२०८३ कार्तिक १२
२०८३ कार्तिक १२

काठमाडौं, १० फागुन ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘फटाहा’ भनेपछि सत्तारुढ दलका सांसदहरुले नियमापत्ति गरेका छन् ।

बिहीबार बसेको बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले प्रधानमन्त्री प्रचण्डलाई ब्यङ्ग्य गर्दै प्रधानमन्त्रीसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेपछि सत्तारुढ दल कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरिन् ।

 

‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को घ बमोजिम निमापत्ति गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीलाई यही सदनमा फटाहा भन्ने शब्द चयन भयो । तयसकारण यो शब्द अश्विल भएकाले नियमापत्ति जनाएको छु’ कांग्रेस सचेतक थिङले भनिन् ।

सांसद थिङले गरेको नियमापत्तिप्रति सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए । न्युज कारखाना

काठमाडौं, फागुन १० ।

ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा पहिलोपटक इन्जिनियरहरुका मुद्दाले स्थान पाएको छ।

 

महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको सांगठनिक र समसायिक प्रस्तावमा शुभेच्छुक संस्था र विकास निर्माण कार्यहर तीन सिफ्टमा सञ्चालन गर्ने भन्ने दफाहरु उपर छलफल गर्ने क्रममा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बाट प्रतिनिधत्व गर्ने महासमिति सदस्य इ.प्रकाश केसीले आफ्नो प्रस्तावहरु राखेका हुन् ।

उनले इन्जिनियरिङ क्षेत्रका सम्बन्धमा इन्जिनियरहरको क्षमता अभिबृद्दिका लागि इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने, निजी तथा गैर सरकारी क्षेत्रमा कार्यरत इन्जिनियर र आर्किटेक्टहरुको न्युनतम पारिश्रमिकमा एकरुपता कायम गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्डलाई ध्यानमा राखी राज्यस्तरबाट नै नयुनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रस्तावहरु राखेका छन्।


त्यस्तै, योजना आयोग ,अर्थमन्त्रालय जस्ता महत्वपूर्ण निकायहरुमा अनिवार्य रुपमा इन्जिनियरकै नेत्रत्वमा छुट्टै प्राविधिक शाखा स्थापना गर्नुपर्ने, स्थानिय सरकारका कार्यकारी अधिकृत इन्जिनियर राख्नुपर्ने र नेपाली कांग्रेसमा र पार्टीबाट प्रतिनिधत्व गर्ने हरेक निकायहरुमा २० प्रतिशत पेशागत क्षेत्रबाट बैधानिक व्यवस्था गर्नुपर्ने प्रस्तावहरु महासमिति बैठकमा राखिएको छ ।न्युज कारखाना

काठमाडौं, १० फागुन ।

केपी ओलीलाई गद्दार भनेर अभिव्यक्ति दिएका आम जनता पार्टीका कुन्दन कुशवाह पुनः एमाले पार्टी प्रवेश गरेका छन्। आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाहा एमाले प्रवेश गरेका हुन्।

ललितपुरको च्यासलस्थित एमाले पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई केहीबेर राेकेर आयाेजित पार्टी प्रवेश कार्यक्रममा  कुशवाहालगायत आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार शाहसँगै सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्र प्रसाद चौधरी नेकपा एमाले प्रवेश गरेका हुन्।

 

केही दिनअघि मात्र आम जनता पार्टीको केन्द्रीय उपमहासचिव पदमा निर्वाचित कुश्वाह यसअघि नेकपा एमालेको मधेस प्रदेश सदस्य रहेका थिए।  गत प्रतिनिधिसभाको चुनावमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य रहेका प्रभु साहसहित पार्टी जिल्ला अध्यक्ष त्रिभुवन साह, कुन्दन कुशवाह लगाएतले केपी शर्मा ओलिलाई गद्दार भन्दै  एमालेलाई चुनावको मुखमा धोका दिएर स्वतन्त्र उमेदवारी दिएका थिए ।न्युज कारखाना

काठमाडौं, १० माघ ।

नेकपा एमालेले तीनजना मन्त्रीको राजिनामा माग गरेका छन ।

 

हाल गठबन्धनको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु बिभिन्न काण्डमा मुछिएको भन्दै एमालेले तीनजना मन्त्रीको माग गरेको हो ।

 

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका हुन ।

 

लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्ती गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको पन्तले बताएका छन ।

यस्तै बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्य मन्त्री बस्नेतलाइ सरकारबाट हटाउन उनले माग गरेका छन् ।न्युज कारखाना

रौतहट १० फागुन।
जिल्ला प्रशासन कार्यालय रौतहटको निर्देशनविपरीत यहाँका कुनै पनि स्थानीय तहले आफ्नो लेटरप्याडसहितका काजगातमा नेपाली सम्वत उल्लेख गर्ने गरेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटले गत माघ १ गते एक सूचना जारी गर्दै सबै स्थानीय तह तथा सरकारी निकायलाई नेपाली सम्वत उल्लेख गर्न निर्देशन दिएको थियो।

जिल्ला प्रशासन कार्यालय रौतहटले गृह मन्त्रालयको चलानी नम्बर ५१८ को गत पुस २६ गतेको पत्रअनूसार जिल्लाको सबै १८ वटै स्थानीय तह र सबै सरकारी कार्यालयले नेपाल सम्वत लेख्न निर्देशन दिएको थियो ।

गत माघ १ गतेदेखि ती निकायहरुले बिक्रम सम्वत लेखिने पत्रहरूमा नेपाल सम्वत् समेत उल्लेख गर्न व्यवस्था मिलाउन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मणिभुषण साहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको थियो।


जिल्ला प्रशासन कार्यालय रौतहटले नेपाली सम्वत उल्लेख गर्न पत्र लेखेको एक महिनाभन्दा बढी समय बित्दा पनि जिल्लाको १८ स्थानीय तह मध्ये प्रायः कुनै पनि तहले आफ्नो लेटरप्याडमा नेपाली सम्वत उल्लेख गरेको देखिँदैन । न्युज कारखाना

काठमाडौं, १० फागुन ।

पृथ्वीमा अझै पनि केही प्रजातिहरू छन्, जुन वैज्ञानिकहरूको नजरबाट लुकेका छन्।

 

यसैबिच, अस्ट्रेलियाको युनिभर्सिटी अफ सनसाइन कोस्टका अनुसन्धानकर्ताहरूले एउटा नयाँ जीनस र पाँच नयाँ प्रजाति फेला पारेका छन्। यी तन्जानियाको जङ्गलमा पाइने धेरै खुट्टा भएका कीराहरू वा मिलिपीड्सको प्रजाति हुन्। यो खोज दक्षिण पूर्वी अफ्रिकामा भएको हो। वास्तवमा यहाँ उड्जुङवा पहाडमा अनुसन्धानकर्ताहरू रूख र बेलहरूको वृद्धिको बारेमा जानकारी सङ्कलन गरिरहेका थिए।

 

न्यूयोर्क पोष्टका अनुसार युनिभर्सिटी अफ द सनसाइन कोस्टका प्रोफेसर एन्डी मार्शल भन्छन् कि मिलिपीड्सका टाउकोहरू स्टार वार्स श्रृंखलाका पात्रहरू जस्तै देखिन्छन्। तिनीहरूको लगभग २०० खुट्टाहरू छन् र आकारमा धेरै सेन्टिमिटर लामो छन् भनिन्छ। अफ्रिकामा पाइने मिलिपीड्स ३५ सेन्टिमिटर लामो वा १४ इन्चसम्म बढ्न सक्छ।

 

उनीहरुको सहयोगमा वन पुनस्र्थापनामा बेलको भूमिकाका दुई फरक सिद्धान्त बाहिर आएको अनुसन्धानकर्ताहरुले बताएका छन् । या त लखले जङ्गलमा पट्टी बाँधेर लागेका घाउलाई जोगाउने काम गरिरहेका छन् वा जंगलमा निसास्साउने परजीवीले जस्तै काम गरिरहेका छन् । उनले आफ्नो अनुसन्धानको क्रममा सबै साइजका मिलिपीडहरू रेकर्ड गरे किनभने यसले हामीलाई जंगलको स्वास्थ्य बनाउने गर्छ ।

 

उनले अगाडी भने भने कि माइरियापोडोलोजिस्टहरूले हाम्रो नमूनाहरूको मूल्याङ्कन नगरेसम्म हामीलाई तिनीहरूको महत्त्व थाहा थिएन।

 

प्रोफेसर मार्शल भन्छन् कि यो यहाँ ध्यान दिन लायक छ कि जब यस क्षेत्रबाट मिलिपीडहरू पहिलो पटक सङ्कलन गरिएको थियो, यी प्रजातिहरू पहिला कहिल्यै देखिएका थिएनन्। तर यहाँ अझै पनि नयाँ कुरा पाउन सकिन्छ भन्ने उनको विश्वास छ । मिलिपीड्सको नयाँ प्रजातिको खोजले उष्णकटिबंधीय वनबारे अझै धेरै कुरा सिक्न बाँकी रहेको उनको भनाइ छ ।न्युज कारखाना

काठमाडौँ, १० फागुन ।

नेपाल ए र क्यानडा- ११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुदैँछ ।

 

मुलपानी क्रिकेट मैदानमा हुने यो खेलमा क्यानडा-११ ले टस जितेको छ । क्यानडा- ११ ले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

 

यसअघि खेलेको पहिलो खेल क्यानडा- ११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ए ले जित हासिल गरेको थियो । १-१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले हासिल गर्ने छ ।

 

नेपालको प्लेइङ-११: सन्दीप जोरा (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, हेमन्त धामी, प्रतिस जिसी, रसिद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

 

नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् । न्युज कारखाना

काठमाडौ, १० फागुन ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

 

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, किवी ४००, आभोकाडो ४००, अम्बा १५० र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय सानो गोलभेडा २५, अदुवा २००, रातो आलु र रातो भारतिय आलु ३२ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २५, लौका ६०, कागती २५०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

 

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला ३० र रातो मूला ३५ रुपैयाँमा कारोबार हुदाँ टाटे सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ६० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ६० र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ ।

 

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ८० र पुदीना २२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली २५, चाइनिज सुकेको लसुन ३००, हरियो लसुन १०० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ५०, भिण्डी ११० र हरियो धनिया ६० रुपैयाँ पाइने समितले जनाएको छ ।

 

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।न्युज कारखाना

काठमाडौ, १० फागुन ।

नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलर भाउ आज सामान्य पैसाले बढेको छ भने युरो र पाउण्डको भाउ पनि बढेको छ ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०६ पैसा कायम गरिएको छ । बुधबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०५ पैसामा थियो ।

 

बिहिबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ र बिक्रीदर १४३ रूपैयाँ ६५ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०२ पैसाले बढेको हो। मंगलबार यसको खरिददर १४२ रूपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रूपैयाँ ६३ पैसामा कारोबार भएको थियो ।

 

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ २६ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६७ रूपैयाँ ७८ पैसा कायम गरिएको छ । बुधबार यसको खरिददर १६६ रूपैयाँ ७७ पैसा र बिक्रीदर १६७ रूपैयाँ ५२ पैसामा कारोबार भएको थियो ।

 

 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रूपैयाँ १७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा कायम गरिएको छ ।

 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८३ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८७ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ ।

 

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रूपैयाँ २३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २७ रूपैयाँ ६३ पैसा र बिक्रीदर २७ रूपैयाँ ७६ पैसा कायम गरेको छ ।

 

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ४७ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ४२ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।न्युज कारखाना

काठमाडौं, १० फागुन ।

प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ ।

 

सङघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन ।

 

उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।