<

काठमाडौं, ६ बैशाख । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आजवाट खुवाउन सुरु गरिदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ ।

 

यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आजवाट नै खुवाइने मन्त्रालयले जनाएको छ । भिटामिन ए र जुकाको औषधी भोलीसम्म खुवाइनेछ ।

 

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0