२०८३ कार्तिक १२
२०८३ कार्तिक १२

काठमाडौं, १० माघ ।  

जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैँछ ।

 

बालकुमारीस्थित पार्टी केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न उक्त बैठक बोलाइएको जसपा नेपालले जनाएको छ । जसअनुसार आजको बैठकबाट जिम्मेवारी नपाएका केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिइने जनाइएको छ ।न्युज कारखाना

भक्तपुर, १० फागुन । 

भक्तपुर नगरपालिका वडा नं ६ देकोचामा रहेका तीन वटा कलेजहरुका वार्षिक उत्सव बुधबारदेखि सुरु भएको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयको २४ औं, ख्वप कलेजको २२ औं, शारदा क्याम्पस माविको ३३ औं र ख्वप कलेज अफ लको प्रथम वार्षिकउत्सव कार्यक्रमको उदघाटन भएको हो ।

वार्षिकोत्सवको नेपाल मजदुर किसान पार्टीका सचिव  एवम् संघीय सांसद प्रेम सुवालले गरे ।
कार्यक्रममा सांसद सुवालले संसदबाट ख्वप विश्वविद्यालयको विधेयक पारित गराउन निरन्तर प्रयासरत रहेको बताउँदै जनतालाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने पक्षमा शासकहरुले नै बाधा पु¥याइरहेको आरोप लगाए ।

देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै देश आर्थिक र राजनीतिक रुपमा कमजोर भएमा देशको महत्वपूर्ण निर्णयमा विदेशीले हस्तक्षेप गर्दै जाने धारणा राखे । शासक दलका नेताहरुबाट नेपालका नदीनाला एक पछि अर्को गर्दै भारतलाई सुम्पने गलत काम हुँदै आएको सांसद सुवालले आरोप लगाए ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित गराउन आवश्यक पहल गरिरहेको बताए । उनले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरु बन्द, हड्तालबाट मुक्त रहेको बताए ।


बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले शैक्षिक क्षेत्रको विकास र उन्नयनमा भक्तपुर नपाबाट सञ्चालित ख्वप सर्कलअन्तर्गतका कलेजहरुले शैक्षिक प्रकाशस्तम्भको रुपमा काम गरिरहेको बताए ।


कलेज व्यवस्थापन समितिका उपाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले देश र जनताको सेवालाई केन्द्रविन्दुमा राखी नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिले काम गर्दै आएको बताइन्  विश्वविद्यालय अनुदान आयोगका निर्देशक लालप्रसाद आदेयले विश्वविद्यालयहरुले अध्ययन र अनुसन्धानमा जोड दिनुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. कुसुम शाक्यले सबै क्षेत्रमा महिलाहरुको सहभागिता उल्लेख्य रहेको बताउँदै महिलालाई शिक्षालाई अगाडि बढाउनु आजको आवश्यकता भएको बताइन् ।


भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अशोककुमार पोखरेल र ख्वप कलेज बीए, बीएसडब्लू र एमए अंग्रेजी कमिनिकी न्याइँच्याइँले पनि शिक्षा क्षेत्रका विविन्न पक्षहरुबारे चर्चा गरे ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले सम्बन्धित कलेजहरूको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।


साथै वार्षिकोत्सव अवसर पारेर कलेजले ख्वप कलेज र ख्वप माविमा अविछिन्न रुपमा दश वर्ष सेवा पूरा गरेका शिक्षक तथा कर्मचारीहरुलाई कदरपत्रका साथ सम्मान गरेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले वार्षिकोत्सवको अवसरमा आयोजित चित्रकला प्रतियोगिता, वादविवाद, दौड प्रतियोगिता, सटपुट, भलिबल, बास्केटबल प्रतियोगिताका विजेताहरुलाई मेडल र प्रमाणपत्र वितरण गरेका थिए । वार्षिकोत्सवकै अवसरमा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु पनि प्रदर्शन गरेका थिए ।न्युज कारखाना

काठमाडौं, १० फागुन ।

नेपालले साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल्दैँछ ।

यस प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो खेलमा इराकको सामना गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा हुदैँछ ।

नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरको जित हासिल गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको थियो भने पहिलो खेलमा इराक भने प्यालेस्टाइनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

 

समुह बी अन्तर्गत नै आज सिरिया र प्यालेस्टाइनबीचको खेल पनि हुदैँछ ।

 

यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइ रहेका छन् । नेपाल रहेको समूह बि मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ए मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।

नेपालले समुह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौं, १० फागुन ।

नेपाल ए र क्यानडा-११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुदैँछ ।

 

मुलपानी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार विहान ९ः३० बजेदेखि शुरु हुनेछ ।

 

यसअघि खेलेको पहिलो खेल क्यानडा- ११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ए ले जित हासिल गरेको थियो । १-१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले हासिल गर्ने छ ।

 

क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ । नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् । नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर खेल शुरु गरेको पहिलो पटक हो ।

 

क्यानडाले पनि आफ्नो आगामी लिग-२ को तयारी स्वरूप नेपाल ए सँग खेलिरहेको छ । क्यानडाले यही फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग-२ को यात्रा शुरु गर्दै छ । आजको खेलपछि क्यानडा युएई जाने छ ।न्युज कारखाना

काठमाडौं, १० फागुन ।

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।

 

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा जारी केन्द्रिय समितिको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजना माथि आज टोली प्रमुखले आ आफ्नो राय दिने छन ।

जारी बैठकमा प्रस्तुत अवधारणा माथी छलफल गरी निचोडमा पुर्‍याउनका लागि एमालले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरी  सामुहिक छलफल गरिरहेको छ ।

बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जन आधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक बिषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्ययोजना प्रस्तुत गरेका थिए, जसमा नौ समुहमा बिभाजन गरी छलफल गरिएको हो ।

 

साेही समुहले अाज प्रतिवेदनकाे निचाेड सुनाउने भएकाे हाे । न्युज कारखाना

काठमाडौं, १० फागुन ।

नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ ।

 

गत सोमवार देखी सुरू भएको महासमिति बैठकमा गत मंगलबार प्रस्तुत गरिएका पाँचवटा प्रतिवेदनमाथी हिजो समुहगत छलफल सकिए पछि आज सभापति शेरबहादुर देउवासहितले जवाफ दिनेछन ।

 

गोदावरी, ललिलपुरमा जारी महासमिति बैठक सभापति देउवाको जवाफसहित आजै सम्पन्न हुने प्रचार बिभाग प्रमुख मिन बिश्वकर्माले जानकारी दिए । उनका अनुसार हिजाको समुहगत छलफल पछि तीन ठाउँवाट सुझाव संकलन गरिएको थियो । जसअनुसार गोदावरी हलमा ११० जना, विशंखुनारायण हलमा ९५ जना र अर्को थप हलमा ९० जना सदस्यहरूले सुझाव दिएका छन । सो सुझावको आज सभापति देउवा, उपसभापति पुर्णबहादुर खडका र महामन्त्री गगन थापालगायतले जवाफ दिने कार्यक्रम रहेको छ ।

महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको थियो । जसअनुसार उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए भने महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का  महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

 

पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन पेश गरे पछि बिभिन्न समुह बनाइ छलफल गरिएको थियो ।

 

हरेक सदस्यलाइ ५ मिनेट समयमा धारणा राख्न दिइएको थियो । जसकाे जवाफ दिएर महासमिति बैठक समापन गरिने भएकाे छ ।न्युज कारखाना

काठमाडौं, १० फागुन ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। साथै गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

 

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने कोशी, मधेश र बागमती प्रदेश लगायत पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

कोशी र मधेश प्रदेश लगायत पहाडी भू-भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत  कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।न्युज कारखाना

 

 काठमाडौं १० फागुन ।

सर्वोच्च अदालतले राजनीतिमा आरक्षणको माग गर्दै दायर रिटलाई अग्राधिकार दिएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहुँच नै स्थापित हुन नसक्ने निर्वाचन पद्धतिले अन्यायमा परेको भन्दै दायर रिटलाई अग्राधिकार दिइएको सर्वोच्च प्रशासनले जनाएको छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि स्थापना भएको मायाको पहिचान नेपालका अध्यक्ष माया गुरुङ्ग समेत पाँच जनाले दायर गरेको रिट चाँडो टुङ्गो लगाउनु पर्ने प्रकृतिको देखिदा अग्राधिकार प्रदान गरिएको अदालतले जनाएको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले दिएको आदेशमा लेखिएको छ,‘प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा चाँडो टुङ्गो लगाउनु पर्ने प्रकृतिको देखिँदा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ बमोजिम अग्राधिकार प्रदान गरिदिएको छ।

No description available.

नियमानुसार पेस गर्नु।’ इजलासले म्याद सूचना तामेल भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीहरूले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ। ‘यसमा के कसो भएको होरु निवेदनको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने होरु माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद, प्रमाण सहित म्याद सूचना तामेल भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीहरूले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नुहोला भनी आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी रितपूर्वक तामेल गराई लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नुहोला’आदेशमा लेखिएको छ।

 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय सम्बन्धी नेपालमा विद्यमान कानुनहरू संशोधन गर्ने अभियानको एउटा महत्त्वपूर्ण ऋखंला अनुसार विभेदकारी निर्वाचन ऐन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले बताए। सूचीकृत अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायलाई आरक्षण दिए जस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पनि राजनीतिमा आरक्षणको माग गरेको उनले बताए। संविधान लागु भएको आठ वर्ष बितिसक्दा समेत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट, सङ्घीय संसद्, प्रदेश सभा समेतमा उपस्थिति नै शून्य रहेको छ।

 

मायाको पहिचान नेपालका अध्यक्ष माया, उपाध्यक्ष देवेन्द्रबहादुर खत्री ९मधु०, सचिव सुरेन्द्र पाण्डेसहित पाँच जनाले गत बुधवार सर्वोच्च अदालत परमादेश समेत माग गरेर रिट दायर गरेका थिए। रिटमा शुक्रवार सुनुवाइ भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय संसद् सचिवालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको रिटमा राज्यका विभिन्न तहको निर्वाचन मार्फत जनप्रतिनिधिको हैसियतमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समूहको प्रतिनिधित्व हुन नसकेको उल्लेख गरिएको छ।

 ओम प्रकाश यादव गरुडा समाचारदाता फागुन ९ गते, रौतहट ।

रौतहटको बृन्दावन नगरपालिकाको एक विद्यालयको पोखरीमा करोडौंको लागतमा कलापतिमाइको विशाल मन्दिर निर्माण हुने भएको छ । वृन्दावन नगरपालिका वार्ड नं -६ स्थित श्री रूपा नेपाली पाल माध्यमिक विधालय सखुअबा धमौराको नाममा दर्ता रहेको शिशवा, कमलपटी र चमनपुरको बिचमा रहेको पोखरीमा कलापतीमाईको मन्दिर निर्माणका लागि आज शिलान्यास गरिएको छ ।

 

बृन्दावन नगर प्रमुख बिनोद प्रसाद कुर्मिले आज बुधबार एक कार्यक्रम बीच उक्त मन्दिरको शिलान्यास गरेका हुन । सो ठाउँमा देविको बास रहेको र पोखरीको डिल भित्र मन्दिरको स्वरुप पटक पटक देखा परेकोले कलापातिदेविको मन्दिर निर्माण गर्न लागिएको जनता समाजवादी पार्टी नेपालका युवा नेता राजकुमार दास तत्माले जानकारी दिएका छन । धार्मिक र सामाजिक काममा लगनशील रहेका युवा नेता दासकै पहलकदमिमा सो मन्दिर निर्माण हुन लागेको छ ।

 

करोडौंको लागतमा अत्याधुनिक सुबिधा सम्पन्न मन्दिर निर्माण हुने उनले बताए । मधेस प्रदेशका दलित बिकाश समितिका सदस्य समेत रहेका जसपा नेता राजकुमार दासका अनुसार उक्त कलापतीमाई देवीको मन्दिरको पुरानो इतिहास रहेको छ ।

 

नेता दासले भने, उक्त ठाउँमा पहिला बरगजको विशाल रुख थियो, त्यहाँ अहिले पनि असाढ महिनामा त्यस पोखरी नजिक रहेका किसानहरू अनिवार्य रुपमा पूजापाठ गरेपछि मात्र खेतिपाती गर्ने चलन छ ।, उक्त देवीलाई नमानी अटेरि गर्नेलाइ नोक्सानी हुने गरेको उनले बताए । देवीलाई पुजा गर्ने पुजारी सुखाडी साहका अनुसार त्यस पोखरीको डिल भित्र मन्दिर रहेको स्वरुप पटक पटक देखेपछि उक्त ठाउँमा मन्दिर निर्माण गर्न शिलन्यास गरिएको हो ।

 

शिलान्यास कार्यक्रमको अवसरमा नगर प्रमुख बिनोद प्रसाद कुर्मी , समाजसेवी राजकुमार दास तत्मा , गजेन्द्र प्रसाद पाल, रामबाबु दास, संजय कुमार साह, पूर्व मुखिया तथा मेयर प्रत्याशी बैनाथ राउत भेडिहर, पूर्व वडा अध्यक्ष जयमंगल पण्डित,समाजसेवी रमज्ञा ठाकुर, तेजनारायण ठाकुर ,भूपेन्द्र दास, परशुराम ठाकुर लगायत सयौं ब्यक्तिहरुको उपस्थिति रहेको थिए। मन्दिरको शिलान्यास धमौरा मठका पुजारी रामचन्द्र दासका उत्तराधिकारी महराजि विन्दा दासको कर कमलबाट सम्पन्न भएको नेता राजकुमार दासले जानकारी दिएका छन् ।

चितवन, ९ फागुन । 

इयुको सहयोगमा क्रीएसन नेपालले ग्रीन सिफ्ट परियोजनाको भब्य शुभारम्भ गरेका छन ।

 

बुधबार भरतपुरमा आयोजित एक भब्य कार्यक्रमको बिच सो परियोजनाको समुदघाटन गरिएको हो । बागमती प्रदेशका वन तथा बाताबरण मन्त्री मसिना खड्का र बिशिस्ट अतिथी इयुका सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले  सामुहिकरुपमा परियोजनाको उदघाटन गरिन ।

ग्रीनसिफ्ट परियोजना वाग्मती, मधेस र लुम्बिनी प्रदेशका प्रत्येकका ३-३ स्थानीय तह गरी जम्मा ९ स्थानीय तहमा चार बर्षसम्म सञ्चालन हुनेछ। यस परियोजनाको प्रमुख उदेश्य सर्कुलर अर्थतन्त्रमा न्यायोचित संक्रमणलाई प्रवर्द्धन गर्नु रहेको छ ।

 

कार्यक्रमका प्रमुख अतिथी वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले नेपालमा फोहोरमैला व्यवस्थापन र फोहोरमैला मजदुरको समस्या समाधानका लागि  क्रीएसन नेपालले गरेको सामूहिक प्रयासको प्रशंसा गर्दै खुशी व्यक्त गरिन् । उनले आगामी वर्षहरूमा यस परियोजनाले ल्याउने सकारात्मक परिवर्तनहरू हेर्न उत्सुक रहेको बताउँदै  परियोजनालाई पुर्ण कार्यान्वयन गर्न बागमती प्रदेश सरकार पूर्ण रूपमा सहयोग गर्ने बताइन ।

 

त्यस्तै, कार्यक्रमका बिशिस्ट अतिथि नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलको सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले प्लाष्टिक फोहोरको परिक्रमा प्रवर्द्धन गर्न युवाहरूको जीवनशक्तिलाई सदुपयोग गर्नु पर्ने बिषयमा जोड  दिइन । उनले भनिन, यो परियोजना युरोपेली संघको प्राथमिकताको विषय हो। तीन प्रदेशको ९ स्थानिय तहमा आगामी चार वर्षको अवधिमा संचालित परियोजनाबाट रुपान्तरणका प्रयासहरू देख्न आफु आतुर रहेको आशा ब्यक्त गरिन ।

 

त्यसैगरी, पूर्व संघिय वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले आयोजनाको शुरुवात गज्जब लागेको बताउँदै आफू यसले ल्याउने सकारात्मक परिणाम हेर्न आतुर रहेको बताए ।

 

क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले सबैको सामूहिक र करुणामा आधारित प्रयासको महत्त्वलाई जोड दिँदै नेट(जिरो कार्बन नेपालका लागि प्लास्टिक फोहोरको सर्कुलरिटी प्रवर्द्धन गर्न संस्थाको समर्पणलाई पुष्टि गर्दै इयु र अन्य साझेदारहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए । उनले यस परियोजनाबाट सकारात्मक परिणाम ल्याउन आफ्नो  टिमले कुनै कसर बांकी नराख्ने प्रतिबधता ब्यक्त गरे ।

 

कार्यक्रममा क्रिएशनबाट ग्रीनसिफ्ट नेपालका प्रोजेक्ट लिड युनिश घिमिरेले परियोजनाको क्षेत्रहरू, परियोजनाको उद्देश्य लक्षित समूह र लाभार्थीहरू र परियोजनाको समयरेखा,  विस्तृत घटक र गतिविधिहरूबारे जानकारी गराएका थिए । उनले  समग्र परियोजना र यसले चार वर्षमा हासिल गर्ने लक्ष्य के हो भन्ने कुराको सार प्रस्तुत गरे ।

यसैगरी इम्प्याक्ट हबका कार्यकारी निर्देशक पद्माक्षी राणाले परियोजनामा आफ्नो भूमिका प्रस्तुत गरेकी थिइन । त्यस्तै, आड्रा नेपालका आयोजना प्रबन्धक कबीररत्न स्थापितले पनि आयोजनामा आफ्नो भूमिका बारे बिचार ब्यक्त गरे । कार्यक्रममा सामाजिक उद्यमी अनिल चित्रकारले विशेष मन्तब्य राख्दै दिगो भविष्यका लागि युवाको महत्वमा जोड दिए ।

कार्यक्रममा परियोजना संचालन हुने नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सबैका लागि दिगो भविष्यको प्रवर्द्धनका लागि युवाहरुको महत्व र यस्ता योजनाहरु थप गर्नुपर्नेमा जोड दिए । क्रिएशन नेपालकी महासचिव सुजाता कोइराला सहित अध्यक्षतामा हाम्रो वेस्ट स्मार्ट स्कूलका विद्यार्थी प्रतिनिधिले प्रमुख अतिथी तथ विशिष्ट अतिथिहरूलाई न्यानो स्वागतका गरेका थिए ।

इयुको सहयोगमा संचालित यस परियोजनाका प्रमुख नेतृत्वकर्ता तथा कार्यान्वयनकर्ताको रुपमा क्रीएसन नेपाल रहेको छ भने यसका अन्य कन्सोर्टियम साझेदारहरूका रुपमा रेस्टलेस डेभलपमेन्ट, र युथ इनोभेसन ल्याब रहेका छन ।
सो अबसरमा प्लाष्टिक सर्कुलरिटीप्रति हाम्रो प्रतिबद्धता देखाउँदै क्रिएशन क्षेत्रीय कार्यालय भित्रको मटेरियल रिकभरी फेसिलिटीको भ्रमणको साथ कार्यक्रम अनौपचारिक सत्रमा सारिएको थियो। क्षेत्रीय कार्यालयको मैदान पनि कन्दुक इन्डस्ट्री, इको(रिभाइभ, क्लिनिट नेपाल जस्ता विभिन्न १० वटा क्लाइमेट स्मार्ट उद्यमी स्टलहरूले भरिएको थियो, जसले आफ्नो पर्यावरणमैत्री र दिगो उत्पादनहरू प्रदर्शन गर्दै थियो, जसमध्ये एउटा स्टलले हाम्रो ज्याकेटहरू प्रदर्शन गर्ने क्रिएशनको स्टल पनि थियो।न्युज कारखाना

 

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।