सिराहा,२८ फागुन।
सिरहाको एक सरकारी कार्यालयमा कार्यालय प्रमुखकै मिलोमतोमा करार सेवामा कार्यरत्त कार्यालयका सहयोगीले सेवाग्राहीसँग अनुदानको ट्याक्टर मिलाइदिने भन्दै लाखौं रुपैयाँ ठगेर फरार भएको रहस्य वाहिरिएको छ।

जिल्लाको कृषि ज्ञान केन्द्र, सिरहाका कार्यालय प्रमुख नरेन्द्र कुमार महासेठकै मिलोमतोमा करार सेवामा कार्यालय सहयागीको रुपमा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानहरुलाई अनुदानमा ट्याक्टर दिलाइदिने भन्दै लाखौं रकम असुल गरी फरार भएका हुन्।

कार्यालय सहयागीको रुपमा कार्यरत कर्णले कृषि ज्ञानकेन्द्रबाट अनुदानमा वितरण गरिने कृषि औजारहरु ट्याक्टर, थ्रेसर, पावर ट्रेलरलगायतका कृषि उपकरण लिन कार्यालय प्रमुखलाई आग्रीम घुस रकम दिनुपर्ने भन्दै ११ जना किसानहरुसंग कर्णले करिव ९६ लाख रकम ठगेर फरार रहेको पिडित किसानहरु बताउछन्।

कार्यालय सहयागी कर्णले लक्ष्मीपुर पतारी ५ का लालु यादवसंग अनुदानको ट्रयाक्टर मिलाइदिने भन्दै ५ लाख रकम लिएको थियो। यादवले नत अनुदानको ट्याक्टर नै पाय नत रकम नै फिर्ता पाए। उनले भने, ‘रकम दिएपनि मैले ट्याक्टर पाइनँ, पछि रकम फिर्ता गनुपर्ने भनेपछि कर्णले २०८१÷४÷१७ गतेको मिति उल्लेखित पाचँ लाखको चेक दिए। अहिले सुन्छु उनी फरार छन्।’

औरही गाउँपालिका–२ स्थित तुलसीपुरकी पुनिता महतोले ‘ठगी गर्ने कर्ण चिनजानकै व्यक्ति हुन्। कृषि ज्ञान केन्द्रका कर्मचारी पनि भएकाले विश्वास गरी ट्र्याक्टर पाउने आशले आग्रिम अनुदानको आधा रकम बुझाईदिए।

तर, ‘अहिले न ट्याक्टर पाइयो, न रकम फिर्ता नै।’ उनका अनुसार कर्णले गत कात्तिक १९ र २० गते नबिल र ग्लोबल आइएमई बैंकको चेक दिएका थिए। तर उक्त खातामा चेक वरावरको रकम नभएको बैंकले बताए।

पीडितले पटक–पटक बैंक जाँदा पनि उक्त खातामा रकम नभएको जानकारी पछि चेक अनादारमा बैंकिङ कसुरसम्बन्धी जिल्ला प्रहरी प्रशासन कार्यालयमा बैंकको अनादार चेक रिपोर्टसहित निवेदन दिएका बताइएको छ।

अर्नामा गाँपा ४ का मनोज कुमार यादवलाई पनि कर्णले ठगर फरार भएपछि मानसिक तनावमा परेको बताए। कर्णले सिराहाको औरही, अर्नामा, कल्यानपुर, मिर्चैया, वरियारपट्टी, लक्ष्मीपुर पतारीलगायतका स्थानबाट ११ जना किसानको करिव ९६ लाख कर्णलाई ट्याक्टर पाउने आशमा बुझाएको पीडितहरुले बताए।

पीडितहरुको यकिन तथ्यांक नभए पनि सयौंको सङ्ख्यामा हुनसक्ने स्थानीय मनोज यादव बताउँछन्। उनका अनुसार नागरिकको कम्तीमा पनि १० करोड बराबरको रकम हिनामिना गरी कर्ण फरार भएका छन्। फरार कर्ण सिराहा नगरपालिका १० स्थायी बाासिनदा हुन्। अहिले दैनिक दर्जनौं पीडित व्यक्ति घर पुग्ने गरेको बताइन्छ।

कृषि ज्ञान केन्द्र सिराहाले भने फरार रहेका कर्ण कार्यालय सहयोगीमात्र भएको जानकारी दिएको छ। बजारमा कार्यालय सहयोगी कर्णले रकम असुलि गरेको भन्ने हल्ला चलेकाबेला आफूहरुले अनुसन्धान गर्दागर्दै कार्यालय छोडेर भागेको ज्ञानकेन्द्रका प्रमुख महासेठले बताए।
उनले भने, ‘केहि दिनदेखि हामीले पनि हल्ला सुनिरहेका थियौं, हामीले पनि सोधी खोजी गर्न थालेपछि उनी फरार छन्।’ कर्ण कृषि ज्ञानकेन्द्र स्थापना भएपछि २०७७ मा किसुनदेव राउत कार्यालय प्रमुख भएका बेला करार सेवाका कार्यालय सहयोगी नियुक्त भएका थिए।
प्रत्येक पीडितहरुबाट कर्णले पाँचदेखि नौ लाखसम्म लिइएको थियो। केही बैंकमार्फत त केही नगदमा उक्त रकमको कारोबार गरिएको पिडितहरु बताए। ट्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै विभिन्न मितिमा नबिल र ग्लोबल आइएमई बैंकको चेक सहीछाप गरी पीडितलाई दिएका थिए।
कर्णले नायव सुब्बाको परिचयपत्र झुन्ड्यार ठगीगरेको पीडितहरु बताउँछन्।न्युज कारखाना
काठमाडौ, २७ फागुन ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २००, भारतीय सुन्तला ९०, आभोकाडो ५०० र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय ठूले गोलभेडा ७०, अदुवा २००, रातो आलु ३२ र रातो भारतिय आलु ३५ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ३०, लौका ५०, कागती २२०, लोकल काक्रो १००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा २५, हाइब्रीड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १०० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ र टाटे सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो ३० र हरियो डल्लो फर्सी ५० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ७० र जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७२, हरियो प्याज ५० र पुदीना २५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ३०, चाइनिज सुकेको लसुन २२०, हरियो लसुन ९० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ५०, भिण्डी १०० र हरियो धनिया ५० रुपैयाँ पाइने समितले जनाएको छ।
उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।न्युज कारखाना
काठमाडौ, फागुन २८ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७६ पैसा कायम गरिएको छ । आइतबार पनि सोही मूल्यमा यसको कारोबार भएको थियो ।
सोमबार एक युरोको खरिददर १४४ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४५ रूपैयाँ २३ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०७ पैसाले बढेको हो । आइतबार युरोको खरिददर १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १६ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ ५० पैसाले बढेर एकको खरिददर १६९ रूपैयाँ ९४ पैसा र बिक्रीदर १७० रूपैयाँ ७२ पैसा कायम गरिएको छ । आइतबार बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६९ रूपैयाँ ५५ पैसा र बिक्रीदर १७० रूपैयाँ ३२ पैसा तोकिएको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ६० र बिक्रीदर ८७ रूपैयाँ ९९ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४९ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ०३ पैसा तथा बिक्री दर १० रुपैयाँ ०८ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २४ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३५ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रूपैयाँ १४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २८ रूपैयाँ २१ पैसा र बिक्रीदर २८ रूपैयाँ ३४ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ७७ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ७२ पैसा र बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।न्युज कारखाना
काठमाडौं, २७ फागुन ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले विगतको एक डेढ वर्षमा नेपाली जनताले चरम निराशा र वेरोजगारी भोग्नुपरेको बताएका छन्।
रुपा गाउँपालिकाको स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री गिरीले महिला, युवा तथा व्यवसायी सबैमा रहेको निराशालाई चिर्ने अभिभारा यो सरकारलाई आइपरेको र सरकारले त्यसलाई पूरा गर्ने बताए। उनले रोजगारी अभावमा युवा विदेश पलायन भइरहेको बताए।
‘आज हाम्रा साथीहरु देशभित्र रोजगारी नपाएर विदेशिनु परेको छ। जुनप्रकारले नेपाली युवाहरु विदेश पलायन भएको अवस्था छ। यो अत्यन्तै कहालीलाग्दो र चिन्ताजनक दृश्य हाम्रो अगाडि छ। म तपाईंहरुलाई अनुरोध गर्न चाहन्छु, अब नेपाली युवाहरु विदेशतीर पलायन हुने होइन, यही देशभित्र रोगगारी श्रृजना गर्ने, यही देशभित्र मेरो भविष्य छ भनेर आमजनतालाई विश्वास दिलाउने काम अब हामीले गर्नुपर्नेहुन्छ’, गिरीले भने।
उनले नेपालमा छोटोछोटो समयमा सरकार परिवर्तन हुने गरेको तथ्य स्मरण गर्दै यसमा विभिन्न शक्तिहरुको चलखेल रहने गरेको दाबी गरे।
‘हाम्रो देशमा भएको राजनीतिक अस्थिरता,वर्षदिन पनि नपुग्दै सरकार परिवर्तन हुने गर्दापनि हाम्रो विकास निर्माणका कामहरु अवरुद्ध भएका छन्। हामीले जुन ढंगले विकासको गतिलाई अगाडि लानुपर्थ्यो, लान सकेका छैनौं। यो यथार्थ हो’, उनले भने।
यस्तै उनले प्राप्त जनादेशले पनि सरकारलाई आफ्नो काम गर्न सजिलो नभएको बताइ।
‘हाम्रो नेपालको जनमत पनि त्यस्तै प्रकारले प्राप्त भयो । एउटै पार्टीले बहुमत प्राप्त नगर्ने ,एउटै पार्टीले पाँच वर्ष काम गर्न पनि नपाउने , अनि एउटा पार्टीले सरकार बनाउँदा एउटा काम सुरु भएको हुन्छ अनि अर्को सरकार आएपछी त्यो काम छोडेर, अर्को काममा प्रवेश गर्छ, जसले गर्दा हाम्रो राज्यका अरबौअरब लगानीहरु बालुवामा पानी हालेजस्तो भएको छ। खेर गइरहेको छ। हाम्रा विकासको गतिहरु रोकिएका छन् । हाम्रा विकास र सम्वृद्धि र सपनाहरु त्यतिकै अधुरो भएका छन्। यसले हामी सबैलाई चिन्तित तुल्याएको छ’, उनले चिन्ता व्यक्त गरे।
यसैगरी मन्त्री गिरीले विगत एकवर्ष पट्यारलाग्दो भएको दाबी गरे। गिरीका अनुसार वेरोजगारीले दैनिक २१ सयको संख्यामा विदेशीरहेको र देशभित्रका व्यवसायी आत्महत्या गर्ने बाटोसम्म पुगेको बताए। उनले यसक्रममा संसद भवन अगाडि भएको आत्मदाह प्रकरण नेपालमै केही गर्छु भन्ने युवाको निराशाको उपज भएको स्मरण गरे।
‘विगतको एक वर्ष फर्केर हेर्ने हो भने त यति पट्यारलाग्दो अवस्था भयो, यति निसासिदो अवस्था भयो सारा जनताहरुमा निराशा बढेको छ, विश्वविद्यालय-क्याम्पसहरु खाली भएका छन्। नेपाली युवाहरु दिनको २१ सय संख्यामा विदेश पलायन भइरहेका छन्’, उनले भने ‘यो देशमा सारा उद्योग-व्यवसाय गर्छु भन्ने मान्छेहरु बैंकको व्याज तिर्न नसकेर मान्छे झुण्डिएर मर्ने स्थिति श्रृजना भएको छ, संसद भवन अगाडि आएर आफूलाई पेट्रोल खन्याएर आगो लगाएर मर्नुपर्ने अवस्था आएको छ।’
उनले जनतामा चरम निराशा बढेको र आत्मविश्वास गुमाएको अवस्थामा रहेको बताए।न्युज कारखाना
रौतहट, २७ फागुन ।
आफ्नो नाम परिवर्तन गरी नेपाली बालिकालाई भारतको केरला लैजान लागेका वीरगञ्जका ए कजना मुस्लिम समुदायका युवक भारतको उत्तराखण्डबाट पक्राउ परेका छन्। १४ वर्षीय बालिकालाई नक्कली माया प्रेममा फसाएर केरला लागिरहेका वीरगञ्जका स्थानिय वर्ष २६ का मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ।
भारतको उत्तराखण्ड भीम तालबाट अन्सारी पक्राउसँगै बालिकालाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण इकाई एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७औं कोर एसएसबी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिएका छन्। बालिकालाई सोधपुछ गर्दा अन्सारीले आफूलाई केरला लैजाने चाहेको बयान दिएपछि उत्तराखण्ड प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर शर्माले बताएका छन्।
अन्सारीले नाबालिगसँग इन्स्टाग्राम मार्फत चिनजान गरेका थिए। आफ्नो वास्तविक नाम लुकाएर युवतीलाई मुन्ना महतो बताएका थिए।
इस्राफिलले संयोगबस एकदिन आफ्नो मोबाईल घरमा बिर्सेको समय उनका एक जना आफन्तले फोन गरेर इस्राफिल कहाँ छ भनेर सोधेपछिमात्र आफूले उनको वास्तविक नामबारे चाल पाएको बताएकी थिइन्।
आरोपी मोहम्मद इस्राफिल अन्सारीले सोधपुछका क्रममा यस अघि थप दुई युवतीसँग यसै गरी विवाह गरेर छोडेको बयान दिएको भारतीय प्रहरीले जनाएको छ।न्युज कारखाना
काठमाडौं, २७ फागुन ।
सङ्घीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष चयनका लागि हुन लागेको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ।
सचिवालयले आज सार्वजनिक गरेको कार्यतालिकाअनुसार भोलि सोमवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। त्यसलगत्तै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ।
राष्ट्रिय सभा अध्यक्ष चयनका लागि पर्सि मङ्गलवार चुनाव हुँदैछ। सत्तारूढ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादीलाई सघाउने सहमति बनेको छ।न्युज कारखाना
काठमाडौं, २७ फागुन ।
मधेशकेन्द्रित तीन दलबीच सहकार्य गर्ने सातबुँदे सहमति भएको छ।
जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठी र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले सहमतिमा हस्ताक्षर गरेका छन्। आइतबार भएको सातबुँदे सहमतिमा संविधान संशोधन गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहकार्य गर्ने सहमति भएको उल्लेख छ।

त्यस्तै, सुशासन र समृद्धिको लक्ष्य प्राप्त गर्न, सबै प्रकारका विभेद अन्त्य गर्न, किसानको हितमा क्रियाशील रहन सहकार्य गर्ने सहमति गरेका छन्। यससँगै रोजगारी सिर्जना, गुणस्तरीय तथा सर्वसुलभ शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न एकताबद्ध भएर लाग्ने सहमतिमा उल्लेख छ।न्युज कारखाना
काठमाडौं, २७ फागुन ।
विशेष अदालतले उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा फैसला सुनाउदै दोषाी ठहर गरेकाे छ।
आइतबार विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु र रामबहादुर थापाकाे इजलासले कटुवाललाई भ्रष्टाचारी ठहर गरेकाे हाे।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कटवालविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अभियाेगमा २०७९ भदाै १६ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
उक्त मुद्दालाई अन्तिक किनारा लगाउँदै विशेष अदालतले कटवालबाट ४ लाख ९८ हजार ९ सय ९५ रूपैयाँ बिगो तिराउनुपर्ने ठहर गरेको छ। विशेष अदालतले कटवाललाई ९ महिना कैद सजाय पनि हुने फैसला सुनाएको छ।
रजिष्ट्रार कटवालले आर्थिक वर्ष ०७८/०७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रूपमा अन्यत्रै कार्यरत श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको अख्तियारको आरोप थियो।
पदीय दुरूपयोग गरी विभिन्न शीर्षकमा विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाई आफैं स्वीकृत गरेको भेटिएको थियो।
सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा दिपायल मुकाममा होटल खर्च भएको स्वीकृति गरी बिल भरपाई बनाई आफैंले भुक्तानी लिएको भेटिएको, कतिपयमा स्टोर किपरबाट शोधभर्ना गराई भुक्तानी लिने, व्यबासायीहरूसँग अफिसको हिसावकिताव मिलाउन भनी बिल ल्याई हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, किर्ते गरी मिति सच्चाई भ्रमण काजको भुक्तानी लिनेलगायतको फर्जी कार्यको आफैँ सदर गरी भुक्तानी गरेको भेटिएको अख्तियारले दाबी गरेको थियो।न्युज कारखाना
काठमाडौं, २७ फागुन ।
नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ।
आइतबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ। ७३ वर्षीय शर्मा २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्।
२०३३ मा नेपाली काग्रेस बाँके जिल्लाको सचिव भएका उनी २०४५ देखि २०४९ सालसम्म बाँकेकै सभापति थिए।न्युज कारखाना