<

रौतहट । बिहीवारदेखिको अविरल बर्षासंगै रौतहटको पूर्विभेग स्थित बागमती पश्चिममा लालबकैया नदीमा आएको बाढीको सतह घट्दै जाँदा सदरमुकाम गौर बजार क्षेत्रमा पानीको दवाब बढ्दै गएको छ । गौरस्थित प्रायः सम्पूर्ण सरकारी कार्यालयहरु डुबानमा परेपछि आज बन्द हुने भएका छन् ।

बागमती नदी लाल बकैया र झाझ खोलाको पानी आज विहान ३ बजे देखी प्रवेश गरेसँगै गौर बजार क्षेत्रमा पानीको दवाब बढेको हो । अहिले गौर बजारको मूल बाटोमा चौतर्फी पानी पानी देखिएको छ । गौर भन्सार एरियाको बाटोमा ४ फिटसम्म पानी जमेको छ भने नेपाल विद्युत प्राधिकरण गौर शाखा जलमग्न भएको छ ।

विपी चोकको सडक छेउका घर बाहेकका एरिया बाढिको पानीले डुवानमा परेका छन् । गौर आँखा अस्पताल पुरेनवा, सिसवा, सिर्सिया, सपगढा लगायतका वडाहरुमा राति १२ बजेकै समय देखि बाढिको पानी पसेको थियो ।

नेपाल विद्युत प्राधिकरण गौरको ३३र ११ केभी  सब स्टेशनको केबल ड्रोनमा पानी भरेको कारण विधुत अवरुद्ध भएको  छ । नेपाल भारत सीमा क्षेत्र बैरगनिया जाने नाका क्रान्तिद्वार गेट जलमग्न भएको छ । राजदेवी नगरपालिका ६ , गढीमाई ३ , लगायत कयौं स्थानमा बागमती नदीको बाँध फुटेर बगेको पानी गौर बजार क्षेत्रमा बढ्दै गएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंका अनुसार गौर भन्सार छेउ सशस्त्र प्रहरी प्रस्तावित गुल्म समेत जलमग्न भएको छ । भारतको सीतामढी निवासी ५५ बर्षीय भोजु लहेरी सनिवार साँझ यमुनामाई गाउँपालिका ५ बमनहर सडकखण्ड अन्तर्गत खोला तर्ने क्रममा बाढीमा फसेकोमा १२ घन्टापछि आज बिहान उद्धार गरिएको हो ।

यस अघि सनिवार वृन्दावन १ बलेरी खोर छेउ बागमती नदीमा सयभन्दा बढी महिला पुरुष तथा बालबालिका फसेका थिए।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सो मध्ये ३७ जनाको सकुशल उद्धार गरेको थियो ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0