२०८३ कार्तिक १०
२०८३ कार्तिक १०

काठमाडौं, २९ फागुन ।

इतिहास एवं संस्कृतिविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठद्धारा रचित अन्तरङ्गका तरङ्गहरु (इतिहास, संस्कृति र पुरातत्वहरु) नामक ऐतिहासिक पुस्तक सोमबार एक भव्य कार्यक्रमवीच विमोचन भएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित) ले पुस्तकको विमोचन गरेका हुन् ।


पुस्तकमा एक सय एक वटा लेखहरुको संकलन रहेको छ । पुस्तक एक हजार एक सय ३६ पृष्ठको मोटो छ । पुस्तकको मूल्य पाँंच हजार राखिएको छ । पुस्तकको प्रकाशन भक्तपुर इटाछेंस्थित संचित बचत तथा श्रृण सहकारी संस्था लिमिटेडले गरेको छ ।


लेखक प्राडा श्रेष्ठले पुस्तक आफनो जीवनको कमाई भएको बताए । ४० वर्षदेखिको मेहेनतको फलको रुपमा पुस्तक प्रकाशन भएको उनको भनाई थियो । आफूले लेखेका लेखहरुका थप परिमार्जन, पुनर्लेखनसहित थप तथ्य र तथ्यांकका साथ पुस्तक प्रकाशन गरेको उनले जनाए । पुस्तकमा लेखहरुसँंगै सम्वन्धित तस्वीरहरु पनि रहेका छन् ।


पुस्तक विमोचन समारोहका वक्ता विशिष्ट व्यक्तित्वहरुले पुस्तक इतिहास, संस्कृति अनि पुरातत्वका विषयमा अध्ययन अनुसन्धान गर्न चाहनेहरुका लागि एउटा दस्तावेजको रुपमा रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले पुस्तक भावी पुस्ताका लागि उपयोगी संग्रहणीय रहेको बताए ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, संस्कृति शिरोमणि हरिराम जोशी, वौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा त्रिरत्न मानन्धर, प्राध्यापक हेमन्तशमसेर राणा, वरिष्ठ साहित्यकार तथा भ्रष्टाचार विरुद्धका अभियन्ता भरतमणि जंगम, अर्थविद् निरञ्जनकुमार टिबरेवालालगायतले पुस्तक संग्रहणीय रहेको भन्दै लेखकप्रति आभारी प्रकट गरे ।

कार्यक्रममा प्रकाशित पुस्तककाबारेमा त्रिभुबन विश्वविद्यालय नेपाल भाषा केन्द्रिय बिभागका प्रमुख राजनलाल (रास) जोशीले प्रकाशित पुस्तकको समिक्षा गर्दै पुस्तक हेरक हिसावले उत्कृष्ट देखिएको जनाए । साहित्यकार एवं भाषाविद् सूर्य लाकोजूले समिक्षा गर्दै झट हेर्दा नामले पुस्तक र्रगिविरंगी कुराको हो कि जस्तो लागे पनि पुस्तकका नामको कोष्ठभित्र इतिहास, संस्कृति र पुरातत्वहरु शव्द थपिंदा पुस्तकको नाम सार्थक रहेको बताए । इतिहास, संस्कृति र पुरातत्वका विषयमा लेखकको अनुसन्धान मात्रै नभई त्यसमाथि लेखको विचार, विश्लेषणसहितको घोत्लाइ रहेकाले पुस्तकको नाम उपयुक्त भएको विश्लेषण गरे । सामान्य भाषा, बाक्य संरचना र भाषाशैलिको मिठासले पुस्तकमा गहिरो कुरा रहे पनि सवैले बुझने किसिमका रहेको पाइएको बताए ।
कार्यक्रममा पुस्तक तयार गर्न साथ दिने लेखकका मित्र विनोदराज शर्माद्धारा लेखकलाई सम्मानका साथै लेखकमार्फत् पुस्तक तयार पार्न सहयोग गर्ने मित्र तथा विद्यार्थीलाई पुस्तक उपहार दिइएको थियो । लेखक प्राडा श्रेष्ठ ख्वप कलेज देकोचा भक्तपुरका इतिहास एवं संस्कृति विषयका प्राध्यापक पनि हुन् ।

 

 

 

कार्यक्रम प्रकाशक संस्था संचित बचत तथा श्रृण सहकारी संस्था लिमिटेडका अध्यक्ष योगेन्दबहादुर खर्वुजाको सभापतित्वमा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार एवं अधिवक्ता गजेन्द्रशंकर तिमिला र धन्यवाद संस्थाका अर्का सल्लाहकार विनोदचरण रायले गरेका थिए । विमोचन समारोहमा काठमाडौं, ललितपुर, भक्तपुरलगायतका जिल्लाका इतिहास, संस्कृति, पुरातत्वलगायत अन्य विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।
लेखक प्राडा श्रेष्ठका यसअघि पनि एक दर्जन वढी पुस्तकहरु प्रकाशित भइसकेका छन् । उनी इतिहास एवं संस्कृतिका विषयमा निरन्तर अध्ययन, अध्यापन र अनुसन्धान गरिरहेका छन् । न्युज कारखाना

 राैतहट,२८ गते फागुन ।

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका जारी नगर स्तरीय वाड अध्यक्ष फुटबल कपको उपाधि वाड नं. ३ ले हात पारेको छ । चन्द्रपुर नगरपालिका वाड नं. ४ को आयोजनामा भएको सोमबार सम्पन्न फाइनल खेलमा वाड नं. ५ लाइ हराउदै वाड नं. ३ ले उपाधि हात पारेको हो ।

 

खेलको समयभरी दुबै टिमले गोल गर्न नसकेपछि भएको ट्राइबेकरमा वाड नंं ३ ले वाड नं. ५ को टिमलाइ हराएको थियो । ट्राइबेकरमा वाड नं. ३ ले ५ गोल गरेको थियो भने वाड नं. ५ ले ४ गोल गर्न सफल भएको थियो । बिजेता वाड नं. ३ ले नगद ३० हजार र ट्राफी हात पारेको छ भने उपबिजेता वाड नं. ५ ले नगद २० हजार र ट्रफि हात पार्न सफल भएको थियो ।

 

पुरस्कार बितरण गदै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले यस्ता किसिमका खेलले आपसी सदभाब बढाउनुको साथै खेल क्षेत्रको पनि बिकाश हुने बताउनु भएको छ । फुटबल खेलको बिकाशको लागी आफुले सक्दो सहयोग गदै आएको उहाले बताउनु भयो । उक्त वाड अध्यक्ष फुटबल कपको उत्कृष्ठ खेलाडी वाड नं. ३ टिमका रुपेश धामीले हात पारेका छन । धामीले नगद ५ हजार सहित ट्रफी पाएका छन ।

 

यसैगरी उत्कृष्ठ फर्वाडमा वाड नं. ३ कै जर्सी नं. १० का सरोज लामाले नगद ३ हजार सहित ट्रफी र उत्कृष्ठ गोल रक्षकमा वाड न.ं ३ का निरज धामीले नगद ३ हजार सहित ट्रफी हात पारेका छन । यसैगरी वाड नंं ५ को टिमबाट उत्कृष्ठ मिड फिल्डरमा सुरेश पौडेलले नगद ३ हजार सहित ट्रफि र उत्कृष्ठ डिफेन्डरमा बिष्णु कार्कीले नगद ३ हजार सहित ट्रफी पाउन सफल भएका छन । बिजेता र उप बिजेता टिमलाइ नगर प्रमुख काफलेले पुरस्कार बितरण गर्नुभएको थियो । उक्त वाड अध्यक्ष फुटबल कपमा चन्द्रपुर नगरपालिकाको १० वटै वाडहरुको १० वटा टिम सहभागी भएको थियो ।

 

उक्त समापन कार्यक्रम आयोजक चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष रबि राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । वाड अध्यक्ष राना मगरले खेललाइ भब्य र सब्य बनाउन सहयोग गर्नुहुने सबैलाइ धन्यवाद ज्ञापन गर्नुभएको छ । रौतहट मै पहिलो पटक भएको वाड अध्यक्ष कप पुर्ण रुपमा सफल भएको उहाको भनाइ रहेको थियो ।

 

वाड नं. ४ ले खेल क्षेत्रको बिकाशको लागी काम गदै आएको बताउनु हुदै वाड अध्यक्ष राना मगरले यस वाड अध्यक्ष कप प्रतियोगितालाइ निरन्तरता दिने प्रतिबद्धता समेत गर्नुभएको छ । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख शुशिल आचार्य, अखिल नेपाल फुटबल संघका मधेश प्रदेश अध्यक्ष नेपाल कार्की,रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी,चन्द्रपुर नगरपालिकाका वाड नं. ५ का वाड अध्यक्ष निलहरी कोइराला,वाड नं. २ का वाड अध्यक्ष दुत्त बहादुर थिङ,वाड नं. ३ का वाड अध्यक्ष बोधनाथ देबकोटा,वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी लगायतको उपस्थीती रहेको थियो ।

राैतहट,२८ गते फागुन ।

रौतहट जिल्लाको गौरमा जारी रहेको पालिका कप क्रिकेट प्रतियोगितामा सोमवार भएको दुइ खेलमा कटहरिया नगरपालिका र गढ़ीमाई नगरपालिका बिजयी भएको छ !

 

No description available.

दिउँसो १ बजे देखि भएको दोस्रो खेलमा ईशनाथ नगरपालिकालाइ ४ विकेटले पराजित गर्दै कटहरिया नगरपालिका प्रतियोगितामा पहिलो जित दर्ज गरेका हुन । पहिलो बैटिंग गरेका ईशनाथ नगरपालिकाले १८ ओभर ५ बलमा १० विकेटको क्षतिमा १०२ रनको सामान्य स्कोर खड़ा गरेका थिए । ईशनाथ नगरपालिकाको तरफबाट मुस्कान आलम सवै भन्दा बढ़ी २३ रन बनाएका छन ।

No description available.

बॉलिंग तरफ कटहरिया नगरपालिकाका संजीव अधिकारी ३ , दीपू साह २ सेस यादव २ विकेट हात परेका छन । जितको लागि पाएका १०३ रनको लक्ष्यको पूरा गर्न बल्लेबाजी गर्न आएका कटहरिया नगरपालिकाले १९ ओभर १ बलमा ६ विकेट गुमाउदै १०६ रन बनाएर जित सुनिश्चित गरेको आयोजक रौतहट जिल्ला क्रिकेट संघले जनाएको छ ।

कटहरियाको तरफबाट नरेश साह २६ , अविराज पटेल २१ रन टीमको लागि योगदान दिएको थियो ।

काठमाडौं, २९ फागुन ।

राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुदैँछ ।

 

संसद सचिवालयले हिजो सार्बजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बिचमा प्रतिस्पर्धा हुदैछ ।

 

संसद सचिवालयका अनुसार बिहान ११:०० बजे निर्वाचन प्रकिया सुरू हुनेछ ।

 

संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार दाहाल र प्रतिपक्षीवाट शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

 

दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र  मोहम्मद खालिद (जसपा) रहेका छन् ।

उता प्रतिपक्षबाट
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार शर्माको प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना
समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा) रहेका छन्। न्युज कारखाना

काठमाडौं, २८ फागुन ।

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको बैठक सोमबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नगरी बोलाइएको छ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। त्यस अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। माओवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन पार्टीका सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ।न्युज कारखाना

काठमाडौं, २८ फागुन ।

राष्ट्रिय  प्रजातन्त्र पार्टीको कार्यसम्पादन समिति बैठकले १४ वटा निर्णय गरेको छ।

सोमबार पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा सहभागी नहुनेसहित १४ वटा निर्णय गरेको हो।

यस्ता छन् अरू निर्णय:

१. राप्रपाले नेपाल सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने पार्टीको पूर्ववत निर्णय रहेकोमा एसईइ परीक्षाको समय र लाखौं विद्यार्थी, अभिभावकको असुविधा र संवेदनशीलतालाई ध्यान दिई काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति परिवर्तन गर्ने र चैत २७ गते गर्ने निर्णय गरिएको छ। साथै पार्टीले गर्न लागेको बृहत् जनप्रदर्शनको स्वरूप तय गर्न पार्टीका वरिष्ठ नेता उपाध्यक्षहरू र सबै उपाध्यक्षहरू रहने गरी समिति गठन गर्ने र सो समितिले तीन दिनभित्र अध्यक्षलाई प्रतिवेदन दिने निर्णय गरिएको छ।

२. राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको छ। प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको छ।

३. राष्ट्रिय राजनीतिमा केन्द्रीय स्तरमा हुने निर्णय प्रदेशस्तरमा हुनु, गरिनु उपयुक्त होइन यो दृष्टिकोणलाई हाल कोसी प्रदेशको सभामुखको चुनावमा उपेक्षा भएको छ। भविष्यमा यस्तो घटना दोहोरिन नदिने निर्णय भएको छ।

४. फागुन २७ गते कार्यसम्पादन समितिको बैठकका क्रममा खानाका लागि बैठक स्थगन गरेको समयमा कार्यसम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठमाथि अप्रत्यासित रूपमा भएको आक्रमण आपत्तिजनक र निन्दनीय भएको ठहर गर्दै आक्रमणप्रति बैठक गम्भीर खेद व्यक्त गर्दछ। तत्काल सामाजिक सञ्जालमा आएका भिडिओ, घटनास्थलमा देखिएका नेता र पीडित समेतबाट जानकारी लिएर थप अनुसन्धान समेत गरी ४८ घण्टामित्र अनुशासनको अधिकतम कारबाहीका लागि पेश गर्न केन्द्रीय अनुशासन समितिमा कार्यसम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठको निवेदन पठाइनेछ। अनुशासन समितिको सिफारिसलाई कार्यान्वयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई प्रदान गरिएको छ। अन्य कानुनी कारबाहीका लागि पीडित डा. श्रेष्ठले सम्बन्धित निकायमा निवेदन दिनेछन्।

५. इलाममा हुने प्रतिनिधि सभाको र बझाङमा हुने प्रदेश सभाको उपनिर्वाचनमा पार्टी सहभागी हुने निर्णय गरिएको छ। साथै, उम्मेदवार छनोटका लागि सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्लाको अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने निर्णय गरिएको छ।

६. चालिस वर्ष मुनिका केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा र चालिस वर्ष मुनिकालाई खुला रूपमा केन्द्रीय सदस्यमा चयन गर्ने वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको कार्यदलले तयार पारेको आधारलाई परिमार्जनसहित स्वीकृत गरिएको छ। साथै, खुला केन्द्रीय सदस्य छनोट गर्न वरिष्ठ नेता उपाध्यक्ष ध्रुब बहादुर प्रधानको संयोजकत्वमा डा. गीताभक्त जोशी र डा. जयन्तनाथ खनाल सदस्य रहने समिति गठन गरिएको छ।

७. पार्टीको जिल्ला कार्यसमितिको निर्वाचन गर्नुपर्ने अवस्थाका लागि पार्टीका केन्द्रीय सम्पादन समितिका सदस्य तोरण बहादुर गुरूङलाई निर्वाचन समितिको अध्यक्ष तोक्ने र सदस्यको हकमा पछि अध्यक्षले मनोनयन गर्ने गरी निर्णय गरिएको छ।

८. राष्ट्रिय प्रजातान्त्रिक इन्जिनियर्स संगठनको भेलाले इन्जिनियर अमित ढुंगानाको अध्यक्षतामा गठन भएको कार्यसमितिलाई मान्यता प्रदान गर्ने निर्णय गरिएको छ।

९. नविन राप्रपा कार्ययोजना २०८० को म्याद २०८० चैतसम्म रहेकोमा पार्टीको आन्दोलनका कारण भूगोल केन्द्रित जिम्मेवारीमा रहेका सदस्यहरू आन्दोलनको कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले भूगोल केन्द्रित जिम्मेवारीको म्याद २०८१ असारसम्म थप गर्ने निर्णय गरिएको छ।

१०. पार्टीको अनुशासन उल्लंघन सम्बन्धमा परेका उजुरीहरूमाथि केन्द्रीय अनुशासन समितिबाट प्राप्त सिफारिसहरूमध्ये बाँके र शंखरापुर नगर कार्यसमिति बाहेकका विषयमा समितिको सिफारिस अनुसार गर्ने, बाँके तथा शंखरापुरको हकमा बरिष्ठ नेता उपाध्यक्ष विक्रम पाण्डे र बागमती प्रदेश अध्यक्ष बिक्रम बहादुर थापालाई शंखरापुर र बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र लुम्विनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयलाई बाँकेको समस्या समाधानका लागि एकपटक मेलमिलापको प्रयास गर्ने जिम्मेवारी प्रदान गरिएको छ। गत आमनिर्वाचनमा बाँके क्षेत्र नं. १ को प्रतिनिधि सभा र प्रदेश सभामा क्रमशः प्रदीप शाह र अर्जुनजंग शाहले पार्टीको निर्णयविपरीत उम्मेदवारी दिई पार्टी अनुशासन उल्लंघन गरेकाले एक वर्षका लागि पार्टीबाट निष्कासन गर्ने। तर, निजहरूले आत्मालोचनासहित पार्टीमा फर्किन चाहे साधारण सदस्यता लिई पार्टीमा प्रवेश गर्नसक्ने निर्णय गरिएको छ।

१९. मिटरब्याज, सहकारी, लघुवित्त, बैंक तथा वित्तीय संस्थाका कारबाहीका कारण समस्यामा परेका ऋणी तथा बचतकर्ताहरूको समस्या समाधानका लागि भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उक्त समस्या तत्काल समाधान गर्न राप्रपा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गराउँदछ।

१२. रूसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्ताको व्यवस्थाका लागि कूटनीतिक पहल गर्न, युद्धका क्रममा ज्यान गुमाउन पुगेकाहरूको शव ल्याउन आवश्यक पहल गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न नेपाल सरकारसँग राप्रपा माग गर्दछ।

१३. दुग्ध किसान तथा उखु किसानको भुक्तानी दिन बाँकी रकम तत्काल भुक्तानी पाउने व्यवस्था गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ।

१४. सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्द बहादुर पुन र उनका छोरा जितेन्द्र पुनको संलग्नतासम्बन्धी भिडिओ सन्चार माध्यममा सार्वजनिक भएको विषयमा छानबिन गरी तत्काल कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन राप्रपा सरकारसँग माग गर्दछ।न्युज कारखाना

रौतहट २८ फागुन ।

रौतहटको कटहरिया बजारस्थित एक हार्डवेयरको गोदामामा आगलागी हुँदा लाखौंको प्लास्टिक पाइप जलेर नष्ट भएको छ।

गोदाममा आगलागी हुँदा झण्डै दुई लाख रुपैयाँभन्दा बढीको पाइप जलेर नष्ट भएको हो। सोमबार अपरान्ह विधुत सर्ट भएर गोदाममा भएको आगलागीबाट दुई लाख बढी मूल्यको ९५ क्वाएल पाइप जलेर नष्ट भएको पीडित साहले बताएका छन्।

घटना लगतै इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ट सई अरूण कुमार सिंहको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको थियो। आगलागीबाट दुई लाख बढीको क्षति भएको तथा घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।न्युज कारखाना

काठमाडौं, २८ फागुन । 

साहित्यकार कृष्ण पनेरु वञ्चित सम्मानित भएका छन्। कैलालीको अत्तरिया निवासी साहित्यकार वञ्चितलाई गोदावरी नगरपालिका-२ तेघरीस्थित श्री जनकल्याण इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा सम्मानित गरेको हो।

पनेरुका आधि दर्जनबढी पुस्तकसमेत प्रकाशित छन्। उनी डोटेली भाषामा पनि साहित्य सिर्जना गर्दै आएका छन्। प्रतिभा पुस्तकालयका पूर्वअध्यक्ष समेत रहेका वञ्चित साहित्यिक संघ-संस्थाको विकासमा समेत उत्तिकै सक्रिय छन्।

विद्यालयले आफ्नो योगदानको कदर गर्दै सम्मान गरेकोमा यस क्षेत्रमा थप सक्रिय र जिम्मेवार हुन ऊर्जा प्राप्त भएको उनले बताए। आगामी दिनमा पनि यसै क्षेत्रमा रहेर साहित्य क्षेत्रमा सक्रिय रहने पनेरुको भनाइ छ।न्युज कारखाना

रौतहट २८ फागुन ।

देशकै आर्थिक नगरी वीरगञ्ज–रक्सौलबीच मितेरी पुलबाट चेकपोष्ट हटेसँगै आवतजावत गर्ने यात्रुलाई सहज भएको छ। गत असोजदेखि स्थापना भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को चेकपोस्ट सोमबारदेखि हटाइएसँगै यात्रुलाई सहज भएको हो।

पाकिस्तानलगायत तेस्रो मुलुकबाट आउने नागरिकको निगरानी गर्ने भन्दै एसएसबीले गत असोज ३ गतेदेखि मितेरी पुलमा चेकपोस्ट खडा गरेको थियो। एसएसबीको केन्द्रीय निर्देशन अनुसार बिरगञ्ज नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउनुपर्ने भएकाले चेकपोस्ट स्थापना गरिएको थियो।

एसाएसबिको चेकपोष्टको कारण पुलको बाटो सांघुरो भएकाले आवतजावत गर्न यात्रुहरूलाई सास्ती भएपछि  चेकपोस्ट हटाउने निर्णय गरिएको एसएसबीका अधिकारीहरूले बताएका छन्।

चेकपोस्ट स्थापनाले नेपाली यात्रुलाई सास्ती भएको जनगुनासो बढेपछि स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र नागरिक समाजका अगुवाहरूले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको  ध्यानाकर्षण समेत गराएका थिए। एसएसबीका जवानहरूले केहीदिन अघी नेपाली युवकसँग दुर्व्यवहार गरेपछि पोस्ट हटाउने दबाब  बढेको थियो।

दुवै देशका सुरक्षा अधिकारी बीच केहीदिन अघि भएको छलफल पछि चेकपोस्ट हटाईएको बिरगंजका सुरक्षा अधिकारीले बताएका छन्।

दुईदेशबीच सदियौं देखि चलेको बेटी रोटीको सम्बन्धलाई मध्यनजर गर्दै हाल मितेरी पुलबाट चेकपोस्ट हटाउने निर्णय गरिएको भारतीय प्रहरीले जनाएको छ।न्युज कारखाना

काठमाडौं, २८ फागुन।

प्रहरीले नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ। आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराले बताए।

आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए। स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गेली होटलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको थियो।

प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगञ्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको एसपी बोहराले जानकारी दिए। उनीहरुको साथबाट भारतीय रुपैयाँ ११ लाख रुपैयाँ पनि बरामद भएको एसपी बोहराले बताए।

त्यस्तै, बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगञ्जका सलिम जोलाहा र हसिक अन्सारी परेका छन्। उनीहरुको साथबाट ३४ लाख नेपाली रुपैयाँ र ४ लाख ४० हजार भारतीय रुपैयाँ बरामद भएको एसपी बोहोराले बताए।

बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ। यद्यपि, पुष्टि भएको छैन।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।