<

आरके श्रीवास्तव,रौतहट,साउन २० गते
नेपाल अडिटर्स एशोसिएसन (अडान) रौतहटले स्थापना कालको १८ औं बर्ष मनाएको छ । अडानले विविध कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको हो । जिल्लाको गुजरा नगरपालिका स्थित सिमरा भवानीपुरमा स्थापना दिवसको अवसरमा गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।


अडान रौतहटको १८ औं बार्षिक उत्सव कार्यक्रममा गुजरा नगरपालिकाका नगरप्रमुख सन्तलाल चौधरीले पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।
निकैनै भव्य तरिकाले सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी,शिक्षक,व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रम गुजरा नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै अडान रौतहटका अध्यक्ष लक्षमण चौधरीले आफुहरु सधैंनै ब्यवसायिक हक हितका लागि परेको बताएका थिए । अडानसंग सम्भावना र चुनौती दुवै भएको बताउंदै उनले अडान निकै नै प्रगति गरेको र आउँदा दिनहरुमा धेरै संस्थाहरुसँग सहकार्य गरी बढने बताए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनु भएका गुजराका मेयर चौधरीले अडानलाइ १८ औं स्थापना कालको अवसरमा बधाई तथा शुभकामना दिएका थिए । अडानले आफ्नो स्थापना दिवसको अवसरमा हरेक बर्ष यस्तै कायक्रम गर्दै आएको छ ।


गुजरा नगरपालिकाका कर्मचारी जित बहादुर चौधरीले सञ्चालन गर्नु भएको कार्याक्रममा अडान रौतहटका उपाध्यक्ष दुर्गा प्रसाद यादवले स्वागत मन्तव्य राख्नु भएको थियो । सो अवसरमा गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामा,विभिन्न वडाका वडा अध्ययक्ष तथा उल्लेखनिय रुपमा लेखापरीक्षकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0