छ।
पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका ४ को मधवल गाउँमा सखुवा प्रसौनी गाउँपालिकाको महुवनबाट सोमबार राती आएको जन्तिमा बेहुला पक्ष र बेहुली पक्षबीच कुटाकुट हुँदा बेहुली नलिईकन बेहुलासहितको जन्ती फिर्ता गएको छ ।
जन्तीमा आएकाहरुले खानामा माछा नपाएको कारण भनाभन हुँदै कुटापिटमा परिणत भएको थियो । कुटापीटमा बेहुलाका बुबा घाइते भएपछि बिहेनै नगरी जन्ती खालीहात फिर्ता हुने अवस्था आएको थियो।
कुटपीट भएपछि जन्तीहरु सबैजना भागेका थिए । जन्ती भागेको देखेर बेहुली पक्षका मानिसहरुले बेहुलालाई घरमै थुनेर राखेका थिए । घटनाको खबर पाएर तत्काल इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख इन्स्पेक्टर मोहन विक्रम केसीको कमाण्डमा गएको टोलीले बेहुलाको उद्दार गरी प्रहरी कार्यालयमा सुरक्षित राखेका थिए ।
इलाका प्रहरी कार्यालय पोखरीयामा हिजो मंगलबार दुईपक्ष बिच छलफल हुँदा बेहुलीले बिहे गर्न इन्कार गरेपछि जन्ती सहित बेहुला आफ्नो घर फर्केको इन्स्पेक्टर केसीले बताएका छन।
स्थानिय सञ्चारकर्मी संजीव मिश्रका अनुसार एकजना जनप्रतिनिधिले घटना मिलाएर बिहे गराइदिने दिनभरि प्रयास गरेपनि असफल भएका थिए। केटी पक्षधरले दाइजोको १२ लाख रकम फिर्ता लिने अडान राखेका छन् भने केटाको पक्षले बिहेमा खर्च भएको भन्दै पैसा फिर्ता नदिने दाउमा रहेका छन।
पर्सा प्रहरी प्रवक्ता डिएस्पी कुमार बिक्रम थापाले घटनाको पुष्टि गरेका छन। बेहुला र बेहुली पक्षबिच कुटपिट उग्र भएपछि इन्स्पेक्टर केसीको पहलमा साम्य भएको प्रवक्ता थापाले जानकारी दिएका छन। पछिल्लो समय मधेश प्रदेशमा छोरीको बिहेमा जन्ती आउँदा प्रायः मानिसले खानामा माछा दिने गर्दछन्। कतिपय दुईपक्ष बीच खानाको बारेमा के ख्वाउने भनेर पहिल्यै सहमति हुने गर्दछ।
यसरी बिहेमा माछा न ख्वाउँदा कुटपिट सम्म हुने र बिहेनै बहिष्कार गरी जन्ती फिर्ता हुनु आफैमा अप्रिय घटना भएकाले गाउँका अगुवाहरु पुनः कुनै गाउँमा यस्ता दुःखद घटना नहोस भनेर चनाखो हुनु अथवा चेतना फैलाउनु जरुरी देखिन्छ।न्युज करखाना ा
काठमाडौं, २३ फागुन ।
लुम्बिनीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। काठमाडौं आउँदै गरेको बस आज बिहान धादिङको गजुरीको घाटबेशीस्थित त्रिशुली खोलामा खसेको प्रहरीले जनाएको हो।
उद्दारका लागि सशस्त्र प्रहरीबलको टोली घटनास्थल पुगिसकेको छ। टोलीले १३ जनाको जिवितै उद्धार गरेको छ। उनीहरूलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। थप विवरण आउन बाँकी छ।न्युज करखाना