राजिव साह,सर्लाही, १६ गते वैशाख । २०८२
लोकतान्त्रिक मुस्लिम संघले आफ्नो केन्द्रीय समितिको नयाँ नेतृत्वको घोषणा गरेको छ। संघका केन्द्रीय संयोजकमा बारा निवासी डा. कमरुल्लाह अंसारी चयन भएका छन्। संघले एक प्रेस विज्ञप्तिमार्फत नयाँ केन्द्रीय समिति गठनको जानकारी दिएको हो।
संघका अनुसार केन्द्रिय उपाध्यक्षमा मन्सारुल हक (रौतहट) र तबरेज अख्तर आलम (मोरङ) चयन भएका छन्। महासचिवमा कमिल खान (कास्की) रहेका छन् भने केन्द्रीय कोषाध्यक्षमा मोसतकिया नेसा खतुन (बारा)नियुक्त भएका छन्।
२०७८ सालमा स्थापना भएको लोकतान्त्रिक मुस्लिम संघले मुलुकको लोकतान्त्रिक आन्दोलन, मुस्लिम समुदायको अधिकार र पार्टीगत सहभागिता सुनिश्चित गर्न विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बज्जिकाञ्चल संवाददाता, रौतहट, १६ गते वैशाख । २०८२
मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल जिल्ला कार्यसमिति रौतहटले रौतहट जिल्ला अदालत गौर अगाडि धर्ना दिएका छन् ।
फर्जी तमसुक खारेज, किसानको जग्गा फिर्ता, पक्राउ पुर्जी खारेजी लगायतका माग राखी गौर नगर परिक्रमा गर्दै अदालतको गेटमा धर्ना दिएको मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल जिल्ला कार्य समिति रौतहटका जिल्ला अध्यक्ष शिवशङ्कर महतोले बताउनुभयो ।

धर्ना कार्यक्रम अगाडि मजदुर किसानले जिल्ला अदालतका श्रेस्तेदारमार्फत मुख्य न्यायाधीशलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको लामो सङ्घर्ष पश्चात शोषित उत्पिडित जनसमुदायको पक्षमा अनुचित लेनदेनविरुद्ध कानुन आए पनि पीडितको हकमा कार्यान्वयन नहुँदा निराशा थपिएको ज्ञापनपत्रमा भनिएको छ ।
सम्मानित अदालतले न्यायिक सङ्घर्षको मर्मलाई ध्यानमा राखी पिडित पक्षलाई न्याय दिलाउन पिडितविरुद्ध फैसला तत्काल स्थगित गरि पुनरावलोकन गर्न मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको माग रहेको छ ।
सभार गोरखापत्र




बज्जिकाञ्चल संवाददाता,भक्तपुर १६ गते वैशाख ।।
ठूलोले जे गरे पनि हुने, सानोलाई मात्रै कानुन लाग्ने भन्दै भक्तपुरको काक्राबारीका जनताले प्रश्न तेर्साएका छन् । सियो खसेको देख्ने वडा अध्यक्ष अनि नगरपालिकाले तीस वढी डोजर दैनिक चलाउँंदा किन देखेनन् भनी स्थानीयले प्रश्न उठाएका हुन् । भक्तपुरको रोल्पा रुकुम भनेर चिनिने जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ कांक्राबारीमा पूरै क्षेत्रमा झण्डै तीन दर्जन डोजरहरु दिनरात चले पनि उनीहरुमाथि कारबाही नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
यो ठाउँ जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ (साविक नंखेल गाविस वडा नं. ४ क र ख) काँक्रा बनस्थित घिसिङ डाँडामा रहेको छ । यो आयोजना निक भुजिकिक हाउजिङ् कम्पनीले सञ्चालन गरिहेरको हो ।
टाढाबाट हेर्दा कमिला जत्रा देखिने डोजर तथ स्काईभेटर चलाएर सामुदायिक भित्री बनको क्षेत्र अतिक्रमण गरेर काम भइरहेको महिनौ विते पनि कसैले वास्ता नगरेको भन्दै स्थानीयले पत्रकारहरुसँंग हारगुहार मागेका छन् । वन क्षेत्रमा रहेको स्थानीय जनताले प्रयोग गर्दै आएको खानेपानीको मूल तथा पानी, पर्धेर, कोलो, बाटो पुर्नुका साथै खानेपानीको पाइपलाइन समेत क्षतविक्षत गरेर स्थानीयलाई खानेपानीबाट बञ्चित गरेको उनीहरुले बताए । आयोजनाले जंगलबाट घासपात समेत ल्याउने बाटो समेत अवरोध भएको स्थानीयले बताए ।
उक्त कम्पनीले डोजर चलाउँदा परम्परादेखि रहँदै आएको खोल्साखोल्सी समेत पुरिएर पानीको निकास समेत थुनिएको हुँदा वर्षामा आउने भेल बाढीले स्थानीयको घरबारी समेत बगाउने खतरा बढ्दो छ । घिसिङ् टोलमा आयोजना सञ्चलान गर्दा घिसिङ् टोलभन्दा मुनि रहेको लामाटोल अति जोखिममा पर्न गएको छ । आयोजनाले स्थानीय जनताको सहमति विना जबरजस्ती व्यक्तिको जग्गा समेत खनेर व्यक्तिको बसोबास रहेको घरसमेत स्थानान्तरण गर्न बाध्य पारेको जनाइएको छ ।
वन क्षेत्रको जैविक विविधता, पर्यावरण र स्थानीय जनताको जीवनमा समेत गम्भीर असर पर्ने गरी सरकारी र सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर निक भुजिकिक हाउजिङ कम्पनीले प्लटिङ्ग आयोजना सञ्चालन गरेको हुँदा सो आयोजना तत्काल रोक्का गरी वन–जंगल र प्राकृतिक पर्यावरण बिगार्ने काममा संलग्न हाउजिङ् कम्पनीका डिल्ली बराइली, प्रविण कुस्मा र जग्गाधनी भनिने सुधिरकुमार अधिकारी र यसै स्थानका शंकर तामाङ र हाउजिङ्ग कम्पनीसँगको अवैध प्रतिवद्धतामा वन–जंगल अतिक्रमण गर्न सहमति दिने सबैलाई कारवाही गर्न उनीहरुले जिल्ला प्रशामशन कार्यालय भक्तपुर, जिल्ला वन, सूर्यविनायक नगरपालिका, वडा कार्यालयसमेतलाई ज्ञापनपत्र बुझाइसके जनाए । तर कसैले पनि केही कदम नचालिदिएको भन्दै स्थानीयले मंगलबार त्यहाँं पुगेका पत्रकारहरुसँंग सहयोगको याचना गरे ।
यसैका लागि स्थानीयले संघर्ष समिति पनि गठन गरेका छन् । गठित संघर्ष समितिको अध्यक्षमा स्थानीय प्रेमबहादुर तामाङ रहेका छन् । उपाध्यक्षमा एकराज तामाङ, सचिवमा सुनिल तामाङ दोङ्ग रहेका छन् । सदस्यहरुमा बाबुराम लामा, बुद्ध लामा, शंकर लामा, ज्ञानबहादुर लामा, देवबहादुर तामाङ (लो), केशव तामाङ, सानो तामाङलगायतका रहेका छन् ।
यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको साँंगा झोलुंगे पुलबाट सिधै पहाड माथिको जंगैलैजंगलको बाटो भएर दस १२ किलोमिटर माथि पर्दछ । यहाँंको पूरै क्षेत्र जंगलै जंगल रहेका छन् । साथै फाटफुट घरहरु पनि छन् ।
सरोकारवालाहरुले वेवास्ता गरेपछि उनीहरु आफैं आन्दोलनको तयारीमा जुटेका छन् । यहाँंको पूरै वस्ती तामांग रहेका छ ।
आरके श्रीवास्तव,गरुडा,१५ गते वैशाख ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका–२ शितलपुर बैरगनियाका किसान भूपनारायण सिंह निकै खुसी भएका छन् । वडा कार्यालयबाट निःशुल्क रुपमा औषधी छर्ने स्प्रे ट्यांकी पाएपछि कुशवाहा खुसी भएका हुन् ।
फतुवा बिजयपुर–२ को वडा कार्यालयले १ सय किसानलाई निःशुल्क स्प्रे ट्यांकी प्रदान गरेको छ । वडाध्यक्ष अनरिुद्ध प्रसाद यादव उर्फ संजयले १ सय किसानलाई निःशुल्क स्प्रे ट्यांकी प्रदान गरेका हुन् । वडाध्यक्ष यादवले किसानलाई सम्मान गर्दै वडास्तरीय योजना तथा बजेटबाट केही सहुलियत प्रदान गरेको बताएका छन् । वडाको ६ लाखको लागतमा ती किसानलाई स्प्रे ट्यांकी दिएर सम्मानित गर्न पाउँदा आफूलाई पनि हर्ष लागेको वडाध्यक्ष यादवको भनाइ छ ।

स्थानीय रामअश्रे राउतले स्प्रे ट्यांकी प्राप्त गरेपछि खुसी व्यक्त गर्दै आफूले लगाएको बालीनालीमा औषधी छर्न समस्या हुनेगरेको थियो । अब उपरान्त उक्त समस्या हटेको बताए । राउतले स्प्रे ट्यांकी पाएपछि किसानको खेतमा लाग्ने किरा मार्न सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।
यसै गरी अर्का किसान मौजेलाल राय यादवले वडाध्यक्ष यादवलाई धन्यवाद दिँदै गरिव तथा दलित किसानलाई सहयोग गरेको भन्दै खुसी व्यक्त गरेका छन् । रामले भने,‘अब औषधी छर्न सहुलियत भएको छ । गरिव तथा दलित किसानको लागि औषधी छर्न स्प्रे ट्यांकी नहुँदा
समस्या हुने गरेको थियो । वडा कार्यालयले दिएको स्प्रे ट्यांकी निकै उपयोगी हुनेमा हामी ढुक्क छौं ।’
वडाध्यक्ष यादवले किसानको काममा सहयोग हुने विश्वास आफूले लिएको बताएका छन् ।
आगामी दिनमा पनि किसानलाई सहुलियत प्रदान गर्ने योजना ल्याउन किसानसित सल्लाह गर्ने वडाध्यक्ष यादवको भनाइ छ । यस अघिपनि आफूले किसान लक्ष्ति धेरै कामहरु गरेको बताए ।
सो वडा कृषकहरूकै बाहुल्य भएकोले वडाध्यक्ष यादवले किसानलाई सोझै लाभहुने योजना सफल पारेपछि किसानहरूले प्रशंसा गरिरहेका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण हुलाकी राजमार्ग निर्माण हुन नसकेको बताएका छन् । एमालेको मधेस विरोधी सोचका कारण हुलाकी राजमार्ग समयमै निर्माण हुन नसकेको उनले बताए ।
प्रतिनिधि सभाको आज (सोमबार) बसेको बैठकमा साहले हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडक खण्ड अन्तरगतको कलैया बजार क्षेत्रमा पर्ने ३ किलोमिटर सडक बर्षौदेखी ठेक्का भएर पनि निर्माण नहुनुको कारण सरकारसंग जवाफ माग गरेका छन् ।
‘हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडक अन्तरगतको कलैया बजार क्षेत्रमा पर्ने सडक निर्माण हुन नसक्दा सर्वसधारणले सास्ती खेप्नुपरेको छ । बर्षाका कारण अहिले हिलामय बनेको छ । १० बर्षौदेखी बनाउन शुरु गरिएको सो सडक ठेकेदारले समयमै नबनाउँदा उसमाथि कानून लाग्छ कि लाग्दैन्,’ आजपा अध्यक्ष साहले भने, ‘खासगरी प्रधानमन्त्रीसंग मेरो प्रश्न छ, त्यहाँबाट एमालेकै मेयर, विधायक, सांसद जितेको छ । भौतिक मन्त्री, अर्थमन्त्री पनि एमालेकै छ । प्रधानमन्त्री पनि एमालेकै छ । तर पनि ३ किलोमिटर सडक कालोपत्रे हुन नसक्नुको कारण के छ ? सरकारले जवाफ दिनुपर्छ ।’
सरकारकै लापरवाहीले मटिअर्वा–कलैया–पिलुवा सडक निर्माण सम्पन्न नहुँदा सर्वसधारणले सास्ती खोप्न बाध्य भएको उनले बताए । ठेक्का लागेको बर्षौ भए पनि निर्माण कार्य किन तोकिएकै समयमा सम्पन्न भएन त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग उनले गरे ।
यस्तै आजपा अध्यक्ष साहले हिजोराती आएको हावाहुरी र असिनापानीका कारण मधेस पुरै प्रभावित भएको बताए । बारा, रौतहट, पर्सा सहितका मधेसका जिल्लामा सर्वसधारणको बालीनालीमा क्षति पुगेको र जनजिवन प्रभावित भएको छ ।
आँप, लिचि सहित तरकारी खेतीमा क्षति पुगेको बताउदै उनले किसानलाई राहत दिनुपर्ने माग सरकारसंग गरे । प्राकृतिक प्रकोपबाट पीडितलाई राहत तथा अवरुद्ध सेवाहरु सूचारु गर्नका लागि उनले सरकारसंग जोडदार माग गरेका छन् ।
‘किसानको आँप, लिचि सहित तरकारी खेतीमा क्षति पुगेको छ । गरिबका घरको छाना उडाएको छ भने कतिपयको घर भत्किएको छ । बिधुतका पोल ढलेर बिधुत अवरुद्ध छ, सञ्चार सेवा पनि अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ,’ आजपा अध्यक्ष साहले भने ।
आरके श्रीवास्तव,राैतहट,१५ गते वैशाख ।
लाेकतान्त्रिक समाजवादी पार्टी नेपाल(लाेसपा) निकट लाेकतान्त्रिक मुस्लिम संघले मधेस प्रदेशका जिल्लाहरूमा जिल्ला अध्यक्ष ताेकेकाे छ । संगठनका केन्द्रीय संयाेजक डा.कमरूल्लाह अन्सारीले एक पत्र जारी गरि सबै जिल्लाका अध्यक्षहरूकाे नामावली सार्वजनिक गरेका हुन् ।
महाेत्तरी निवासी कलामुदिन राईनलाई मधेस प्रदेशकाे संयाेजकमा मनाेनयन गरिएको उनले जानकारी गराएका हुन् ।
त्यस्तै पर्सा जिल्ला अध्यक्षमा कलिमुदिन मियाँ,बारा जिल्ला अध्यक्षमा लाल महम्द अन्सारी,राैतहट अध्यक्षमा नजिर अन्सारी रहेका छन् ।

त्यसैगरी सर्लाही जिल्ला अध्यक्षमा अब्दुल रजाक,महाेत्तरी जिल्ला अध्यक्षमा माेहम्द असलम शेख,धनुषा जिल्ला अध्यक्षमा राजाबाबु नदाफ र सप्तरी जिल्ला अध्यक्षमा ई.इर्शाद अलिलाई चयन गरिएको हाे ।
सिरहा जिल्लामा भन्ने जिल्ला अध्यक्ष मनाेनयन गरिएको छैन् । त्यहाँको जिल्ला अध्यक्ष पनि छिट्टै ताेकिने केन्द्रीय संयाेजक अन्सारीले बताएका हुन् ।
देश,प्रदेश,मुस्लिम एवम् पार्टीकाे हितमा वहाँहरूकाे याेगदान उल्लेखनीय रहने विश्वासका साथ जिम्मेवारी दिएकाे उनले बताएका छन् ।
आरके श्रीवास्तव,गरुडा,१५ गते वैशाख ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेश कार्यालय उद्धघाटन भएको छ । पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले कार्यालयको आइतवार उद्घाटन गर्नु भएको हो ।

जनकपुरधाम बलवाटोल स्थित प्रादेशिक कार्यालय उद्घाटन गर्दै अध्यक्ष ठाकुरले नेपाली जनता विगतदेखि नै विभिन्न किसिमका आतङ्क र उत्पीडनको सिकार रहँदै आएको बताएका छन् । भारतको कश्मीरस्थित पहलगाम क्षेत्रमा भएको निर्दोष पर्यटकहरूमाथिको आतंकवादी आक्रमणको चर्चा गर्दै ठाकुरले धर्म र जातका आधारमा निर्दोषको हत्या गर्नु निन्दनीय कार्य भएको बताए ।

उनले भने—मानवता र सहिष्णुतामाथि भएको आक्रमणलाई गम्भीर चिन्ताको विषय छ । नेपालभित्र समेत पछिल्ला दिनहरूमा धर्म र जातको नाममा घृणा र द्वन्द्व फैलाउने प्रवृत्तिहरू देखिएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष ठाकुरले सबै नेपाली समुदायबीच समानता, सद्भाव र सहकार्यको आवश्यकता अपरिहार्य रहेको बताए ।

उहाँले भन्नुभयो, “नेपाल बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक देश हो, यहाँ सबै धर्म र जातको सम्मान र विकासले मात्र मुलुक समृद्ध बन्न सक्छ ।” धार्मिक राष्ट्र घोषणा सम्बन्धी उठिरहेको बहसप्रति टिप्पणी गर्दै उहाँले भने, “हिन्दु राष्ट्र बनाउनु ठूलो कुरा होइनस हिन्दु राष्ट्र घोषणा गर्दैमा पशुपतिनाथको लड्डु आफै घर–घरमा पुग्दैन् ।
जबसम्म सबै वर्ग र समुदायको समान अधिकार सुनिश्चित हुँदैन, तबसम्म देशमा वास्तविक विकास र समृद्धि सम्भव हुँदैन् ।

त्यस्तै कार्यक्रममा लोसपा नेपालका बरिष्ठ नेता एवम् श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले प्रादेशिक कार्यालय उदघाटन गर्नु पार्टीको लागि गर्वको विषय भएको बताए । पार्टीको आगामी अधिवेशनमा लागेको बताउँदै पार्टीलाइ चलायमान बनाउनको लागि अधिवेशन आवश्यक रहेको भन्दै यसमा लाग्न उनले सम्पूर्ण नेता कार्यकर्ताहरुमा आग्रह गरेका छन् ।

यसैगरी मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पार्टी पदाधिकारीमा सबैपार्टी भन्दा धनी लोसपा नेपाल रहेको बताएकी हुन् । एक जिल्लामा मात्र काम गरेर हुँदैन् आठै जिल्लामा पार्टीको गतिविधी बढाउनु पर्नेमा उनले जोड दिएकी हुन् ।
त्यस्तै लोसपा नेपाल मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले प्रादेशिक कार्यालयब बाट ८ वटै जिल्लाको काम यसै कार्यालयबाट हुने बताए । लोसपा नेपाल मधेश प्रदेश कमिटीका अध्यक्ष सोनलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका महासचिव द्धय डा।सुरेन्द्र कुमार झा,मनिष मिश्र,मधेश प्रदेश संसदीय दलका नेता जयनुल राईन,प्रमुख सचेतकरमिता प्रधान, मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी,लोसपा नेपालका केन्द्रीय सदस्य रामप्रवेश दास,लोकतान्त्रिक मुस्लिम संघका केन्द्रिय संयोजक करुल्लाह अन्सारी लागयत लोसपाका नेता कार्यकर्ताहरू सहभागिता थियो ।
उदघाटन कार्यक्रममा पार्टीको भण्डातोलन पनि राष्ट्रिय अध्यक्ष ठाकुर सहित लोसपाका शिर्ष नेताहरु द्धारा गरिएको थियो ।

लोसपा नेपालको मधेश प्रदेश कार्यालय उघाटन गर्नु जनकपुर आइपुग्नु भएका पार्टीका अध्यक्ष महन्थ ठाकुरलाइ भव्य स्वागत गरिएको थियो । फोटो फिचरः


काठमाडौं १५ गते बैशाख ।
नेपालको अग्रणी सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश गरेको छ । यस उपलब्धिको अवसरमा कम्पनीले आफ्ना ग्राहकका लागि विशेष ‘१५ प्रतिशत छुट’ अफर घोषणा गरेको छ ।
सन् २०१० मा वीरगञ्ज, मधेश प्रदेशबाट सुरू भएको डाइनामिक टेक्नोसफ्टले आज नेपाल, भारत र जापानमा गरी २२०० भन्दा बढी ग्राहकहरूको साथ विश्वास हासिल गरेको छ ।
यस कम्पनीले शिक्षा, स्वास्थ्य, निर्माण, सेवा लगायतका क्षेत्रमा डिजिटल रूपान्तरणलाई सहज बनाउने उद्देश्यले डाइनामिक ईआरपी, एकेडेमिक ईआरपी, हस्पिटल ईआरपी, मेम्बरशिप ईआरपीजस्ता अत्याधुनिक सफ्टवेयरहरू विकास तथा विस्तार गर्दै आएको छ ।
डाइनामिक टेक्नोसफ्ट आन्तरिक राजस्व विभागद्वारा प्रमाणित नेपालकै पहिलो ईआरपी प्रोभाइडर कम्पनी हो । यस कम्पनीसँग देशभर ५० भन्दा बढी आधिकारिक डिलरहरू र १०० भन्दा बढी प्राविधिक विज्ञहरूको दक्ष टिम रहेको छ ।
डाइनामिक टेक्नोसफ्टले शिक्षा क्षेत्रमा ८०० भन्दा बढी विद्यालय र कलेजहरूलाई सेवा दिइरहेको छ भने स्वास्थ्य क्षेत्रमा १०० भन्दा बढी अस्पताल तथा मेडिकल कलेजहरूसँग सहकार्य गरिरहेको छ ।
यसबाहेक कम्पनीको ईआरपी सोलुसन नेपालका विभिन्न पालिकाहरूमा समेत प्रयोग भइरहेको छ ।
डाइनामिक टेक्नोसफ्टले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारतर्फ पनि आफ्नो पाइला बढाउँदै दुबई, मलेसिया र इन्डोनेसिया जस्ता मुलुकहरूमा आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको छ ।
१५ औँ वार्षिकोत्सवको अवसरमा डाइनामिक टेक्नोसफ्टका सस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत दीपक साहले भने, “१५ वर्षको यात्रामा हामीले विश्वास, प्रतिबद्धता र निरन्तर सुधारको माध्यमबाट प्रविधि क्षेत्रमा नयाँ आयाम स्थापित गरेका छौं । ग्राहकहरूप्रति हाम्रो उत्तरदायित्वलाई अझ बलियो बनाउन हामी आगामी दिनहरूमा थप नवीनतम सेवा र समाधान लिएर आउने छौं ।
१५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले आफ्ना सम्पूर्ण सफ्टवेयर उत्पादहरूमा सीमित अवधिका लागि १५ प्रतिशत छुट अफर प्रदान गरिरहेको छ ।