<
रमेश तिमलसिना,रौतहट,२० साउन
साहित्यकार तथा समाजसेवी डा. शालिग्राम शर्माको ‘पहिलो अस्पताल’ नामक पुस्तक बजारमा आएको छ । राम रेबती प्रतिष्ठान चन्द्रनिगाहपुरले प्रकाशन गरेको ‘पहिलो अस्पताल’ केही दिन अगाडी सार्वजनिक गरिएको हो । उक्त पुस्तकमा हाम्रो पहिलो अस्पताल भनेको भान्सा नै भएको भन्ने कुरालाइ उजागार गरिएको लेखक डा. शालिग्राम शर्माले जानकारी दिनुभएको छ । हामीहरुको भरपर्दो औषधालय भनेको हाम्रो भान्सा,सफा, ताजा, स्वस्थकर खानाको प्रमुख स्रोत भनेकै भान्साघर भएको र रोग निदानको उद्गमस्थल र भरोसाको अन्तिम बिसाउनी भएको डा. शर्माको भनाइ रहेको छ । यस पुस्तक भित्र ४१ वटा जडिबुटीको माध्यमबाट घरेलु बिधिबाट आफनो स्वास्थ्यको उपचार गर्न सकिने जनाइएको छ । ‘पहिलो अस्पताल’ पुस्तक भित्र अदुवा,अपमार्ग,आंक,आमलकी,लसुल,पान,नुन,धनिया,लौका,उखु लगायत ४१ प्रकारका जडिबुटीको माध्ययमबाट आफनो उपचार गर्न सकिने बिधि जनाइएको लेखक शर्माले जानकारी दिनु भएको छ । करिब ६० बर्ष देखि निरन्तर रुपमा स्वास्थ्य क्षेत्रमा सक्रिय रहदै आउनु भएका डा. शर्माले आर्युबेदमा स्नातक गर्नुभएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुर निवासी ८७ बर्षिय लेखक शर्माको यो तेश्रो कृति हो । यस अघि डा. शर्माले देहात तापेर आर्युबेद,अहनिर्श उकालो प्रकाशन गरिसक्नु भएको छ । समाजिक कार्यमा पनि सक्रिय रहनु भएका डा. शर्माले यस पुस्ताकको मुल मर्म भनेको भान्साघर नै भएको र धेरै रोगहरुको निदान र उपचार पनि भान्साघरबाट नै हुने बताउनु भएको छ । हाम्रो भान्सा घरमा हरेक प्रकारका औषधी भएको र त्यसको उपयोग सहित तबरले गर्न सुझाब दिनुभएको छ । शरीरलाई स्वस्थ, तन्दुरुस्त र शक्तिपूर्ण बनाउने प्रमुख तत्व भनेकै वनस्पति भएको कारण वनस्पतिहरूमा शरीरलाई चाहिने अत्यावश्यक रासायनिक तत्वका साथै अन्य खाद्य परिकारका पोषक तत्व पनि प्रचुर रूपमा मौजूद हुने उहाको भनाइ छ । सो ‘पहिलो अस्पताल’ दशैभरीका पुस्तक पसलमा पाइने समेत लेखक डा.शर्मा जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0